खेलकुद

नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारे


साउन, काठमाडौं । उत्कृष्ट बलिङसँगै नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । तर, व्याटिङमा देखिएको समस्या भने अझै कायमै छ ।

 

सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्‍यो ।

र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भए । पहिलो खेलमा पनि सन्दिप चलेका थिएनन् ।

आदिल खान पनि ५ रनमै आउट भए । आसिफ शेखले भने आक्रामक पारी खेल्ने प्रयास गरे । उनले २० बलमा ५ चौकाको मदतमा २३ रन बनाए । भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी भने फेरि सस्तैमा आउट भए । उनले मात्र ४ रन जोडे ।

अनिल साह शून्यमै आउट भए ।

प्रिनित थापामगर अविजित १९ र रोहित कुमार ४ रनमा अविजित रहे ।

यसअघि मलेेसियाको सुुरुवात खराब रहृयो । पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिँदा मलेसियाले खाता समेत खोल्न सकेको थिएन ।

सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै पारी सम्हाल्न खोजे । तर, १२ औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा आउट गराए ।

त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३.५ ओभरमा मात्र २६ रन जोडेर महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

त्यसपछि पनि मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । १० औं विकेटरका लागि हाष्कल खैर र हफिजुद्दिनले १९ रनको साझेदारी गरे । तर, २५.५ ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया ५८ रनमा अलआउट भयो ।

मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र १७ रन दिए ।

पवन सरार्फले ३ विकेट लिँदा किशोर महतो र सन्दिप सुनारको नाममा १-१ विकेट रहृयो ।

मङ्ल, साउन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे

असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना...

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिए

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।   राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास...

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल, साथमा नेपाली समयअनुसार खेल तालिका

जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।   रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ...

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाए

जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख...

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।   सोही योजना अनुसार अागामी...

नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरे

फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।   अन्तिम ओभरमा...