गजल

-दिपेन्द्र पौडेल ,कालिका -१ ,चितवन


केही त रहस्य, पक्कै लुकेका छन् !
नत्र किन हो ? ती आँखा झुकेका छन् !!
कतै कुनै, गलत काम गर्‍यौ कि त ?
हेर डराएर…, ओठै सुकेका छन् !!
बिहान त कोरिबाटी, चिटिक्कै थियौ !
छि ! छि ! अैले त, केशै फुकेका छन् !!
हावा नचली पात, चल्दैन भन्छन् !
सुन्छु समाजले, थुक्नु थुकेका छन् !!
केही त रहस्य, पक्कै लुकेका छन !
नत्र किन हो ? ती आँखा, झुकेका छ्न !!

शनि, साउन ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गजल

सम्पूर्ण सुम्पिदैछु पहिचान तिम्रै भरोसामा पहिल्याउॅनुछ ती यथास्थान तिम्रै भरोसामा। सब जनको अमूल्य गहना तिमीलाई सुम्पी ऑखा चिम्ली दिदैछु अनुदान तिम्रै भरोसामा। जिन्दगीको काॅडाको पथमा फूल फुलाउॅनुछ आशारत् छु बन्नु है!शिलवान तिम्रै भरोसामा। म मात्र ठूलो हुॅ को अहम् त्याग्नु पर्छ अब हेर! समाजका गलत् बनुन् अनुमान तिम्रै भरोसामा। काॅधमा काॅध दिन्छु भन्दै...

गज़ल

                    धिक्कार लाग्छ नेताकाे तमासा देखेर कठै! भन्छु जनताकाे निराशा देखेर ।। १ विवस भए मतदाता निधार खुम्च्याउन चुनाव जितेर बद्लिएकाे भाषा देखेर ।। २ कुलो सडक बिजुली र शिक्षा दिनेहरू हुँदैछन् क्रुद्ध जनताकाे अाशा देखेर ।। ३ हाेडबाजी नै चलेको छ व्यापार गरिखाने एक नेपाली छक्क पर्याे खासा देखेर ।। ४ धन कमाउन...

गज़ल

  छँदै छैनौ काली प्रदीपले त हो नि भएकी उज्याली प्रदीपले त हो नि पुग्यौ माथी ऐले बिपदमा त पैले लगेको सम्हाली प्रदीपले त हो नि सबै खेदो खन्थे कसैको खुशीमा बजाएको ताली प्रदीपले त हो नि अरूले के गर्थे ? गरेको तिमीलाई उकाली ओराली प्रदीपले त हो नि नजिक के नै हुन्छौ अगुल्टा...

गजल

न बिर्सन सके न मर्न सके । न तिम्राे सिउदाे भर्न सके । तारे भिरमा फुलिरहेकाेछु, न अाेईलि भुईमै झर्न सके । दुवैले गरेकाे वाचा सम्झि, न तिम्राे ईच्छा पूरा गर्न सके । टाढा भएर तिमीलाई बिर्सि, न अरुकै मनमा डेरा सर्न सके । ...

गजल

    अफ्रिकामा भोको केटो रुँदै होला अहिले अम्रिकामा भब्य भोज हुँदै होला अहिले कामै छैन स्वदेशमा ठुले विदेश गयो बिचराले जुठा भाँडा धुँदै होला अहिले चारै तिर गोलावारी सिरियाको शहर टुहुराले साँच्चै आँशु पिउंदै होला अहिले जागे बस छिमेकीको दिलमा हरि छैन सार्छु भन्दै साँध खम्बा छुँदै होला अहिले ...

गज़ल

फोश्रो नारामा जनतालाई भुलायौ तिमीले विश्वासमा भोट हाल्न बाध्य तुल्यायौ तिमीले आखिर अनेक प्रयास र दौडधुप गरि बिजयी भयौ खुशी र हासो फिजायौ तिमीले मौका पाएँ भनी कमाउ धन्दा अगाडि सार्यौ जनता सामु जे वाचा थियो कुवायौ तिमीले तिम्रा सामु देश विकासका कुरा गौण भए घात गर्यौ मतदातालाई रुवायौ तिमीले दिगो आर्थिक समृद्धि...