विचार

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम


 साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए ।

पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा छैन । उहाँले सपना देखेको पनि हुनसक्छ । तर, पार्टी एकताबारे मेरो कुनै कुरा भएको छैन ।’

 

पूर्व माओवादी नेता समेत रहेका उनले अघि भने, ‘तत्काल पार्टी एकताको सम्भावना पनि छैन ।’

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय सचिवालयको बिस्तारीत बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकतामा आउन आह्वान गर्ने निर्णय गरेको थियो ।

फोरमसँग चुनावी तालमेलको प्रयास

कार्यक्रममा भट्टराईले संघीय समाजवादी फोरमसँगको एकता प्रयास पनि असफल भएको स्वीकार गरे । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादलाई सिद्धान्त बनाउनु पर्ने अडान राखेर फोरमले परम्परावादी राजनीतिमा जोड दिएको उनको आरोप छ ।

‘केही वैचारिक राजनीतिक कुरा हो । पार्टीको नाम र संंगठनात्मक संरचनामा पनि सहमति हुन सकेन’ उनले भने, ‘एकता प्रयास अहिलेलाई अन्त्य भयो ।’

यद्यपि पार्टी एकता नभए पनि प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा तालमेलको प्रयास हुने उनले बताए ।

शनि, साउन १४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

२५ वर्षको तथ्यांकः मधेसमा कम्युनिष्ट बढ्दै, कांग्रेस घट्दै

दुई नम्बर प्रदेशको भूभागअन्तरगत रहेको नेपालको मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो कि कम्युनिष्टहरुको ? वा यो प्रदेश क्षेत्रीय-जातीय पार्टीहरुको आधार क्षेत्र हो ? आउनुहोस् यस विषयमा ०४८ साल यताको करिब २६ वर्षको इतिहास खोतलौं- हुन त मधेसमा कांग्रेस र कम्युनिष्टहरुको जनाधारको चर्चा गर्दा ०४८ सालभन्दा...

गोर्खाल्याण्ड: नकोरिएको इतिहास

प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्-  ‘इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट  अर्थात् , यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो...

नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरे

जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने...

मधेस मतदान गर्न आतुर

सुनसरी- दुहबी–११ स्थित तनमुना बस्तीका बासिन्दा शुक्रबार मध्याह्नको टन्टलापुर घाम छल्न रूखमुनि बनाइएको चौतारोमा गफिइरहेका थिए। असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमै उनीहरूको गफ केन्द्रित थियो। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको घरभन्दा करिब तीन किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा मधेसी समुदायको बाहुल्य...

देवी ज्ञवाली भन्छन्ः प्रचण्ड र शेरबहादुरसँग चुनाव लडेको हुँ

जेठ, चितवन । पहिलो चरणमा निर्वाचन भएका ४ महानगरपालिका मध्ये ललितपुर नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने पोखरा-लेखनाथ महानगरपालिकाको परिणाम एमालेको पोल्टामा गएको छ । काठमाडौंमा पनि एमाले जितको सन्निकट छ । तर, भरतपुर महानगरपालिकामा भने कसले चुनाव जित्ला भन्ने कौतुहलता कायमै छ । अत्यास लाग्दो...

सरकारले विराटनगर र विरगञ्जलाई महानगरपालिका घोषणा गर्दै तराइ मधेसका १९ वटा जिल्लामा २३ गाउँपालिका थप गर्ने निर्णय गरे

सरकारले विराटनगर र विरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्दै तराइ मधेसका १९ वटा जिल्लामा २३ गाउँपालिका थप गर्ने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमा निर्धारण आयोगको प्रतिवेदन अनुसार सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्यामा हेरफेर गरेको हो।  मन्त्रिपरिषद बैठकले तराई...