साहित्य गतिबिधि

साउन १५ को खीरमा सिर्जना वाचन


काठमाडौं, साउन १४ गते (संसाक) । हाम्रो परम्परा नै बनिसकेको साउन १५ मा खीर खाने कार्यक्रमको अवसर पारेर संसाक पाक्षिले खीर खाँदै सिर्जना वाचन कार्यक्रमको आयोजना ग¥यो । प्रा.डा. गार्गी शर्माको प्रमुख आतिथ्य र साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिको सभापतित्वमा भएको कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, डा. सत्यराज थपलिया, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ र साहित्यकार दामोदर पुडासैनी किशोर विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएको थियो भने भगीरथ काफ्ले, नमराज भेटुवाल, शिवप्रसाद आचार्य अतिथिको रूपमा रहनुभएको थियो । त्यस अवसरमा प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दुप्रकाश नेपाल, रत्नप्रसाद श्रेष्ठ अनामणि र बुद्धि विष्टले साहित्यिक कार्यक्रमको महत्व, संस्कृति र साहित्यको सम्बन्ध, हाम्रा संस्कृतिहरू आदिका बारेमा प्रकाश पार्नुभएको थियो । 

कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, डा. सत्यराज थपलिया, दामोदर पुडासैनी किशोर, रत्नप्रसाद अनामणि श्रेष्ठ, उमेश पाण्ड, पूर्व सेनानी टंकबहादुर खत्री, सीता विष्ट कार्की, नरबहादुर बी.सी., द्वारिका कुइकेल, भावानी मैया पन्त, शशी थापा पण्डित, निर्मल पराजुली, तारा के.सी., धरणीधर गुरागाईं, प्रशान्त डंगोल, नमराज घिमिरे, अनिता भण्डारी र लक्ष्मीप्रसाद मिश्र आदिले आआफ्ना कविता, गीत, गजल र मुक्तक सुनाउनु भएको थियो ।
वाचित कविताहरूमध्ये उपस्थित दर्शक तथा श्रोताहरूको मतको आधारमा तारा के.सी. र निर्मल पराजुलीको सिर्जना उत्कृष्ट दुईमा पर्दै नगद पुरस्कारसमेत प्राप्त गर्न सफल भएका थिए । पुरस्कृत के.सी. र पराजुलीलाई प्रमुख अतिथि शर्मा र कार्यक्रमका प्रायोजक बुद्धि विष्टले सम्मान तथा नगद प्रदान गर्नुभएको थियो ।
उमेश पाण्डेले संयोजन गर्नुभएको खीर खाँदै सिर्जना वाचन कार्यक्रमको प्रायोजन पब्लिक बुक्स् एण्ड स्टेशनरी गोंगबुँका बुद्धि विष्टले गर्नुभएको थियो । कार्यक्रम निष्पक्ष मिडिया प्रा.लि.को कार्यालय गोंगबुँमा भएको थियो ।

आइत, साउन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साहित्यिक मैत्रीपूर्ण खलिबल खेल सम्पन्न

काठमाडौं, मङ्सिर २ गते (संसाक) । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र लुनार ईंङ्गलिश बोर्डिङ्ग स्कुल, गोंगबुँले आज ‘निर्वाचन र खेलकुद, नेता र जनताको मिलजुल’ भन्ने नाराका साथ स्वच्छ, स्वस्थ र सौहार्दपूर्ण चुनावको लागि ‘दोस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल’ को आयोजना ग¥यो । नेपाल प्रज्ञा–प्रतिष्ठानका...

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरुको उपस्थितिमा सुसम्पन्न भयो । सदाझैं भन्दा फरक रुप दिन यस कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइएको थियो जसमा ३९ जना प्रतिस्पर्धी सर्जकहरुले भाग लिएका थिए भने अतिथि र अप्रतिस्पर्धी कवि सहित १८ जनाले आफ्ना रचना सुनाएका थिए।...

मुरलीको एकल वाचन समपन्न

०२ मंशिर । आधुनिक साहित्य परिषद काठमाडौको आयोजनामा कवि मुरली प्रसाद ढकालको एकल कविता वाचन प्यागोडा फुडल्याण्डको हल टोखा काठमाण्डौमा समपन्न भएको छ । मंशिर दुइगते बिहान ११ बजे बाट शुरु भएको सो कार्यक्रममा प्रा.डा. घनश्याम परिश्रमी न्यौपानेको प्रमुख आतिथ्य तथा चारै बेदका अनुवादक समिक्षक श्री...

तिन कृतिहरुको बिमोचन

गौरी पब्लिक रिलेशन एन पब्लिकेशनको अायोजनामा पुनाराम कर्याबरीक्काको #के_का_कहल“, रत्नप्रसाद अनामणिको #एक_कप_चिया र हेमराज बुढाद्वारा सम्पादित #संघर्ष पुस्तक विमोचन कार्यक्रम प्यागोडा फुटल्याण्ड टोखा ग्राण्डी अस्पतालजाने बाटोमा दामोदर ढकाल “दिपक” को सभापतित्वमा सम्पन्न भएको छ /उत्क्त कार्यक्रममा प्रमुख अतिथि गजल शिरोमणि  प्रा.डा. घनश्याम परिश्रमीले मुक्तकबारे बोल्नुका साथै  सर्जकहरुलाई बधाई दिनु भयो /तिन...

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न भयो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न प्राज्ञसभाको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका संरक्षक माननीय संस्कृतिमन्त्री जीतेन्द्र नारायण देवले गर्नुभएको थियो । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले समारोहमा शुभकामना मन्तव्य राख्नुभएको...

रत्न प्रसाद अनामणी श्रेष्ठद्रारा लिखित ‘१०१’ गीतासार र ताेयानाथ सुवेदीद्रारा लिखित ‘विष्णु सहस्रनाम’ पुस्तककाे विमाेचन

गाैरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौंकाे अायाेजनामा रत्न प्रसाद अनामणी श्रेष्ठद्रारा लिखित ‘१०१’ गीतासार र ताेयानाथ सुवेदीद्रारा लिखित ‘विष्णु सहस्रनाम’ पुस्तककाे विमाेचन दामोदर ढकाल ‘दीपक’ काे अध्यक्षतामा तथा तिलक प्रसाद लुइँटेलकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे छ ।   उक्त कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, प्रा.डा. घनश्याम परिश्रमी, डा. सत्यराज...