उर्जा

अब विद्युत महसुल घरमै बसेर तिर्नुस


काठमाडौँ। विद्युत महसुल तिर्न जाँदा लामो समय लाईन बस्नुपर्ने झण्झटबाट अब मुक्ति पाइने भएको छ । अब घरमै बसीबसी विद्युत महसुल तिर्न सकिनेछ। यसका लागि नेपाल विद्युत प्राधिकरणले नयाँ प्रणाली ल्याउन लागेको छ । प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको हो । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो । सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको जडान पछि अन्त्य हुनेछ । प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । प्राधिकरणले यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ । त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिनेछ । प्राधिकरणले रत्नपार्क र महराजगन्ज वितरण केन्द्रको प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यका लागि केही दिन पहिले मात्रै विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । प्राधिकरणले आगामी असोज ४ गतेसम्म बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बोलपत्रदातालाई भूमिगत वितरण प्रणालीको खाका, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने शर्त राखिएका छन् । प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएपछि त्यसमा ‘रेडियो फ्रिक्वेन्सी नेटवर्क’ जडान गरिने उपभोक्ताले घरको मिटरको विवरण प्राधिकरणको ‘डाटा प्रणाली’ मा पु¥याउन सक्नेछन् । सो प्रणालीको जडानपछि केन्द्रीय नियन्त्रण कक्षमै बसेर कुन ग्राहकको घरमा कति युनिट विद्युत् प्रयोग भयो र त्यसको महसुल कति उठ्यो भनेर हेर्न सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । वितरण प्रणाली भूमिगत गरी स्मार्ट मिटर जडान गरेपछि ग्राहकले यो सेवा लिन सक्नेछन् । रत्नपार्क तथा महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका स्थानमा त्यसप्रकारको सेवा शुरु हुनेछ । नमूना परियोजनाका रुपमा ती वितरण केन्द्रको कार्य सम्पन्न भएपछि काठमाडाँै उपत्यकाका अन्य स्थानमा र उपत्यका बाहिरका प्रमुख शहर हुँदै मुलुकभर नै त्यसप्रकारको प्रणाली जडान हुनेछ । पहिलो चरणमा ९० हजार ग्राहकले शुरुमा यो सेवा लिन सक्नेछन् । अत्याधुनिक स्मार्ट मिटर जडान भएपछि ग्राहकले खपत गर्ने विद्युत् महसुल घरबाटै तिर्नसक्ने र नतिरे स्वतः टेलिफोनको लाइन काटिएजस्तै विद्युत् लाइन काटिनेछ । सो प्रणालीको जडानपछि चोरी नियन्त्रण, मिटर रिडिङमा लाग्ने जनशक्ति, ऊर्जा परीक्षण, भार व्यवस्थापनलगायत विद्यमान समस्यामा सुधार आउनेछ । प्रसारण प्रणाली भूमिगत बनाउन एसियाली विकास बैंकले करिब रु २० अर्ब र एसियाली पूर्वाधार लगानी बैंकले रु दश अर्ब लगानी गर्ने वचन दिइसकेका छन् । खुला प्रणालीबाट विद्युत् वितरण गर्दा जोखिम हुनसक्ने, मानवीय क्षतिका साथै सहरको सौन्दर्यसमेत घट्ने भएकाले स्मार्ट प्रणाली जडान गर्ने योजनामा सरकार लागेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ । मन्त्री शाहीले काठमाडौँ उपत्यका र देशका प्रमुख शहरमा वितरण प्रणाली सुदृढ पार्न दीर्घकालीन गुरुयोजना तयार भइरहेको र आगामी दुई वर्षभित्र सो योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । मुलुकका विभिन्न स्थानमा अझै पनि रु ८० महसुल तिर्न रु ४०० भन्दाबढी खर्च हुने गरेको भन्ने गुनासो आइरहेका बेला प्राधिकरणले अनपाउन खोजेको यो प्रविधिले नागरिकलाई सुविस्ता हुने अपेक्षा गरिएको छ ।

आइत, साउन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कुलमानको एक वर्षे कार्यकालः लोडसेडिङ अन्त्यदेखि विवादको भुमरीसम्म !

भदौ, काठमाडौं । गत सालको वर्षात याममा दैनिक ६ देखि ७ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । हिउँद लागेसँगै त्यो बढेर झनै १८ घण्टासम्म पुग्ने त्रासदीमा थिए जनता । लोडसेडिङको अन्त्य कल्पनासमेत गरिएको थिएन । यही त्राशदीका बेलामा कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका थिए । प्रचण्डको नेतृत्वमा...

नोजलबाट कम तेल झरे पनि कारबाही नगर्न पेट्रोलियम व्यवसायीको माग

साउन, काठमाडौं  । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी...

ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह

 साउन, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन् ।   आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि नर्वेली राजदूत चेल...

नेपाल आयल निगमले जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता

साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो । निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा...

काठमाडौंमा फोहोरबाट १४ किलोवाट बिजुली निकाल्ने प्लान्ट सञ्चालनमा

असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत वर्ष तयार गरेको फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार उद्घाटन गरिएको छ । प्लान्टको मंगलबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरे ।   यो प्लान्ट युरोपियन युनियनको ८० प्रतिशत...

आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं । आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले पछिल्ला दिनमा सात हजार १३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन तथा अनुसन्धानको कार्यलाई द्रुत रुपमा अगाडि बढाएको छ । जलविद्युत् आयोजना एकदमै प्राविधिक र विशिष्ट विषय भएकाले अध्ययनमा विशेष जोड...