कविता

रङ्गिन तर रङ्ग हिन् साँझ!!

-उत्तम बिचार


दिन भरिको थकान मेटाउने
शितल चौतारी जस्तो
अझ भनौं, गोघुलिमा सजिएकी
नब दुलहिको साडी जस्तो…
यति रङ्गिन साँझ मन नपर्ने
बिरलै होलान् !
फेरि पनि मलाई भने
निरस निरस लाग्छन् यि साँझहरू!
यिनै साँझका बिसयमा
गरिने टीका टिप्पणीहरू
बिना अर्थका बहस लाग्छन् !

त्यो साँझ जस्ले कसैको
दुखमा समाहित हुन चाहेन
बस् हेरि मत्रै रह्यो!! तथापि
मीठो गीत र सँगित हुन चाहेन
जसै दिन ढल्यो पश्चिम आकासमा
ऊ ब्यूँझियो र जुरूक्क उठ्यो
नितान्त निस्ठूरी साँझ बनेर !
यसैले त यी साँझहरू
मलाई अत्यान्त निरस लाग्छन् !

माऊ चराको व्यग्र पर्खाईमा
बसेका नबजात बचेराहरू
भोकले रन्थनी रहेको बेला
बिना आहारा फर्किनुको पीडा बोध
न कैले भयो उस्लाई!
भयो त शहरका गजल नाईट र
मेहफिलमा घन्किने भाकाहरू
जस सँग उस्ले हँमा हँ मिलाएकै हो!
आँशुमा डुबेका दुखी मनहरू लाई
आँशुका थप प्याला पिलाएकै हो !!

त्यो साँझ जो सँग अलिकती पनि
नारी बेदना महसुस हुन्थ्यो भने,
कयौँ नारी पात्र जो रातलाई
जीवन धान्ने आधार मानेर
अपरिचित पर पुरूस सँग
आफ्नो शरीर र सिङ्गो जिवनको
सौदाबाजी गर्न बाध्य हुन्छन्,
तिनिहरू प्रती नतमस्तक बन्नु साँटो
तिन्को दुखेको घाउमा
मलम पट्टी बन्न नसक्नु
उस्को लाचारीपना बाहेक
अरू केही हुनै सक्दैन
हो, त्यसैले त मलाई
मन्पर्दैन् तिम्रा यी
निस्ठूरी साँझहरू
अनि रङ्गिन भएर पनि
रङ्ग हिन बनेका साँझहरू!!

सोम, साउन १६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

anamani ratna युवा

युवा ! तिमी बिना मच्चिन्दैन खुशीका लिंगे पिङहरु घुमदैनन् आशाका रोटे पिङहरु तिम्रो प्रत्येक ढुकढुकीमा जमेको छ देशको भाग्यहरु तिमी माथि आशा गर्न थालेका छन् चिहान चिहाउन थालेका बस्तिहरुले किनकी भूकम्पले तंग्रिन सकेका छैनन ती बेसाहारा बस्तिहरुले ******************** च्यातिएका थाङ्गनाहरु उस्तै छन् छातीका बेदनाहरु बढ्नु सिबाहेक घटेका छैनन सिउन सकेका छैन सरकारले भुकम्पले भत्किएका मनहरुलाई गरिबीले कोरेका नक्शाहरु उस्तै छन् त्रिपाल मुनिको संसार फेर्न...

मेरी हजुरअामा

पुर्णेमाकाे रातमा निलाे अाकाशभरि चम्कि रहने ति तारालाइ साेध्न मन लाग्छ , मेरी हजुरअामा  कहाँ हुनुहुन्छ भनेर ? भन्नुहुन्थ्याे , मूत्यु पछि सबै तारा बन्छन् अाकाशमा । म लालायित छु भेट्न मेरी हजुर अामा । ति ताराहरूकाे गाउँबाट मुस्कुराउँदै जब अाउँनुभयाे अाे हाे कति राम्री कति उज्याली देबदुत मेरी हजुर अामा । चाैबन्धि ढाकाकाे चाेलाे टाेपरेलकाे फरियामा सेताे पटुका बाँधेकी सेतै फुलेकाे केशराशीभरि गुराँशकाे...

anamani ratna म पनि आउछु

शुन्यताको पद्चापसंगै दिग्भ्रमित नेताहरुको लस्करै अनुहारहरु सम्झदै बोल्नु छ बोल्न सक्तैन चेतना उठाउनु छ ,उठ्न सक्तैन गाउ कुरेर बसेका हजुर बालाइ थाहा छैन नातिको जिन्दगीका पलहरु थाहा छैन मातृभूमिको सुवासहरु आज एका एक कता हराए परजीबी बनेका बुध्दिजिबिहरुले मलसाप्रो पसेका बस्तीहरुलाइ खै कसले के गरि दिए खै कसले के भनि दिए गाँउमा लास उठाउने नातिहरु छैनन त्यसैले  आऊ तिमी पनि र म...

नजाउ बिदेश नामक ।।

लेखी गितनेपाली छन्द रचना मनज्ञानका सिर्जना ।। माला फुल सयौ ती जात हरुको उँने सजाइ कन ।। अज्ञानी फुलको बगैँचा भरिनै बिषकाे बिरुवा सर्यो ।। ज्ञानी सज्जन भाइ बैनी हरुले एसलाइ फाल्नु पर्यो ।। गलामा फुलको सजाइ तिमरो माला उनी पैरन ।। लेखे गित अज्ञान भाब महिले गर्दैछु यो अरपण...

भुकम्पले लूटेका सपना

  त्रिपालको छानो मुनि कति सरकार ले केही गर्देला भन्ने आशमा भुकम्प पीडित ले भोग्ने पीडा कति बढछ यो असार को मासमा गरिब दुखी को घर उजाडी राजनीति गर्ने हरु को माझमा खै कसरी उज्यालो होला मेरो देश यो अँध्यारो साझमा चोरी डकैटी अनि भुकम्प का पराकम्पन को त्रासमा चिसो मौसम...

anamani ratna तेरो अमेरिकामा उतै बस्ने गरि आउँदिन छोरा

छोरो तेरो अमेरिकामा म आउँदिन बा ! के तेरो अमेरिमा हरेक दिन दश /बिस कप चिया खाई साहित्यको बारे बातचित गर्न कोही आउन छन् त ? अनि म एक्लै धुमधुति बसौं ? मौन ब्रत बसे जसरी *************** मलाइ स्पष्ट थाहा छ त्यहाँ द्वारिका कुइकेलको उखेल्दिन्छु दाह्री निर्मल पराजुलीको लामो हरफे कबिता मेजर काकाको बाँस डोले भाका तारा के.सी.को नारी...