अर्थ

विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा


साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए ।

 

उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन् । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए । सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए । पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । रजाली र सई मानन्धरबीच पटक पटक फोनमा कुरा भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मङ्ल, साउन १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा

असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।   त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै...

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द !

भदौ, काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक...

नेपालको इतिहासमै पहिलोपटक धेरै सुन बरामद

भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम...

‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार

भदौ, काठमाडौं । सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री–व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसदमा पेस गरेपछि सरकारी प्रयास सतहमा आएको हो । ‘नेटवर्क मार्केटिङ’का नाममा वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री...

नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात

साउन, काठमाडौं । जलस्रोतमा विश्वमै दोस्रो ठूलो देश मानिने नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात भएको पाइएको छ । नेपालमा बेलायत, फिलिपिन्सदेखि जापान, मलेसियाबाट खानेपानी आयात हुने गरेको देखिएको छ ।   भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०७३/७४ मा विभिन्न मुलुकबाट ३ लाख ५५...

काँचको दुनियाँमा भट्टी चलचित्र छिट्टै आउदै

नेपाली चलचित्र जगतमा पृथक कथाबस्तु बोकेर सिनेजगतमा आफ्नो उपस्थिति दरो देखाउदैछ भट्टी /यस चलचित्रको कथा बस्तु दामोदर ढकाल”दिपक”ले लेख्नु भएको हो /यस चलचित्रलाई निर्देशन जेनिश शर्म्स “दिनेश” ले गर्दै हुनुहुन्छ /यसका निर्माता रेशम लामा हुनुहुन्छ /हाल यस चलचित्रका लागि ब्यापक रुपमा कलाकार खोजीमा रहेको जनाकारी...