स्थानीय समाचार

अविरल वर्षाले भक्तपुर सुडालको जनजीवन अस्तवेस्त


सुडाल । श्रावण १7 गतेदेखि परेको अविरल वर्षाका कारण चाँगुनाराण नगरपालिका वडा नंम्वर ८ सुडाको जनजीवन अस्तवेस्त भएको छ । १४ गते साँझ ३ बजेदेखि परेको अविरल वर्षाका कारण आएको जतातै पहिरो जाँदा जनजीवन अस्त वेस्त भएको हो । भुकम्पले छियाछिया बनाएको बस्ती त्यस माथी लगातारको वर्षाका कारण सुडालको विभिन्न स्थानमा पहिरो गएको स्थानिय राजेश दुलालले बताए ।

उनका अनुसा साविक सुडाल ९ नंम्वर जाने फुयाँलगाउँ सडक खण्डमा दुलाल गाउँ छोटे डाँडा सिते पाखा लगाएतका स्थानमा गएको पहिरोका कारण दुलाल गाउँमा बाईक सम्म पनि जाने वाटो नभएको उनले वताए । लगातारको वर्षाका कारण साहयक मार्गहरु पुर्णरुपमा पहिरोको चपेटामा परेको अर्का स्थानिय विदुर नेपालले वताए । उनका अनुसार भुकम्पले क्षति ग्रस्त वनाएको बस्ती अनी अझ पनि पाल र टहरामा बस्दै आएका हरुलाई यसले ठुलो असर पारेको उनले वताए । जता ततै पहिरो गएको छ बाटो भत्केको छ अव त एम्वुलेन्स त परै जावस घर भित्रको बाईक निकालेर ल्याउन पनि समिएन उनले भने । विनासकारी भकम्पका कारण धाँजा फटेको जमिन त्यस माथी अविरल वर्ष जसका कारण सुडालको अधिकाँस भागमा पहिरो गएको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का अध्यक्ष परासर सापकोटा वताउँछन् । सुडालमा परेको अविरल वर्षाका कारण सुडाल च्यामासिह रत्नपार्क भएर चल्ने गाडी प्रभावित हुँदा स्थानिय थप मर्कामा परेका छन् । यसका साथै सुडालका विभिन्न भित्री सडकहरु पहिरो जाँदा र नाली समेत बगाउँदा विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएको स्थानिय बासिन्दा वताउँछन् । जितपुर दुलालगाउँको सडक सम्पर्क विच्छेद नै हुँदा दुद्य एवं तरकारीको गाडी चल्न नसक्दा तरकारी दुद्य बोकेर भक्तपुर सम्म लैजानु परेको स्थानिय दुद्य ब्यापारी सादुराम तिमिल्सेना वताउँछन्

मङ्ल, साउन १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरे

वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा...

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा

१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...