समिक्षा

फुलबारी (बालकविता संग्रह )


पुस्तकको नाम : फुलबारी

कवयित्री : तारा के.सी.

विधा : बालकविता

आवरण कला : सलोना रंजित

कला : बिनोद

प्राकाशन मिति : २०७० श्रावण

संख्या : ५०० प्रति

मूल्य: रु. ५०/-

प्रकाशक : अक्षर मार्ग

फुलबारी बालकविता संग्रह एउटा हाम्रा भाइबहिनीहरुका लागि  संग्रहनीय पुस्तक हो /यस पुस्तकका  लेखिका  काभ्रे पनौती १ निवासी तारा के.सी. हुनुहुन्छ /उहाँको यस अघि तारापुन्ज कबिता संग्रह २०६७ साल असारमा प्रकाशित भैसकेको छ /हाल  उहाँ गोंगबु काठमाडौंमा रही साहित्य क्षेत्रमा निकै सक्रिय रहनु भयको छ /प्रस्तुत संग्रहमा परि,असन बजार ,फुलबारी ,खोइ के बनूँ म ,नाति ,नदीको पुकार ,थैली ,हजुर आमा ,भिर मौरी ,बालापन , भाइ, मेरी गुरुआमा , मन पर्छ , चरा ,बाबुनानी,बालापन ,कुसंस्कार ,देश ,मास्टर र स्वदेशको माटो गरि जम्मा २० वटा बाल कबिताहरु संग्रहित छन् / हरेक कवितामा एउटा एउटा सरल चित्रहरु दिइ सुन्दर बनाउनु भएको छ /कविताले बाल मनोविज्ञानलाइ राम्ररी छोएको छ / बालबालिकाहरुलाई बुझिने सरल र सरस भाषामा अभिव्यक्त गरेको पाइन्छ /कविता भित्र प्राकृतिक प्रेम ,बालापन ,देश प्रेम ,नातेदार र संस्कार र कुसंस्कार बारे  प्रष्ट परेको छ /

जात पात कुसंस्कार ढल्नु पर्छ अब

चेतनाको ज्योति सबमा बाल्नु पर्छ अब //

******************************

नेपाल माथि धावा बोले  मन मेरो  दुख्छ

चाहिदैन स्वर्ग मलाइ मेची ,काली भए पुग्छ //

*********************************

गङ्गा आखिर पबित्र छ जति थुके पनि

मेतिन्दैन मान्छेको पाप जति झुके  पनि //

यस पुस्तकमा  यिनै भावहरु कवयित्रीले समेटिएका छन् /समग्रमा पुस्तक हाम्रा भाइ  बहिनिहरुको लागि ज्यादै उपयोगी  र पठनीय छ नेपाली  बाल साहित्यमा ज्यादै थोरै पुस्तकहरु प्रकाशन हुदै आएकोमा यो पुस्तक प्रकाशनले ज्यादै प्रशंसा योग्य कार्य मान्नु  पर्दछ /

बुध, साउन १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बजारमा आउंदै छ है

ह्रदयको पाखाभरि अम्लान फूल फूलाउँदै छु सृजनाको फूलबारीमा यिनै नजर डुलाउँदै छु थुप्रै देखेँ दिउँसै यहाँ जून खोज्दै हिड्नेहरु हिउँ फूल्ने आँगनीमा एक्लै जून भुलाउँदै छु  जन्मेपछि मर्नै पर्ने फूले ओइली झर्नै पर्ने नओइलिने फूलको यस्तो रहस्य म खुलाउँदै छु बाटैभभरि काँढा होलान् खालि खुट्टा नाच्दै आउँछु उकाली र ओरालीमा प्रीति फूल...

आँसुका फूल

(कविता संग्रह ) लेखक : सीता बिष्ट कार्की (सिबिका ) प्रकाशक : भक्त बहादुर कार्की सम्पादन : एम. राधाकृष्ण प्राकाशन मिति : २०६७ पहिलो संस्करण प्रकाशित संख्या : ५०० प्रति आवरण सज्जा : सुश्री राधिका बिष्ट मूल्य : व्यक्तिगत रु. १००/- संस्थागत रु .१५०/- मुद्राक : कल्पतरु प्राकाशन प्रा.ली. डिल्लीबजार , काठमाडौँ कबिता संख्या :...

त्रिपिंडी श्राध्द पध्दति

त्रिपिंडी श्राध्द पध्दति लेखक :नारायनाचार्य कौशिक ( रिमाल ) प्रकाशक :गौरी पब्लिक रिलेसन एन पब्लिकेसन काठमाडौं नेपल संस्करण : पहिलो ,२०७४ असार मुल्य : रु १२५ /- ...

लाज हराएका मान्छेहरु कविता संग्रह सरसर्ती अध्ययन गर्दा

मोफसलमा बसी साहित्य सेवा गर्दै आउनु भएका कबि रत्न प्रसाद अनामणि श्रेष्ठले पछिलो समय राजधानी बसी प्राकाशन गरेका कविता संग्रह लाज हराएका मान्छेहरु हो / यस कविता संग्रह भित्र १९ वटा गद्द्य लामा तथा छोटा कविताहरु संग्रहित छन् / डीमाईज साइजमा प्रकासित सो पुस्तक गौरी...

ऋतु -राग ( कबिता संग्रह )

२.ऋतु -राग ( कबिता संग्रह ) लेखक :नारायनाचार्य कौशिक ( रिमाल ) प्रकाशक :गौरी पब्लिक रिलेसन एन पब्लिकेसन काठमाडौं नेपल संस्करण : पहिलो ,२०७४ असार मुल्य : रु १२५ /- ISBN : ९७८-९९३७-६९४-४२-१ ...

पुस्तक परिचय (१)

    संघार नाघेको उज्यालो (उपन्यास ) लेखक :सिता बिष्ट कार्की प्रकाशक : परिष्कृत मिडिया ग्रुप महाराजगंज, सल्लाघारी, काठमाडौं मुल्य : रु १५५ /- मुद्रण : आबृति छापाखाना प्रा.ली. संस्करण : वैशाक २०७३ आवरण :परिष्कृत श्रेष्ठ ISBN : ९७८-९९३७-०-०७७०२-२ समर्पण : ती सबैमा जो सामाजिक संजालमा भुलेर आफैलाई बिर्सेका छन / ...