समाचार

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबाबु खड्काले पत्रकारलाई धम्क्याए


 साउन, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबाबु खड्काले आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्क्याएका छन् ।

खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई आपूर्ति मन्त्रालयमा मन्त्री शिवकुमार मण्डलको कार्यकक्षबाहिर धम्क्याएका हुन् । समाचार संकलनका लागि मन्त्रालय पुगेका पौडेललाई ‘तपाईँका पनि परिवार छन्, विचार गर्नुस्’ भन्दै धम्की दिएका हुन् ।

 

खड्काले आफ्नो ‘करिअर’ सिध्याउन खोजेको भन्दै पत्रकार पौडेललाई धम्क्याएका हुन् । निगमको जग्गा खरिद अनियमितताका सम्बन्धमा जिज्ञासा राख्दा कार्यकारी निर्देशक खड्काले ‘तपाईँको कुरा भित्तालाई सुनाउनुहोस्’ भनेका थिए ।

शुक्रबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पेट्रोलियम भण्डारणका लागि खरिद गरिएको जग्गामा अनियमितता भएको ठहर सहित छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएको छ । लेखा समितिको निर्णयलगत्तै मन्त्रालय पुगेका खड्काले समाचार संकलनका क्रममा त्यहाँ रहेका पौडेललाई धम्की दिएका हुन् ।

निगमको जग्गा खरिद प्रकरणमा संसदका उद्योग वाणिज्य तथा उपभोक्ता समिति र अर्थ समितिले पनि छानविन गरिरहेका छन् भने अख्तियारले पनि अनुसन्धान अघि बढाएको छ ।

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले एक विज्ञप्ति जारी गर्दै नागरिकर्मी पौडेलमाथि भएको धम्कीप्रति आपत्ति प्रकट गरेको छ । शाखाले पत्रकारको सुरक्षाको पहल गरिदिन सरकार, पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकारसँगसमेत माग गरेको छ

शनि, साउन २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे...

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।   उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला...

छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित

 साउन, काठमाडौँ । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका-संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १...

दिलको राजादेखि तिज गीतसम्म सोनिया

  दिलको राजालाई .;यो सुड्डीलाइ ;आजकलको जमाना ;परदेशी जीवन जस्ता झन्डै दुइ दर्जन गीत गाइसकेकी गायिका सोनिया डिसी चर्चित गायिका हुन् । सामाजिक संजालमा उनका गीतहरु हिट छन ।उनी आफुलाई यो क्षेत्रमा संघर्सरत भएको बताउछिन । भन्छिन – म काममा रुचि राख्ने मान्छे हु ।...

रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु

 रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। मृत्यु हुनेमा ७८ वर्षका भक्त बहादुर नगरकोटी, र २३ वर्षिय मुना थापामगर र ४ वर्षका रबिन थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार राति...

राप्रपाले आफूले जितेका स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्ने निर्णय

जिल्लामा तेस्रो शक्ति बनेको राप्रपाले आफूले जितेका स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्ने निर्णय गरेको छ । झापाको हल्दिबारी र कचनकबल गाउँपालिकाको कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राखेको विषय अहिले चर्चामा छ । सपथग्रहण लगत्तै ती कार्यालयमा नेपाल राष्ट्र एकीकरण गर्ने शाहवंशीय राजा पृथ्वीनारायणको फोटो राखिएको...