कविता

मेरी हजुरअामा

-तारा के.सी.


पुर्णेमाकाे रातमा
निलाे अाकाशभरि
चम्कि रहने ति तारालाइ
साेध्न मन लाग्छ ,
मेरी हजुरअामा 
कहाँ हुनुहुन्छ भनेर ?
भन्नुहुन्थ्याे ,
मूत्यु पछि सबै तारा बन्छन् अाकाशमा ।
म लालायित छु भेट्न
मेरी हजुर अामा ।
ति ताराहरूकाे गाउँबाट मुस्कुराउँदै
जब अाउँनुभयाे
अाे हाे कति राम्री
कति उज्याली देबदुत
मेरी हजुर अामा ।
चाैबन्धि ढाकाकाे चाेलाे
टाेपरेलकाे फरियामा
सेताे पटुका बाँधेकी
सेतै फुलेकाे केशराशीभरि
गुराँशकाे फुल सिउँरेकी,
जवान मेरी हजुर अामा ।
तपाँइ कहाँ बस्नु हुन्छ ?
स्वर्ग मा कि अाकाशमा
चिन्ता लाग्थ्याे ,
मूत्युपछि पनि दुःख पाे पाउँनु भाेकि ?
कि भेदभाब छ
त्याे लाेकमा पनि
छाेरा र छाेरी बिच ?
छाेरीले दिएकाे दागबति

बाँचुन्जेल गरेकाे सेबाले
कतिकाे खुशि हुनुहुन्छ ?
मेरी हजुर अामा ।
भन्दिनुहाेला हजुर बुबा सँग
त्याे लाेकमा भेट भयाे भने
कतिकाे खुशि हुनुहुन्छ उहाँ
छाेराले दिएकाे पिन्ड पानी खाँएर
कतिकाे स्वस्थ हुनुहुन्छ ?
साेध्नु हाेला ,
अबश्य साेध्नु हाेला
मेरी हजुर अामा
हजुर बुबासँग ।

बुध, साउन २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कालाे बादललाई स्वागत

गजधुम्म बादलले पानी बाेकेर धर्तिलाई शीतलता दिन्छु भनेर गड्गडाइरहेछ तर तराईको रमेश मण्डल र सुरेन्द्र यादव बाढीले अाफ्नाे जायजेथा लैजाने हाे कि भनेर अतालिरहेछन् उता पहाडमा यम लिम्बू र चिरन राई पहिराे गएर खेतका गरा र बारीका कान्ला भत्किने हुन कि भनेर थरथर कामीरहेछन् उता हिमालमा पासाङ शेर्पा र अाइते तामाङ पानीले टेकिङकाे बाटाे भत्किने हाेकी भनेर त्रसित छन् तर...

सम्बन्धको जोडघटाउ

मुरलीको धुन सुनेर उहीँ गफाडी यार सम्झे। प्रस्ताव पेश नै नगरेको अधुरो प्यार सम्झे।। छोटामिठा बितेका केही रमाइला पल सम्झे। साथसाथै बिधाताको नमिठो त्यो छल सम्झे। भेटेर उ सँग बोल्ने मनको सानो रहर सम्झे। अनायासै तर फेरि छुट्टिनु नै पर्ने कहर सम्झे। समयले लगाएको हामी बिचको बार सम्झे। अब नाघ्न नमिल्ने यथार्थको...

छाेक

महाशय, मलाई यस्तो लाेभ अाइन्दा नदेखाउनू  म संस्कृति हराएको सभ्यता र प्रसन्नता विनाको सुविधा पटक्कै मन पराउँदिनँ भयो, बढी तनाव नदिनू म तिम्रो नक्कली उत्पादनकाे खास उपभोक्ता बन्न सक्दिनँ । ...

रारा

 रारा सौंदर्यकी धनी तिमी कहिले नीरजस्तै निलो बनिदिन्छ्यौ कहिले पन्नाजस्तै हरियो बनिदिन्छ्यौ तिमी कति छिटो छिटो रंग बदलिरहन्छ्यौ अनि सबैको मनलाई त्यसै त्यसै हरिदिन्छ्यौ। रारा तिमी कति शान्त ठाउमा अनि कति रमणिय ठाउँमा मलाई त ईष्या नै लाग्यो तिमी बसेको ठाउँ अनि तिम्रो सौंन्दर्यतामा। रारा तिम्रो म कति बयान गरुं बयान गरेरै सकिएलाजस्तै छैन त्यति सौंदर्यकी धनी...

कविता

डुक्रदैछौ प्रचण्ड र खड्ग प्रसाद ओली तिम्रो हुङ्कार हेरेकै छौं नबोली नबोली एकता नै गर्दैछौ रे आज हो कि भोलि देख्न हाम्ले नपरोस् है च्यातिएको चोली। एउटाले उखान टुक्का अर्को चाँहीले गोली जनतासामु थापेकैहौ मनचिन्ते झोली कोहिले दिए डराइ डराइ कोहिले मन खोली नफालिदेऊ जुठेल्नोमा जनताका कोसेली । विगतका काला मैला अब टुट्नुपर्छ भ्रष्टाचारी...

म वेश्या हु

स्विकार छ प्रियतम म वेश्या हु थुक अझै दलि कालो मुसो श्रिङ्गार गरिदेउ जुत्ताको मालाले तिमी हररात स्त्री सँग रमाउछौ तर मैले परिवर्तनको निम्ति हातेमालो गर्दै घरभन्दा पर पुगेकी थे म घरबाट निस्कनु नै म वेश्या हुनु हो तेसैले स्विकार छ म वेश्या हु मेरा अावाज मेरो प्रसवको पीडा मेरो बलात्कार को पीडा मेरा...