इतिहास संस्कृति/धर्म

पीतृ मोक्षको कामनासहित मनाइयो मतयाः पर्व


 साउन, काठमाडौं । गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व बुधबार ललितपुरको पाटनमा मनाइएको छ । यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ ।

 

यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने धार्मिक विश्वास छ । विशेषगरी बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् । हरेक टोलमा पुग्ने र त्यहाँ रहेका बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । यो क्रम बिहानबाट सुरु भइ साँझैसम्म चल्दछ ।

यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा छ ।

ललितपुर क्षेत्रमा टोल-टोल परिक्रमा गर्ने श्रद्धालुहरुको भीडका कारण ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । स्काउट र बिभिन्न क्लबका सदस्यहरु सडकमा आएर ट्राफिक व्यवस्थापन सघाएका छन् ।

मतयाः पर्वको अवसरमा ललितपुर जिल्लामा सार्वजनिक विदा दिने गरिन्छ ।

बुध, साउन २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा

मुस्ताङ : मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका...

संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो। मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण गरिएको...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न

 कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् । सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला...

‘बोधी छाया: लाइफ अफ बुद्ध’ शीर्षकको नाटक काठमाडौंमा एक हजार आठ सय २६ दिन चल्ने

असोज, काठमाडौं । राजधानीको नाटक बजारलाई अलिकति मात्रै नियाल्नुभएको छ भने पनि तपाईंलाई पक्कै थाहा होला, एउटा नाटक कति लामो समयसम्म चल्न सक्छ । यहाँका थोरै नाटकघरले एउटा नाटक बढीमा दुई महिना चलाउँछन् ।   अनि, आफ्ना दुई प्रस्तुतिबीच धेरै साता र महिनाको अन्तराल राख्छन् । तर,...

नाला टुकुचाको पर्यटन र सास्कृतिकबारे जानाकारी “चिनारी” पुस्तक विमोचन सम्पन्न

नाला टुकुचाको पर्यटन र सास्कृतिक विकासमा टेवा पुर्याउने उदेश्यले नमराज घिमिरेद्वारा तयार पारिएको पुस्तक सिंचाइ मन्त्री संजय गौतम ज्यूको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच बनेपा नगरपालिका वाड नं 2 राधाकृष्ण मन्दिरको प्राङ्गणमा विमोचन गरिएको छ। बनेपा नगरपालिका वडा नं 2 का अध्यक्ष हरिशरण घिमिरे ज्यूको...

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु

भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध...