राजनिति

पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राप्रपा अध्यक्ष कमल थापाको बर्बराहट मात्र


साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा विभाजनमा बाहृय शक्तिको भूमिका नभएको दाबी गरेका छन् ।

 

पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राप्रपा अध्यक्ष कमल थापाको बर्बराहट मात्र भएको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राणाले अाफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताए । ‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामर्थ्य छ । नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ’ राणाले भने, ‘कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ ।’

कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको उनले बताए । उनले भने,’पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुपर्‍यो ।’

नवगठित पार्टी सरकारमा जाने भन्दै उनले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने बताए ।

बिहि, साउन २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरे

असोज, काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल...

महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट

भदौ, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा मंगलबार राति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ ।   स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार...

काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किए

भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किएको छ । एमालेबाट निर्वाचित मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १० वडाध्यक्षले बुधबारका लागि बोलाइएको नगर कार्यपालिका बैठक नै बहिस्कार गरेका छन् ।   मेयर शाक्यले महानगरमा एकलौटी निर्णय गर्ने तथा फिर्ता लिन...

२०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा

 भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यहरुले पनि विद्रोह गरेका छन् । २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित ध्रुविकरण केन्द्रीय संयोजन समितिलाई समर्थन गरेका हुन् ।   पार्टीका संघीय परिषद् सदस्य बलराम पुनको नेतृत्वमा २०६ जना केन्द्रीय...

बाढीले बस्ती खाली, छलफल गर्ने संसद् खाली

भदौ, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् । विशेष गरेर बाढी र पहिरोका विविध पाटा–पक्षबारे आज पनि पत्रपत्रिकाहरुले लेखेका छन् । बाढी र पहिरोले पहाड र तराईका १२५ भन्दा बढी सर्वसाधारणको मृत्यु, हजारौं घर र लाखौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको...

नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने

काठमाडौं- नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ। नेकपा एमाले सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको बैठक प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित जिल्लामा राहत र उद्वारको समन्वय गर्न...