साहित्य गतिबिधि

साहित्य र चलचित्र ः प्रथम र ऐतिहासिक सहकार्य


काठमाडौं, साउन २१ गते (संसाक) । साहित्यकार र चलचित्र कर्मीबीचको यो सहकार्य प्रथम र ऐतिहासिक रहेको कुरा बताउँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकारले चलचित्रका कथा तथा गीत लेख्ने र चलचित्र कर्मीले साहित्यिक मन र भावनाले त्यसमा अभिनय गर्नसके नेपाली चलचित्रको स्तर, गरिमा र महत्व अझ बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपाली चलचित्रको इतिहासलाई हेर्ने हो भने विगतदेखि आजसम्म पनि साहित्यकारहरूले लेखेका र उनका सिर्जनाहरूमाथि बनेका चलचित्रहरू धेरै अवधि चलेका, दर्शकले बढी मन पराएका देखिन्छन् ।’ कुलपति उप्रेतीले यही भाद्र २ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भुइँमान्छे’ को प्रायोजनमा संसाक पाक्षिक, निष्पक्ष मिडिया प्रा.लि. र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा ‘स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान तथा राष्ट्रव्यापी कविता प्रतियोगिता’ को उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । ‘भुइँमान्छेलाई बिम्ब बनाएर मानवीय सम्वेदना, भावना र सामाजिक परिदृश्यलाई चलचित्रको टेलर, टिजर र गीतले जुन छुने काम गरेको देखिन्छ, यसबाट अवश्य पनि यो चलचित्रले सफलता पाउनेछ भन्ने लाग्छ’ प्रमुख अतिथि कुलपति उप्रेतीले भन्नुभयो, साहित्यलाई माया गरेर भुइँमान्छेको समूह खासगरी निर्माता रोहिणि भट्टराईले राष्ट्रव्यापी कविता प्रतियोगितासहित साहित्यकारहरूलाई जुन सम्मान गर्नुभयो यस्तो कार्य सायदै प्रथम र ऐतिहासकि हो, यस्ता सहआयोजनाले एकातिर चलचित्रको प्रचार–प्रसारमा ठूलो सहयोग पुग्नजानेछ भने अर्कातिर प्रतियोगी कविहरूका नयाँ सिर्जना आउनु, सम्मान र पुरस्कारले साहित्यमा लाग्न प्रेरणा मिल्नुका साथै अग्रज साहित्यकारहरूलाई पनि यस्ता साहित्यिक सम्मान र मायाले साहित्यप्रति अझ थप जिम्मेवारी बढ्नेजानेछ ।’

कार्यक्रममा भुइँमान्छेका निर्माता रोहिणि भट्टराई, अभिनेता रमेश बुढाथोकी र निर्देशक नवराज बुढाथोकीले साहित्य र चलचित्र एक आपसमा अन्तर्सम्बन्धित छन् । असल साहित्यकारले सिर्जना गरेको लेख, रचनाभित्र चलचित्र निर्माण गर्नसके नेपाली चलचित्र झनै उत्कृष्ट बन्नसक्ने र सफल पनि हुने लागेर नै साहित्यकारसँगको यो सहकार्यलाई जोडेको हो भन्नुभयो । ‘साहित्यकारहरू देशका गहना हुन्, निधि हुन् र समाजका ऐना हुन् । उनीहरूको सम्मान गर्नु सिङ्गो देशको, पूरै समाजको सम्मान हुने लागेर आज यसरी भुइँमान्छेको समूहले साहित्यकारहरूलाई यो सम्मान गरेको हो’, उहाँहरूको भनाइ थियो । आपूmले निर्माण गर्ने आगामी चलचित्रहरूमा साहित्यकारको लेख, रचनाहरूलाई प्रमुख स्थान दिने कुरा निर्माता रोहिणि भट्टराईले त्यस अवसरमा बताउनुभयो । अभिनेता रमेश बुढाथोकीले आजसम्म निर्माण भएका धेरै नेपाली चलचित्रहरू कारखानाबाट निकालिएका जस्ता एकै प्रवृत्तिका भएका र नयाँ विषय वस्तुलाई छुन नसकेकाले अस्पतालमा लास चिर्नेमान्छेको कथा–वस्तुमा आधारित भएर नयाँ प्रस्तुितका साथ आएको ‘भुइँमान्छे’ फिल्म उत्कृष्ट हुने कुरा बताउनुभयो ।
त्यसअवसरमा ‘भुइँमान्छे’ समूहको तर्फबाट प्रमुख अतिथि कुलपति उप्रेतीलाई सम्मान गरिएको थियो । कार्यक्रममा रचना वाचन गर्नुहुने अतिथि कविहरू प्रा.डा. गार्गी शर्मा, डा. सत्यराज थपलिया, वासुदेव गुरागाईं, वेदमणि घिमिरे, राधेश्याम लेकाली, भाग्यशाली अधिकारी, विजयध्वज थापा, नरेन्द्र बहादुर श्रेष्ठ, रामप्रसाद पन्त, अतृप्त पाण्डे, मोहनमणि पोखरेल, हरिमाया भेटुवाल, छविरमण सिलवाल, नरबहादुर बी.सी., शशी थापा पण्डित, गुप्तबहादुर श्रेष्ठ, सुदेश सत्याल, भैरबी ढुङ्गाना, थरेन्द्र वराल, सुस्मिता अर्याल, राधा पाण्डे, गोपा शर्मालगायतलाई पनि सम्मान गरिएको थियो ।
राष्ट्रव्यापी कविता प्रतियोगितासमेत आयोजना गरिएको त्यस समारोहमा प्राप्त ७१ वटा कविताहरूलाई पछिपार्दै नुवाकोटका कवि कृष्ण मोक्तान प्रथम, सोलुखुम्बुका कवि गणेशप्रसाद खतिवडा द्वितीय र काभ्रेकी कवि यशोदा अधिकारी, काठमाडौंका कवि प्रकाश वस्नेत गफाडी, काठमाडौंकै कवि गोविन्द नेपाल तृतीय हुनुभएको थियो । प्रथम हुनेलाई नगद रु.५ हजार, शिल्ड र प्रमाण–पत्र, द्वितीय हुनेलाई नगद रु.३ हजार, शिल्ड र प्रमाण–पत्र र तृतीय हुने तीनजनालाई क्रमशः नगद रु.२ हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
सहप्राध्यापक हेमनाथ पौडेल, सहप्राध्यापक ध्रुव भट्टराई र उपप्राध्यापक गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समितिले पुरस्कृत उत्कृष्ट पाँचवटासहित वाचनको लागि ३५ वटा कविताहरूको छनोट गरेको थियो ।
त्यसअघि कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सहज बनाउन डा.शैलेन्दुप्रकाश नेपालको संयजकत्वमा सदस्यहरू उमेश पाण्डे, रत्नप्रसाद अनामणि श्रेष्ठ, तारा के.सी. र सन्जिव पौडेल रहेको ५ सदस्यीय आयोजक समिति गठन गरिएको थियो ।
अस्पतालमा लास चिर्ने व्यक्तिको जीवनका विविध पक्षलाई समेटेर निर्माण गरिएको बताइएको फिल्म ‘भुइँमान्छे’ मा रमेश बुढाथोकी र भलिबल खेलाडी सिपोरा गुरुङको प्रमुख भूमिका रहेको छ । आगामी भदौ २ गतेबाट देशैभर प्रदर्शन हुने यस फिल्मको प्रचार–प्रसारको लागि भुइँमान्छेको समूह देशव्यापी प्रचार अभियानमा छुटेको छ ।

शुक्र, साउन २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आरम्भको कबितामा प्रेम 

आरम्भले प्रणय दिवसको अब्सर पारेर भब्य कवि गोष्टी सम्पन्न गरेको छ । आरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथीरुपमा गजल सम्राट ज्ञानु वाकर पौडेल थिए भने बिशेष अतिथिमा प्याब्सनका निबर्तमान अध्यक्ष लक्ष बहादुर केसी ,बरिश्ट साहित्यकारद्वय पुस्कर लोहनी र कलानिधी दाहाल...

पुष्पपराग साहित्य प्रतिस्ठानकोअठारौं श्रृङ्खला नियमित रचना वाचन

  पुष्पपराग साहित्य प्रतिस्ठानको नियमित रचना वाचन अन्तर्गतको अठारौं श्रृङ्खला ४८ जना साहित्य प्रेमी हरुको उपस्थितिमा सुसम्पन्न भयो। साहित्य अनुरागिहरु डा. राम प्रसाद ज्ञावली, डा. बिदुर चालिसे, भुवनहरि सिग्देल, डा. यज्ञेश्वर निरौला, जयन्ती सत्याल “स्पन्दन”, टि. एन. भट्ट, डा. प्रदीप मैनाली “स्वनाहम्”, मन्जुश्री के. सी. प्रधान...

गोंगबुँ साहित्य समाजमा काव्य वाचन

  काठमाडौं, माघ २७ गते गोंगबुँ साहित्य समाजको २२ औं नियमित काव्य वाचन श्रृङ्खला लुनार स्कुलमा सम्पन्न भयो । कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कथाकार माया ठकुरी विशिष्ट अतिथि रहनुभएको थियो ।  समाजकी सचिव तारा के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. सत्यराज धपलिया, नियात्राकार मन्जु निरौला,...

डा.सत्यराज थपलियाको कृति ‘रमा- सत्य सम्वाद’ र सम्साकको माघ २०७४ को ‘सत्यराज विशेष अङ्क’ को लोकार्पण

डा.सत्यराज थपलियाको कृति ‘रमा- सत्य सम्वाद’ र सम्साक मासिक साहित्यिक पत्रिका माघ २०७४ को ‘सत्यराज विशेष अङ्क’ को लोकार्पण भएको छ / माघ २६ गते शुक्रवार लुनार स्कुल गोंगबुमा दिउँसो २:३० बजे सभपति चन्द्रा न्यौपाने र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका सदश्य सचिब जिबेन्द्र गिरि रहेको उक्त कार्यक्रममा...

साहित्यकार रत्नप्रसाद अनामणि व आषिश तामाङ्गया कृति पिदन

नेवा: अनलाइन न्युज | २०७४ माघ २३, मंगलबार १७:४७:०४ अनामणि प्रकाशनया ग्वसालय् वंगु शनिवाः येँया ग्वंगःबुइँ रत्नप्रसाद अनामणि श्रेष्ठया खस भासाया ‘भो नखिच तस्बिर’ व नेपालभासाया ‘लँय् लूगु किपाः’ लिसें ल्याय्म्ह सञ्चारकःमि व साहित्यकार आशिष तामाङ्गया कृति समिश्रणया उलेज्या जूगु दु । ज्याझ्वलय् मूपाहाँ, पाहाँ कथं झायादीपिं...

किशोरलाई ‘संसाक यात्री नियात्रा पुरस्कार

काठमाडौं, माघ ७ गते । वरिष्ठ नियात्राकार दामोदर पुडासैनी किशोरलाई संसाक मासिकले प्रदान गरेको ‘संसाक यात्री नियात्रा पुरस्कार’ प्रा.डा. गार्गी शर्माले आज उहाँलाई समर्पण गर्नुभयो । पुरस्कार प्रदान गर्दै डा. शर्माले यस्ता सम्मान र पुरस्कारले लेखकलाई अझ बढी जिम्मेवार बनाउनुको साथै धेरैलाई हौसला र प्रेरणा मिल्नजाने...