प्रमुख समाचार

भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा


साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन् – देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच पहिले गरेको वाचाअनुसार सत्ता छाड्नु भयो ।’

स्वराजले उत्साहित हुँदै थपिन् – त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरुबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंसा गर्छु । यो नेपालका लागि एकखाले अध्याय हो ।’

 

यसो भनिरहँदा देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्कुराइरहेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।   पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् । ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा...

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ

फागुन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् । प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली...

अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग निर्माण सकिने

फागुन, काठमाडौं । कुनै अवरोध नआए अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माण सकिने भएको छ ।   सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको...

भारतीय सेना प्रमुख नेपालमा पहिलो पटकआउँदैछन्

२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’   नेपाल एकीकरण...

“महानायक हमाल र पत्रकार धमलाद्धारा ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो गीतको भिडियो सार्वजनिक”

काठमाडौं – गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’ गीति एल्बममा समाहित ‘आई लभ यू’ बोलको...

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । दलको नेता निर्वाचित भएसँगै पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । यो प्रदेशमा एमालेका ५८ सांसद छन् । जसमध्ये पौडेलले ३४ मत र उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत...