राजनिति

डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिए


 साउन, काठमाडौं । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् ।

अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् । ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन् ।

 

भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए । तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए ।

तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन् ।

उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र पौडेल, रामचन्द्र झा टाढिएका छन् । रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन् ।

भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक पार्टी बनाउने योजनामा तीन लक्ष्य राखेका थिए । पहिलो, आफूले निर्माण गर्ने वैकल्पिक पार्टी कुनै पनि वाद–दर्शनमा आधारित नरहने । दोस्रो, विचारधारा पार्टीको भए पनि जातिवाद र क्षेत्रवादबाट मुक्त हुने र तेस्रो, आर्थिक समृद्धि र विकासलाई मूल ध्येय बनाउने । त्यसपछि नै उनले अगाडि सारेका यिनै तीन लक्ष्यमा जोडिन आइपुगे, विभिन्न प्रवृत्तिका शक्तिहरू ।

माओवादीभित्रै रहँदा अन्तरसंघर्षमा साथ दिँदै आएका अधिकांश नेतादेखि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिसम्म भट्टराईका नयाँ सारथिका रूपमा अगाडि देखिए । तर, पार्टीमा आएका विविध प्रवृत्तिका नेताको उचित व्यवस्थापनमा चुक्दा भट्टराई अहिले एक्लिन पुगेको विश्लेषण राजनीतिक वृत्तमा छ ।

कहिल्यै पार्टीमा ‘फस्ट म्यान’ भई लिडरसिप नलिएका भट्टराईमा लिडरसिपमा हुनुपर्ने क्वालिटी नदेखिनु र आफ्नो गन्तव्यमा आफैं अलमलिनुले अहिले एक्लिँदै जाने परिस्थिति सिर्जना गरेको बताउँछन् प्राध्यापक कृष्ण खनाल । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संघीय समाजवादी फोरम नेपाल लाजै नमानी संघीय सरकारमा गएपछि ….

 जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा...

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो

जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन

जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई...

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम भेटिएको छ । नेकपाले गरेको बन्दको क्रममा बम भेटिएपछि स्थानीयको त्यहा भिड लागेको छ ।इलाका प्रहरी कार्यलय बेत्राबती पनि बम कस्ले राखेको भन्नेमा दुबिधामा छ ।नेकपाले पनि घटनाको जिम्मा लिएको छैन । ...

नेकपा (माले)ले काल माक्स सम्झना ग¥यो

काठमाडौं । आज कालमाक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा नेकपा मालेले कालमाक्र्सले देखाएको मार्गदर्शन सिद्धान्तलाई सम्झना गर्दै मालेको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको स्थायी कमिटी सदस्य डम्बरबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका महासचिव सिपी मैनाली, स्थायी कमिटी सदस्य डम्बर बहादुर...

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी आपसमा ठोक्किएपछि अचानक आगलागी

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो । घटनामा मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट...