कविता

युवा

-रत्नप्रसाद अनामानी श्रेष्ठ नाला,काभ्रे


युवा !
तिमी बिना
मच्चिन्दैन खुशीका लिंगे पिङहरु
घुमदैनन् आशाका रोटे पिङहरु
तिम्रो प्रत्येक ढुकढुकीमा
जमेको छ देशको भाग्यहरु
तिमी माथि आशा गर्न थालेका छन्
चिहान चिहाउन थालेका बस्तिहरुले
किनकी भूकम्पले
तंग्रिन सकेका छैनन
ती बेसाहारा बस्तिहरुले
********************
च्यातिएका थाङ्गनाहरु उस्तै छन्
छातीका बेदनाहरु बढ्नु सिबाहेक
घटेका छैनन
सिउन सकेका छैन सरकारले
भुकम्पले भत्किएका मनहरुलाई
गरिबीले कोरेका नक्शाहरु उस्तै छन्
त्रिपाल मुनिको संसार
फेर्न सकेका छैनन
जम्दैछ आफ्नै शरीरमा
आफ्नो अमुल्य आयुहरु
के गर्लान् टि बेसाहारा बस्तिहरुले
*********************
युवा तिमी नै हो
यो देशको अख्तियार प्राप्त मान्छे
उम्लानु पर्ने रगतहरु
उमालेर
देशको माटो को कसम खाँदै
टि बेसाहारा बस्तीहरुको मुहार हँसाउन
कसिलो पाखुरा लिएर
बिशाल छातीलाई साथैमा राखी
छिट्टै आऊ
चिहान चिहाउन थालेका बस्ती हँसाउन
चिहान चिहाउन थालेका बस्ती हँसाउन
चिहान चिहाउन थालेका बस्ती हँसाउन

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कालाे बादललाई स्वागत

गजधुम्म बादलले पानी बाेकेर धर्तिलाई शीतलता दिन्छु भनेर गड्गडाइरहेछ तर तराईको रमेश मण्डल र सुरेन्द्र यादव बाढीले अाफ्नाे जायजेथा लैजाने हाे कि भनेर अतालिरहेछन् उता पहाडमा यम लिम्बू र चिरन राई पहिराे गएर खेतका गरा र बारीका कान्ला भत्किने हुन कि भनेर थरथर कामीरहेछन् उता हिमालमा पासाङ शेर्पा र अाइते तामाङ पानीले टेकिङकाे बाटाे भत्किने हाेकी भनेर त्रसित छन् तर...

सम्बन्धको जोडघटाउ

मुरलीको धुन सुनेर उहीँ गफाडी यार सम्झे। प्रस्ताव पेश नै नगरेको अधुरो प्यार सम्झे।। छोटामिठा बितेका केही रमाइला पल सम्झे। साथसाथै बिधाताको नमिठो त्यो छल सम्झे। भेटेर उ सँग बोल्ने मनको सानो रहर सम्झे। अनायासै तर फेरि छुट्टिनु नै पर्ने कहर सम्झे। समयले लगाएको हामी बिचको बार सम्झे। अब नाघ्न नमिल्ने यथार्थको...

छाेक

महाशय, मलाई यस्तो लाेभ अाइन्दा नदेखाउनू  म संस्कृति हराएको सभ्यता र प्रसन्नता विनाको सुविधा पटक्कै मन पराउँदिनँ भयो, बढी तनाव नदिनू म तिम्रो नक्कली उत्पादनकाे खास उपभोक्ता बन्न सक्दिनँ । ...

रारा

 रारा सौंदर्यकी धनी तिमी कहिले नीरजस्तै निलो बनिदिन्छ्यौ कहिले पन्नाजस्तै हरियो बनिदिन्छ्यौ तिमी कति छिटो छिटो रंग बदलिरहन्छ्यौ अनि सबैको मनलाई त्यसै त्यसै हरिदिन्छ्यौ। रारा तिमी कति शान्त ठाउमा अनि कति रमणिय ठाउँमा मलाई त ईष्या नै लाग्यो तिमी बसेको ठाउँ अनि तिम्रो सौंन्दर्यतामा। रारा तिम्रो म कति बयान गरुं बयान गरेरै सकिएलाजस्तै छैन त्यति सौंदर्यकी धनी...

कविता

डुक्रदैछौ प्रचण्ड र खड्ग प्रसाद ओली तिम्रो हुङ्कार हेरेकै छौं नबोली नबोली एकता नै गर्दैछौ रे आज हो कि भोलि देख्न हाम्ले नपरोस् है च्यातिएको चोली। एउटाले उखान टुक्का अर्को चाँहीले गोली जनतासामु थापेकैहौ मनचिन्ते झोली कोहिले दिए डराइ डराइ कोहिले मन खोली नफालिदेऊ जुठेल्नोमा जनताका कोसेली । विगतका काला मैला अब टुट्नुपर्छ भ्रष्टाचारी...

म वेश्या हु

स्विकार छ प्रियतम म वेश्या हु थुक अझै दलि कालो मुसो श्रिङ्गार गरिदेउ जुत्ताको मालाले तिमी हररात स्त्री सँग रमाउछौ तर मैले परिवर्तनको निम्ति हातेमालो गर्दै घरभन्दा पर पुगेकी थे म घरबाट निस्कनु नै म वेश्या हुनु हो तेसैले स्विकार छ म वेश्या हु मेरा अावाज मेरो प्रसवको पीडा मेरो बलात्कार को पीडा मेरा...