प्रमुख समाचार

०७२ साल बैशाख १२ को महाविपत्तिपछिको अर्को ठूलो प्राकृतिक प्रकोप हो नेपालका लागि

- अरूण बराल


साउन, काठमाडौं । तराई मधेसका जिल्लाहरुमा शुक्रबार रातिदेखि जुनप्रकारको विपत आइलाग्यो, यो सम्भवतः ०७२ साल बैशाख १२ को महाविपत्तिपछिको अर्को ठूलो प्राकृतिक प्रकोप हो नेपालका लागि । पहाडमा भूकम्पपछि जुनप्रकारको वपित आइलागेको थियो, अहिले मधेसमा त्यस्तै महाविपत्ति देखिएको छ ।

 

तराईका जिल्लामा आएको बाढीले गरेको कटान र डुबान अनि पहाडमा खसेको पहिरोले महाभूकम्पले जसरी ठूलो मात्रामा जनधनको क्षती नगरे पनि यसले सिर्जना गरेको ज्ञासदी र देश विकासमा पार्न सक्ने प्रभाव दीर्घकालीन प्रकृतिको छ ।

तत्कालका लागि बाढी पीडितहरुको गास र बासका लागि राहत संकलन एवं उद्धारमा सबैले जुट्नुपरेको छ । मौसम विज्ञान विभागले शनिबार राति र आइतबार समेत भारी वर्ष हुने बताइरहेका बेला तराईका अधिकांश जिल्लामा जनता पानीमा डुबिरहेका छन् । जतासुकै हाहाकार र त्रास छ । अझै कति जनधनको क्षति हुने हो भन्ने स्पष्ट छैन । भएको क्षतिको पनि सबै विवरण आइसकेको छैन ।

शनिबार साँझसम्म गृहमन्त्रालयले दिएको तथ्यांक अनुसार बाढी पहिरोका कारण ३० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा गर्भवती, वालवालिका र वृद्धवृद्धासमेत छन् ।

पश्चिम नेपाललाई जोड्ने राजमार्गका विभिन्न ठाउँमा पुलहरु भत्केका छनत्, जसले गर्दा हजारौं यात्रुहरुका बाटामा भोकभोकै अलपत्र परिरहेका छन् । झमझम पानी दर्किइरहेको छ । गाउँ शहरमा मानिसहरुको भाग दौड छ । यस्तो लाग्छ, सिंगै मुलुक एउटा संकटकालको सामना गरिरहेको छ ।

नेपालमा प्रत्येक वर्ष बाढी त आउने गरेकै हो, तर यस्तो प्राकृतिक प्रकोप कतिपय मानिसले आफ्नो जीवनकालमै महसुस गरेका थिएनन् । झापामा इतिहासमै पहिलोपटक यतिठूलो बाढी आएको र गउाँ र शहरहरु जलमग्न बनेको स्थानीयको अनुभव छ ।

मोरङका विभिन्न खोलाहरुले आफ्नो बाटो परिवर्तन गरेका छन् । लोहोन्द्र खोलाले केराबारी ९ मा आफ्नो धार नै परिवर्तन गरेको छ । बिराटनगर महानगरपालिका पानीमा चुर्लम्म डुबेको छ । विमानस्थलसमेत बन्दरगाहजस्तो बनेको छ । सुन्दर हरैंचाको वृद्धाश्रमबाट तीनजना ज्येष्ठ नागरिकहरु बगेर बेपत्ता भएका छन् ।

सुनसरीको इटहरीमा ७ जनाको मृत्यु भइसकेको छ । इटहरी बजार इतिहासमै पहिलोचोटि जलमग्न भएको छ । पाँचथर, सिन्धुली लगायतका जिल्लामा पहिरोमा परी मानिसहरुको ज्यान गएको छ ।

सप्तरीको अधिकांश भाग डुबानमा परेको छ । सिराहा, धनुषा लगायत लगायत मधेसका जिल्लाहरु लगमग्न छन् । रौतहटको ८० प्रतिशत भूभाग जलमग्न बनेको छ । राप्तीमा ठूलो विपत आइसकेको छ र थप विपतको घण्टी बजिरहेको छ ।

नेपाल सरकारले पटक-पटक सबै ढाको खोल्न आग्रह गर्दा पनि सप्तकोशीका सबै ढोकाहरु खोलिएका छैनन्, जसले गर्दा सुनसरी र मोरङका जनता थप त्रशित छन् ।

दुईदिनको वीचमा तराई मधेसमा बाढीले मच्चाएको बबण्डरको व्याख्या गरी साध्य छैन । त्यो भन्दा ठूलो त्रास त अझैसम्म परिरहेको झरीले थप के के गर्ने हो भन्ने चिन्ताले मानिसहरुलाई सताइरहेको छ ।

शनिबार दिनभरिजसो गृहमन्त्री, सरकारी अधिकारीहरु, स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु सकेसम्म उद्धारका कार्यमा खटिए । तथापि उनीहरुको प्रयास पर्याप्त हुने सकेको छैन । उद्धारको कार्यमा राजनीतिक दलका कार्यकर्ता र स्थानीय सामाजिक कार्यकर्ताहरु पनि खटिइरहेका छन् ।

तथापि बाढी पीडितहरुलाई रात कटाउने ठाउँ र खाना खुवाउने सामाग्रीको अभाव हुने देखिएको छ । कतिपय ठाउँका पीडितहरु घरबाट सामानसमेत निकाल्न नपाई भोकै र नाङ्गै सुरक्षित स्थलको खोजीमा भौंतारिएका छन् । एकातिर जमीनमा बाढी छ, अर्कोतर्फ आकाशबाट पानी बसिईरहेको छ ।

तराई मधेसमा देखापरेको यो महाविपत्तिमा पीडितहरुलाई साथ दिन नेपाली मनहरुले फेरि एकचोटि भूकम्प आएका बेलामाजस्तै साथ र हात दिनुपर्ने अवस्था देखिएको छ । भूकम्पका बेला मधेसले पहाडलाई साथ दिएको थियो, अब एकचोटि पहाडले मधेसलाई साथ दिनुपर्ने स्थिति आएको छ ।

दीर्घकालीन क्षति

झट्ट हेर्दा भूकम्पका बेलामाजस्तो क्षति भएको छैन । तर, तराई मधेसमा आएको यो बाढीले पार्ने प्रभाव दीर्घकालीन प्रकारको छ । केही दिनमा डुबान त हट्ला तर किसानहरुको हजारौं विघा जमिन खोलाको बगरमा परिणत भएको छ ।

मध्यम वर्गका धेरै मानिसहरु एकै रातमा सुकुम्वासीमा परिणत भएका छन् । भर्खरै रोपिएको धानवाली चौपट बनेको छ । यसले नेपालको अर्थतन्त्रलाई मात्रै असर पार्ने छैन, तराई मधेसका कैयौं जनतालाई एकपुस्तासम्म गरिबीको सुरुङतर्फ धकेली दिएको छ । कुन जिल्लामा कति क्षति भयो भन्न विवरण त आइसकेको छैन, तर क्षतिको मात्रा सानो छैन ।

हुन त यो प्राकृतिक विपत्ति हो, यसमा सरकारलाई वा कसैलाई दोष दिन सकिन्न, तर यो विपत्तिमा केही मानवीय कमजोरीहरु पनि भएका छन् र ध्यान दिन र शिक्षा लिन जरुरी छ ।

तराई मधेसमा आएको यो महाविपत्तिले विभिन्न पाँचवटा प्रश्नहरु उठाएको छ ।

पहिलो पाठ

भूकम्पका बेलामा हामीले धेरै ठूलो बहस केमा गरेका थियौं भने प्राकृतिक प्रकोप आउँदा तत्काल उद्धार गर्न सक्ने प्रविधि र जनशक्ति जिल्ला जिल्लामा तयारी अवस्थामा राख्नुपर्छ । तर, यो दुईवर्षको वीचमा हामीले त्यस्ता संयन्त्रहरुको विकास गर्‍यौं कि गरेनौं ? यो प्रश्न फेरि एकचोटि सतहमा ल्याइदिएको छ तराईको बाढीले ।

गाउँमा खोलो पस्दै गर्दा त्यसलाई रोक्ने संसाधन हामीसँग भए कि भएनन् ? जस्तो मोरङको केराबारी ९ स्थिति देवीझोडाका जनताले लोहोन्द्रा खोलाको वहाव डाइभर्ट गर्न एक्जाभेटर माग गरे । स्थानीय जनप्रतिनिधिले अनुमति पनि दिए, तर अर्को गाउँको विवादका कारण त्यो प्रयोग हुन पाएन, प्रहरीलाई अनुरोध गर्दा प्रहरीले सुनुवाइ गरेन । र, जनताले आफ्नो वस्तीमा खोलो पसेको टुलुटुलु हेर्नुपर्‍यो ।

अर्को उदाहरण, पश्चिम नेपालतर्फ हिँडेका सवारी साधनहरु शनिबार दिनभरि सडकमै अलपत्र परे । केही मिडर सडक भत्किएका कारण दुबैतर्फ हजारौं यात्रुहरु अभर परे । उनीहरुलाई तत्कालै भत्केको सडक पारिसम्म हिँडाएर वैकल्पिक यात्रा गराउन सकिन्थ्यो कि सकिँदैनथ्यो ? यस्ता विषयहरु पनि विचारणीय प्रश्न बने ।

प्राकृतिक प्रकोपका बेला सरकारी निकाय, सुरक्षाकर्मीहरु मात्रै होइन, राजनीतिक दलहरु र सामाजिक संघ संस्थाहरुले आफूलाई समयमै परिचालन गर्न सके कि सकेनन् ? यी विषयहरु पनि पुनः छलफलमा आउनुपर्ने पक्षहरु हुन् । विगतको भूकम्पबाट पाठ सिक्दै हामीले यस्ता त्रुटी सच्यायौं या सच्याएनौं, यसको परीक्षण गर्ने समय यही हो ।

अर्कोतर्फ बाढी आउन सक्ने पूर्वसूचना र खतराबारे सरकारले जनतालाई सूसूचित गर्न सक्यो कि सकेन ? वा सरकारले बाढी आइसकेपछि मात्रै जनतालाई सचेत गरायो ? यो पनि निकै महत्वपूर्ण प्रश्न हो । अहिलेको विज्ञानको युगमा सरकारले बेलैमा यस्तो सूचना जनतामा पुर्‍याउन सक्नुपर्छ । त्यष्सो गरेको भए शुक्रबार राति धेरै मानिसहरु सतर्क बन्न्े थिए र क्षति कम हुने थियो ।

दोस्रो पाठ

बाढीबाट हाम्रो जेजति भौतिक संरचनाहरुमा क्षति पुगेको छ, यसमा हाम्रा विकासका संरचना, पुल पुलेसा, बाँध र पैनी एवं खोलाको किनाराहरुको व्यवस्थापन कत्तिको व्यवस्थित र वैज्ञानिक ढंगबाट निर्माण गरिएका छन् भन्ने प्रश्न पनि उठेको छ ।
खोला कब्जा गरेर घर बनाउने प्रवृत्तिलाई हामीले के कति निरुत्साहित गर्‍यौं भन्ने प्रश्न पनि सतहमा आएको छ ।

तराई मधेसका विभिन्न ठाउँमा भारतले एकटौलीरुपमा बाँधहरु बनाएको छ । लक्ष्मणपुर बाँध, सप्तकोशी बाँध आदिले नेपालतर्फको डुबानमा योगदान गर्दै आएका छन् । सप्तरीको तिलाठीमा भारतले गरेको हरकत सबै नेपालीलाई थाहै छन् । सीमाक्षेत्रमा भारतले बनाएका र बनाउन लागेका बाँध र बाटोहरुले नेपालतर्फ पारिरहेको असरका विषयमा पनि हामीले समीक्षा गर्नैपर्ने भएको छ ।

सरकारले कोशी ब्यारेजको ढोका खोलिदिन भारतलाई गुहार्नुपर्ने परिस्थिति नेपालका लागि सुःखद होइन । त्यसैले अब तराई मधेसको विकासमा हरेक दृष्टिबाट हामीले पुनर्विचार गर्नैपर्ने भएको छ ।

तेस्रो पाठ

हुन त मधेसमा सिंगै बिराटनगर महानगरपालिका डुबेको छ । सप्तरी र रौतहट अधिकांश जिल्ला नै डुबानमा परेको छ । यस्ताचे अवस्थामा तराईको वस्ती व्यवस्थापन सही भएन भन्न सकिने अवस्था छैन । सिंगै महानगर वा जिल्ला नै डुबेपछि व्यवस्थित वस्तीको प्रश्नै उठेन ।

तथापि कतिपय खोलाको किनारामा रहेका जोखिमपूर्ण वस्तीहरुबारे हामीले पहिल्यै पुनर्विचार गर्नुपर्दथ्यो र अब गर्नैपर्दछ । राज्यले या त तराईका वस्तीहरुमा बलियो तटबन्धको व्यवस्था गर्नुपर्छ, या त जोखिमपूर्ण ठाउँका वस्तीलाई अन्यत्र सारेर एकीकृत वस्ती विकास गर्नुपर्छ । हिजो भूकम्पका बेला पहाडमा एकीकृत वस्तीको बहस सतहमा आयो । अब तराईको बाढीपछि यो बहस मधेसमा पनि आवश्यक देखिएको छ ।

प्रमुख शहरहरुमा खोला र ढलको उपयुक्त निकासबारे बहस गरिनुपर्छ भने खोला किनाराका बस्तीहरुलाई स्थानानान्तरण गर्ने बारेमासमेत बहस गर्न आवश्यक देखिएको छ ।

चौथो पाठ

यो कुरा निकै दुखका साथ भन्नुपर्छ कि तराईमा खोलामाथि भ्रष्टाचार र लुटतन्त्र नमच्चाइएको भए जनताको जनधनमा यतिधेरै क्षति पुग्ने थिएन ।

जस्तो- मोरङको बक्राहा खोलामा बाँध बाँध्ने भन्दै एक करोडको ठेक्का पारेर ठेकेदार फरार भएको सामाचार गत साता मात्रै अनलाइनखबरमा छापिएको थियो । सो ठेक्कामा बिराटनगरस्थित सरकारी कार्यालयका कर्मचारीको समेत मिलिभगत थियो । यसरी सरकारी कर्मचारी र ठेकेदारहरुले खोलाको तटबन्धनका नाममा भ्रष्टाचार गर्ने र समयमा काम नगरिदिएका कारणले पनि यति ठूलो पैमानामा जनधनको क्षति भएको हो ।

तटबन्ध गर्नुपर्ने ठाउँमा समयमा नगर्ने, जनताले बारम्बार माग गर्दा पनि तारजाली उपलब्ध नगराउने, जनताको आवाजलाई नसुन्ने र सरकारी सम्पत्तिमा ब्रह्मलुट मच्चाउने कर्मचारीहरु पनि यसमा दोषी छन् । आगामी दिनमा जनताले यसबारे सचेतता अपनाउने र राज्यले आफ्ना कर्मचारीलाई जिम्मेवार नबनाउने हो भने अहिले भत्किएका पुल र खेतमा पसेको खोलाका नाममा फेरि पनि राज्यको सम्पत्तिमाथि ब्रह्मलुट भइरहने छ र जनताका घरमा बाढी पसिरहने छ ।

त्यसैले यो महाविपत्तिलाई अब एउटा नकारात्मक पाठका रुपमा लिनै पर्छ । खोलामा भ्रष्टाचार गर्नेहरुलाई गम्भीर अपराधीसरह व्यवहार गरी तिनीहरुलाई दण्डित गरिनुपर्छ ।

तराई र चुरे क्षेत्रका खोलाबाट जथाभावीरुपमा ढुंगा र गिटी बालुवा निकाल्ने, वन विनास गर्ने आदि कार्यमा ठेकेदार र तस्करहरु सक्रिय छन् । यसले गर्दा पनि खालाको धार परिवर्तन हुने र बाढीको प्रकोप बढ्ने गरेको तथ्यलाई नकार्न सकिँदैन । अब यसतर्फ सबैले ध्यान दिनुपर्ने र ठोस नीति बनाउनुपर्ने भएको छ ।

र, पाँचौं पाठ

यो चाहिँ तराई मधेसको दीर्घकालीन विकास र प्रकोप नियन्त्रणसँग सम्बन्धित छ । पहाडबाट तराईतर्फ ठाडो खोला बग्ने गरेको नेपालको तराई मधेसमा के कसरी बाढीबाट जोगिने भन्नेबारे बैज्ञानिक उपायको खोजी गर्न नीति निर्मार्ताहरुले ध्यान दिनुपर्ने भएको छ ।

हुन त प्राकृतिक विपदबाट मानव समाज पूर्ण मुक्त हुन सक्दैन, चीन, अमेरिका जस्ता देशमा समेत यस्ता विपतहरु आउने गरेका छन् । तर, विपतलाई कसरी कम गर्ने र मानववस्तीलाई कसरी प्रकृतिमैत्री बनाउने भन्नेबारे सोच्न सकिन्छ । साथै प्रकृतिलाई पनि मानव मैत्री बनाउन सकिन्छ । यसबारेमा समग्ररुपमा ध्यान दिँदै दीर्घकालीन समाधानका उपायहरु खोज्नै पर्ने भएको छ

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आफ्नो जन्मदिनको अवसरमा ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरे

असोज, रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।   बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् । ५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र...

प्रचण्ड रोल्पा जाने पूर्वसन्ध्यामा थवाङ गाउँपालिका अध्यक्ष अपहरित

 भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि...

भारतको पहिलो बुलेट ट्रेनको जापानी प्रधानमन्त्रीद्वारा शिलान्यास

जापानका प्रधानमन्त्री सिञ्जो आवेले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् । यो योजनाका लागि जापानले सबैभन्दा धेरै लगाानी गरेको छ । उसले १७ अर्व डलर लगानी गरेको छ । बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको...

शमशेर बहादुर गाइजुलाइ नागरिक सेवा सम्मान २०७४

राष्ट्रिय नागरिक बिकास समाजले शिक्षा दिवसको अबसरमा आयोजना गरेको माननीय मन्त्रीज्युहरु बालबालिका तथा समाजकल्याण ,पशुपंक्षी बिकास राज्यमन्त्री ,तथा बिशिस्ट व्यक्तिहरुको उपस्थितमा यस बर्षको राष्ट्रिय नागरिक सेवा सम्मान २०७४ द्वारा श्री शमशेर बहादुर गाइजुलाई  सम्माम गरिएको छ /  उहाँ बिगत लामो समय देखि निरन्तर रुपमा ब्यापार...

पूर्वविशिष्ठ व्यक्तिहरुलाई मासिक लाखौंको सेवा–सुविधा दिने कानुन निर्माण अन्तिम चरणमा

भदौ, काठमाडौं । शुक्रबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् । विशेष गरेर प्रदेश नं. २ मा असोज २ गते हु न लागिरहेको स्थानीय तह निर्वाचनलाई आज पनि पत्रपत्रिकाहरुले विविध जोड–कोणहरुबाट व्याख्या विश्लेषण गरेका छन् । पूर्वविशिष्ठ व्यक्तिहरुलाई मासिक लाखौंको सेवा–सुविधा दिने कानुन निर्माण...

आदरणीय दाजु श्री लक्ष्मी नारायण महर्जन हामी बीच रहनु भएन

सामुदायिक सेवा केन्द्र गोङगबुका अध्यक्ष तथा साबिक गोङ्गबु गा.वि.स.का जननिर्वाचित पुर्ब अध्यक्ष आदरणीय दाजु श्री लक्ष्मी नारायण महर्जनको आज बिहान स्वर्ग हुनु भएको छ / सामाजिक तथा राजनितिक आन्दोलनको एउटा अविभावक यस क्षेत्रले  गुमाउनुका साथै दिबङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ  /...