साहित्य गतिबिधि

पुष्पपरागको नियमित रचनावाचन सम्पन्न


भक्तपुर, साउन २८ गते ।
पुष्पपराग साहित्य प्रतिष्ठाले आफ्नो नियमित मासिक रचना वाचन कार्यक्रम अन्तर्गत ११ औं श्रृङ्खला सम्पन्न गरेको छ ।
कार्यक्रम पोष्टराज चापागाईं, राम ब. पहाडी, डा. यज्ञेश्वर निरौला, उप प्रा. तोयनाथ भट्ट, जय गौडेल, अतृप्त पान्डे, डिल्लीप्रसाद मुलतिउन, शिवराम खड्का, असिम सागर, कल्पना काफ्ले, शारदा घिमिरे “भैल“, ढुन्डिराज पोखरेल, उमेश पान्डे, प्रदीप राज पृथक, नारायण भन्डारी “जनकपुरी“, कृष्णदेव रिमाल, अभ्यस्त यात्री, धारणिधर गुरागाई, यज्ञ प्रसाद, रविन बिष्ट “स्नेही“, हरि विवस प्रियम, पृथक प्रकृति, रामचन्द्र शिवाकोटी, गणेश प्र. खतिवडा, रसिक रश्मि, निर्मल पराजुली, तारा केसी, सिताराम आचार्य, शिव हरि ढकाल, दिपेन्द्र सुनामी दीप, गीता मैनाली, राजेन्द्र केसी, कमला रिसाल, युवराज नयाँघरे, अनिशा अधिकारी आरजु, बसन्ती ओली “वसन्ती“, सुरज पराजुली, कलाधर गैरे, भुवन शिवाकोटी “चौघरे“, उत्तम विचार, कमला डाँगी, रचना रचु, र प्रदिप मैनालीको उपस्थितिमा सम्पन्न भयो ।
कार्यक्रममा गजलकार पोष्टराज चापागाईले छन्द, बहर, मुक्तलय र समसामयिक रचना र वैदिक, शास्त्रिय, परम्परित रचनाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम सस्थाका सदस्य उपप्राध्यापक तोयनाथ भट्टले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष डा. यज्ञेश्वर निरौलाले वाचित रचनाको समिक्षात्मक टिप्पणीका साथै राम्रा रचना आएकोमा सर्जकरुलाई हार्दिक धन्यवाद प्रकट गर्दै आगामी कार्यक्रमहरूमा पनि सहभागी हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा ४३ जना साहित्यिक अनुरागीहरूको उपस्तिथि रहेपनि ४१ जना सर्जकहरूले रचना वाचन गर्नुभएको थियो ।

सोम, साउन ३०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

टोखा नगरपालिकाले नगरव्यापी स्कुल स्तरीय कविता प्रतियोगिताको आयोजना गरियो

काठमाडौं, भदौ २९ गते /राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा टोखा नगरपालिकाले टोखा नगरव्यापी स्कुल स्तरीय कविता प्रतियोगिताको आयोजना ग¥यो । नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नगरका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले गर्नुभएको थियो । कार्यक्रममा नगरका वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्राचार्य तथा शिक्षकहरू,...

गोंगबुँ साहित्य समाजको नियमित कविता वाचन साथै बालकथासङ्ग्रह र कवितासङ्ग्रहका दुई पुस्तकको विमोचन

काठमाडौं, भदौ ३० गते  । गोंगबुँ साहित्य समाजको काव्य वाचनको १७ औं श्रङ्खलामा नियमित कविता वाचनको साथै बालकथासङ्ग्रह र कवितासङ्ग्रहका दुई पुस्तकको विमोचनसमेत सम्पन्न भयो । कार्यक्रममा तारा के.सी.को बालकथा ‘फिन्को र टोरी’ र लक्ष्मीप्रसाद मिश्रको ‘रातो बाकस’ लोक कवितासङ्ग्रहको विमोचन भएको थियो । डा....

स्वेच्छाको ‘प्रस्फुटन’ लोकार्पण

काठमाडौं, भदौ २० गते (संसाक) । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले डा.स्वेच्छा अधिकारीको कविता सङ्ग्रह ‘प्रस्फुटन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै डा.घिमिरेले मनको सम्वाद कवितालाई सुन्दर तरिकाले खेलाउन सक्ने डा.स्वेच्छा विशिष्ट प्रतिभा हो, भन्नुभयो ।...

साहित्य र चलचित्र ः प्रथम र ऐतिहासिक सहकार्य

काठमाडौं, साउन २१ गते (संसाक) । साहित्यकार र चलचित्र कर्मीबीचको यो सहकार्य प्रथम र ऐतिहासिक रहेको कुरा बताउँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकारले चलचित्रका कथा तथा गीत लेख्ने र चलचित्र कर्मीले साहित्यिक मन र भावनाले त्यसमा अभिनय गर्नसके नेपाली चलचित्रको स्तर, गरिमा र महत्व...

स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान तथा कविता प्रतियोगिताको वाचनको लागि छनोट हुनुभएका कविहरू

कविता वाचनको लागि छनोट हुनुभएका कविहरू स्रष्टा र सिर्जनालाई भुइँमान्छेको सम्मान तथा कविता प्रतियोगिताको लागि प्राप्त कविताहरूमध्येबाट निम्न ३५ जना कविहरूका कवितालाई निर्णायक समितिले वाचनको लागि छनोट गरेको छ । १) उत्तम विचार भेटुवाल– नुवाकोट, २) कृष्णप्रसाद पौडेल– चितवन, ३) कृष्ण मोक्तान– नुवाकोट, ४) कृष्ण प्यारे– झापा, ५) गणेशप्रसाद खतिवडा– सोलुखुम्बु, ६)...

साउन १५ को खीरमा सिर्जना वाचन

काठमाडौं, साउन १४ गते (संसाक) । हाम्रो परम्परा नै बनिसकेको साउन १५ मा खीर खाने कार्यक्रमको अवसर पारेर संसाक पाक्षिले खीर खाँदै सिर्जना वाचन कार्यक्रमको आयोजना ग¥यो । प्रा.डा. गार्गी शर्माको प्रमुख आतिथ्य र साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिको सभापतित्वमा भएको कार्यक्रममा डा. शैलेन्दुप्रकाश...