स्थानीय समाचार

ग्यास लिक भएर आगलागी हुँदा बनेपा-८ नालादोबाटोमा


ग्यास लिक भएर आगलागी हुँदा बनेपा-८ नालादोबाटोमा ४ पसल जलेका छन् । जुजुभाइ पोटेको घरमा कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको इन्द्रेणी खाना घरमा ग्यास लिक भएर आगलागी सुरु भएको थियो ।

प्रजुवन परियारले सञ्चालन गर्दै आएको सम्झना कलेक्सन (कपडा पसल), जयराम मण्डलले सञ्चालन गरेको न्यू फेन्सी टेलर्समा पनि क्षति पुगेको छ ।

नजिकैको एभरग्रीन होटलमा पनि सामान्य क्षति भएको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ । अन्दाजी १३ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।

 

मङ्ल, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि. को २०सौ साधारण सभा भव्यताका साथ सम्पन्न

नाला क्षेत्रकै सबै भन्दा जेठो उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि. को २०सौ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ /सो सभामा प्रमुख अतिथि माननीय सांसद तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष श्री केशब बडालले नव निर्मित आधिनिक भवनको उद्घाटन गर्नु भएको थियो /यहाँले सहकारी...

प्रकाशराजको बजारमा व्यापक चर्चा

युवा कलाकारको रुपमा मात्र नभई प्रकाशराज कार्की निर्देशकको रुपमा समेत परिचित छन । चार दर्जन भन्दा बढी सन्देशमुलक सर्ट मुभि निर्देशन गरिसकेका उनी छानेर म्युजिक भिडियोहरु समेत निर्देशन गरिरहेका छन । कुनै समय हास्यकलाकारको भूमिका रहेकोले धेरैजनाले उनलाई कमेडी कलाकारको रुपमा चिन्छन । हालै उनले...

रोकिएको भिमसेन जात्रा ३ वर्ष पछि पुनः भव्य रुपमा सम्पन्न

नेवाः समुदाय मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्य देवका रुपमा पुजिने भिमसेनको पूजाआजाले व्यापार व्यवसाय फस्टाउने विश्वास विशेषतः उपत्यकावासीमा रहिआएको छ । भाद्र महिनाको अष्टमीका रात देखि पूजाआजाकालागि घुँइचो लाग्ने पाटन दरबार क्षेत्रका भिमसेन मन्दिरको विशेष मूर्ती नवमीका रातमा नगरको परिक्रमा गराई भव्य...

चितवनको भरतपुर महानगरपालिका–१९ मा अहिले बिहान ७ बजेदेखि मतदान सुरु

 साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ मा अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् । पहिलो चरणको...

अविरल वर्षाले भक्तपुर सुडालको जनजीवन अस्तवेस्त

सुडाल । श्रावण १7 गतेदेखि परेको अविरल वर्षाका कारण चाँगुनाराण नगरपालिका वडा नंम्वर ८ सुडाको जनजीवन अस्तवेस्त भएको छ । १४ गते साँझ ३ बजेदेखि परेको अविरल वर्षाका कारण आएको जतातै पहिरो जाँदा जनजीवन अस्त वेस्त भएको हो । भुकम्पले छियाछिया बनाएको बस्ती...

यौन प्यास बोकेर आउनेहरुसित सचेत मोडेल अनु थापा

नेपाली कला जगतमा नया मोडेलहरु आउछ जान्छन तर मोडेल अनु थापा यही क्षेत्रमा लगनसिल भएर आफ्नु भबिश्य खोज्दैन छिन । फूल दिइ , काली सलल जस्ता गीतमा अभिनय गरेकी उनी स्पस्ट रुपमा आफ्नु धारणा राख्छिन। निर्देशक मिलन श्रेष्ठको केहि भिडियो खेलेकी अनु समाजमा आफ्नु परिचय बनाउन...