कला/मनोरञ्जन

अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरे


धातु मूर्तिकलाले विश्व बजार लिइरहेको अवस्थामा अमेरिकी भूमिमा एक नेपाली युवाले सिमेन्टबाट बनाउने सुन्दर मूर्तिकला श्रृजना गरेर सबैलाइ आश्चर्यमा पार्दै सफलता हासिल गरेका छन् । काठमाडौं टोखाका ३१ वर्षीय कलाकार सरोज श्रेष्ठले संयुक्त राज्य अमेरिका पुगेर कलाको कुनै सीमा हुँदैन र श्रृजनशीलता जहाँ पुगेपनि सफल हुन्छ भन्ने प्रमाणित गर्नुभएको हो ।
काठमाडौंको उत्तरी प्राचीन सांस्कृतिक नगर टोखा क्षेत्रको चण्डेश्वरीमा ३१ वर्षअघि जन्मिएका सरोजको जन्मघर नै कलामय थियो । उहाँका बुबा पूर्णलाल र काका नन्दलाल दुबै स्थानीय तहमा चिरपरिचित कलाकार हुनुहुन्थ्यो । घरायसी वातावरण नै कलापूर्ण भएकाले उहाँ सानैदेखि कलाकारितामा भिज्दै रमाउनु भएको थियो । त्यसक्रममा सरोजले विद्यालयस्तरमै विभिन्न कला प्रदर्शनीहरुमा भाग लिँदै पुरस्कारहरु प्राप्त गर्नुभएको थियो ।

नेपालमा रहँदा विभिन्न अवसरमा आफ्ना कला कल्पनाशीलता प्रदर्शनी गर्दै हुर्की बढ्नुभएका सरोजले रुची अनुसारकै विषय छनोट गर्दै काठमाडौंको भोटाहिटीमा रहेको ललितकला क्याम्पसबाट सन् २०१२ मा स्नातक गर्नुभएको थियो । त्यतिञ्जेलसम्म उहाँले आफूलाई नेपालको कला क्षेत्रमा प्रतिभाशाली युवा कलाकारका रुपमा चिनाइसक्नु भएको थियो ।

दुईवर्षअघि सन् २०१५ मा कलामा स्नातकोत्तर (एम.एफ.ए.) गर्न अमेरिका प्रस्थान गर्नुभएका सरोज हाल फन्ट बोने यूनिभर्सिटी, सेन्ट लुइस सिटी मेसूरी, संयुक्त राज्य अमेरिकामा कला विषयमै अध्ययन गर्दै हुनुहुन्छ । उहाँको विशेष रुची चित्रकलामा पानीरंगमा रहेपनि अहिले उहाँले अमेरिकामा सिमेन्टबाट मूर्ति बनाउने कलामा दक्षता हासिल गर्दै लोकप्रियता प्राप्त गरिरहनुभएको छ ।

आफ्नै स्टुडियोमा सेटिंग गर्दै आउनुभएका यसअघि सरोजका माइला दाइ इन लायन, लाइभ डेमोस्टेशन, टोखा महोत्सव, कोलुम इन लेडिज हेटौंडा, अल्बर्ट आइन्सटाइन (प्याराडाइज स्टुडिओ) चर्चित कृति हुन् ।

पानी रंगमा ‘गोल्डेन इगल’ का साथै ‘गड इन्साइड द टेम्पल’ जस्ता महत्वपूर्ण कला सिर्जना गरेका सरोजले ०६७ सालमा कलाकार बुबाको निधनपछि बुबाबाटै सिकेको सिमेन्ट कलालाई निखार्दै अघि बढ्नुभएको थियो । सरोजको सिमेन्टको सुन्दर मूर्ति बनाउने कलामा प्रचूर सम्भावना रहेको उनकै अमेरिकी विश्वविद्यालयका प्राध्यापक डेभिड न्यूटोनले अभिव्यक्त गर्नुभएपछि त्यसतर्फ अमेरिकी कला जगत्को पनि ध्यान मोडिएको देखिएको छ ।

‘‘नेपालमा कला क्षेत्रमा प्रशस्त सम्भावनाहरु भएपनि राजनीतिका कारण यहाँको वातावरण दूषित छ” भन्नुहुने सरोजले आफू नयाँ सोच आवश्यक महसूस गर्दै नयाँ सोच र नयाँ उत्साहका साथ नयाँ श्रृजनाका लागि अमेरिका पुगेको बताउनु हुन्छ । अमेरिकामा पनि आफ्नो प्रतिभाको कदर भएको महसूस गर्नुभएका सरोजले त्यहाँ फन्ट बोन्ने आर्ट ग्यालरीमा एकसाता लामो एकल कला प्रदर्शनी गरेपछि उहाँ चर्चामा आउन थालेको हो ।

यसैक्रममा आफ्नै गुरु प्रोफेसरको अनुमतिमा अमेरिकामा एकसाता सिमेन्ट मूर्तिकलाको एकल प्रदर्शनीका साथै बनाउने तरिका सिकाउने कार्य गर्नुभयो । जसमा उहाँले दर्शकहरुले अत्यन्तै चासो लिएको अनुभव बटुल्नुभएको छ । सो प्रस्तुतिबाट प्रो न्यूटोन पनि प्रभावित हुनुभएको र उहाँले आफ्नो कलालाई मौलिक भएको संज्ञा दिँदै कलेज र आफ्नोतर्फबाट प्रशंसापत्र सहित धन्यवाद पनि दिनुभएको थियो ।

प्रस्तुतिका क्रममा प्रो. न्यूटोनले सरोजले नेपालको गौरव बढाएको र उनले आफ्ना बुबाको शीपलाई अगाडि बढाएको भन्दै आफ्नो कलेजमा पनि सिकाउने सोच रहेको जानकारी गराउनुभएको थियो । यसरी अमेरिकामा ललितकला विषयमा उच्च शिक्षातर्फ स्नातकोत्तर गर्ने पहिलो नेपाली पनि बन्नुभएका सरोजले नेपाली कला जगत्लाई पनि गुन लगाउनुभएको छ । नेपाली भूमिबाट कलाकारिताको नमूनाकासाथ अमेरिकी भूमिमा पुगेका कलाकार सरोज श्रेष्ठ जन्मनुभएको स्थान टोखाका स्थानीयवासी र उहाँले पढ्नुभएको ललितकला क्याम्पसका गुरुवर्गका साथै समकालिन कलाकारहरुले उहाँले गरेका गौरवपूर्ण कार्यको प्रशंसा गरिरहेका छन् ।

 

मङ्ल, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यसपालीको तीजगीतमा दुईवटीको पोइ गीतले बजार तताउने पक्का

गाल्कोट मुजिक प्रा.लि.ले हालै रेकड़िंग सिध्याएको दुईवटीको पोइ गीत म्युजिक भिडियोको धम्माधम कार्य भैरहेको जानकारी सो कम्पनीले खोज टिभिलाई दिएको छ / निकै मेहनत गरिरहेको तिजको उक्त  गीतको रेकड़िंग मार्मिक स्टुडियोमा गरेको थियो /सो गीतको शब्द तथा संगीत रामु बिरहीको त्यसै गरि  स्वर रामु...

यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा अभिनय हेर्न पाइने

माेडेल यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा देख्न पाइन्छ । उक्त गीतमा मनु थापा, विवेक र यम लिम्बूकाे बेजाेड अभिनय रहेकाे छ । अायुश क्षेत्रीले निर्देशन गरेकाे उक्त म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएकाे हाे/ ...

खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिकामा घनश्याम तिमिल्सिना “एन्टिना”

२0३८सालमा बुबा खिकाप्रसाद तिमिल्सिना र माता बालकुमारी पराजुली तिमिल्सिनाका जेष्ठ पुत्ररत्नकाे रूपमा जन्मेका घनश्याम तिमिल्सिना बालक अवस्था देखिनै जिज्ञासु र चलाख स्वभावका धनी थिए ।अध्ययनमा पनि अति नै जेहन्दार उनले विधालयस्तरका सबै परिक्षामा उतिर्ण गरेका थिए ।जब उनी उच्च शिक्षाकाे सिलसिलामा राजधानी प्रवेश गरे तब...

गीत मेरो सपना हो — रेहना शाही ठकुरी

काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे| अहिले उनको आधुनिक गीतमा...

बैरागी काईलाको लोक भाका एकादशी डाँडैमा बसि बजारमा ।

दिन प्रति दिन गीत बजारमा भित्रिए पनी लोक लय र संस्कृति झल्काउने गीतहरु बिस्तारै दुर्लभ हुदै गईरहेको बेला बैरागी काईलाको मौलिक लोक भाका बजारमा सार्बजनिक भएको हो । श्रीपाली म्युजिक प्रा.ली बाट बजारमा भित्रिएको उक्त गीत मा बैरागी काईलाको लय,थेगो, सुमधुर स्वरको धनी कृष्ण परियार र...

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...