अन्तर्राष्ट्रिय

चीनले उत्तर कोरियाबाट आयात कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा


बेइजिङ चीनको वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागु हुने गरी उत्तर कोरियाबाट आयात हुँदै आएको कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोष्टको अनलाइनले जनाएअनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को निर्णय कार्यान्वयन गर्दै चीनले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दीको घोषणा गरेको हो।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले गत अगस्ट ५ मा अमेरिकाको प्रस्तावमा उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाइने बिधेयकलाई बहुमतले पारित् गरेको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय मूल्यमान्यतालाई उपेक्षा गर्दे अन्तर महादेशीय व्यालेस्टिक मिसाईल परीक्षण गरे पश्चात् त्यसको जवाफका रूपमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाएको हो ।

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको यो प्रतिबन्धलाई अहिलेसम्मकै कडा प्रतिबन्धको रूपमा लिइएको छ । उत्तर कोरियाप्रति केही मात्रामा लचक देखिएको चीनले लगाएको यस प्रकारको कडा व्यापारिक प्रतिबन्धले उत्तर कोरियाको निर्यात व्यापारका ठूलै धक्का पुग्ने देखिन्छ ।

मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइए

असार, चितवन । भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखुसम्मको ६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन खण्डअन्तर्गत ११ किलोमिटर र धादिङमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइ काम सुरु भएको हो...

डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द

 जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो । ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने...

एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने

 जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका...

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने

 वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ । सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने...

उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताए

वैशाख, काठमाडौं ।उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’   उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो...

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाए

२१ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको...