स्थानीय समाचार

रोकिएको भिमसेन जात्रा ३ वर्ष पछि पुनः भव्य रुपमा सम्पन्न


नेवाः समुदाय मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्य देवका रुपमा पुजिने भिमसेनको पूजाआजाले व्यापार व्यवसाय फस्टाउने विश्वास विशेषतः उपत्यकावासीमा रहिआएको छ । भाद्र महिनाको अष्टमीका रात देखि पूजाआजाकालागि घुँइचो लाग्ने पाटन दरबार क्षेत्रका भिमसेन मन्दिरको विशेष मूर्ती नवमीका रातमा नगरको परिक्रमा गराई भव्य जात्राको रुपमा मनाउने प्रचलन रहेको छ ।

पाटन नगरीको प्रमुख जात्राहरुको मूल रुट — सापारु रुटमा उपत्यकाभरीका व्यवसायीहरु वासनायुक्त धूपबत्ती बालेर भिमसेन महाराजको जयजयकार गर्दै घुमाइने गरिन्छ भने विभिन्न व्यवसायीहरु रहेका प्रत्येक घरका मूलीहरु आफ्ना घरका छतमुनी बसेर धूप अगरबत्ती र देशी घिउमा बनाइएका विशेष बत्ती बालेर स्वागतार्थ कुर्ने र पूज्ने गर्दछन । “भिन्द्योजात्रामा मात्र हैन हामी व्यवसायीहरु प्रत्येक दिन र विशेष गरि मंगल र बिहिबारका शुभदिन पारेर व्यवसाय शूरु गर्नु अगाडी नै भिमसेन देवताको पूजाआजा गर्ने गर्दछौं ।” ललितपुरका एक व्यवसायीले भने । उनका अनुसार भिमसेनको प्रिय मानिने लड्डु र पेंडा चढाई पूजाआजा गर्नाले व्यवसाय राम्रो हुने गर्दछ भने भिमसेन जात्रामा विशेष व्यवस्था गरि मंगलबजारस्थित भिमसेन मन्दिरमा पूजापश्चात ल्याइएको धूपबत्तीले वर्षभरि राम्रो व्यापार चल्ने जनश्रुति रहेको छ ।

“पाटनका साँघुरा गल्ली र तीनमा पनि भूकम्पपश्चात लगाइएका टेकोहरु रहेतापनि यस वर्षदेखि पुनःपरिक्रमा गरि सञ्चालनमा ल्याइएको भिमसेन जात्रा शान्तिपूर्वक आलेख्य जनसहभागिता र हर्षोल्लासका साथ सम्पन्न भएको छ,” ललितपुरका तयारी पोशाक व्यवसायी बिरेन्द्र शाक्यले भने, “महाभारतको पुराण अनुसार असत्यमाथि सत्यको विजयसंगै ब्यापारिक दृष्टिकोणले वैष्य समुदायको सर्वोपरि हित गर्ने आराध्य देवको रुपमा रहेका भिमसेनको जात्राको पुनःसञ्चालनले व्यवसायीहरुमा अबका दिन फेरी राम्रा हुनेछन भनि नयाँ उमंग थपिएको छ । ” तीन वर्ष पछि पुनः सञ्चालनमा ल्याइएको जात्राका क्रममा कुनै प्रकारको उश्रृmखंल र झैंझगडा नहोस भनि यस वर्ष पनि प्रहरीको व्यवस्थापन निकै सुव्यवस्थित रहेको पाइएको छ । जात्राको रथ, सडक व्यवस्था र साँघुरोपनाले निम्तिन सक्ने सम्भावित क्षेत्रहरुको पहिचान गरि सशस्त्र लगायत परिसरको समन्वयसहित विशेष पहल गरेकाले केही ठेलमठेलबीच पनि शान्तिपूर्ण र सूरक्षित तरीकाले जात्रा सम्पन्न गरिएको महानगरिय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

ललितपुरकै एक प्रतिष्ठित व्यापारीका अनुसार व्यापार व्यवसायमा धन आर्जनकालागि जसरी विशेष रुपमा लक्ष्मी पूजिने गरिन्छ त्यसरी नै व्यापारका रक्षा गर्ने आराध्यदेवका रुपमा पनि भिमसेनलाई लिइने गरिन्छ । देशभर विभिन्न स्थानमा हुने भिमसेनको जात्रामध्ये ललितपुरमा हुने भिमसेन जात्रा सर्वाधिक लोकप्रिय रहँदै आएको छ । पाटनमा जात्रा पश्चात सोही राती भिमसेनको मूर्ती पुनः मन्दिर भित्र लगेर रात्रीकालीन पूजा गर्ने चलन रहेको छ भने चार दिन पछि पुनः बिचाः पुजा पनि गर्ने गरिन्छ । भूकम्पले भित्रभित्रै क्षति पुर्याएको पाटन दरवारस्थित उक्त भिमसेन मन्दिर वरपर अझै पनि टेको लगाईएको छ । उक्त मन्दिरको जिर्णोद्धार वा पुनःनिर्माणकालागि ललितपुर उद्योग बाणिज्य संघ तत्पर रहेको र भारतीय राजदूतावास समेत सहयोग गर्न तयार रहेको बताइएतापनि यसतर्फ निर्माण कार्यमा अझैपनि कुनै टुंगो भने लागेको देखिदैंन

बिहि, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव

४ मंसिर, काभ्रे । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।   अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा...

एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ

मंसिर, सिमरा । एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ परे ।   २ जेठको घटनाबारे ती महिला गर्भवती भएको खुलेपछि १४ भदौमा मात्र प्रहरीले जानकारी पाएको थियो । आँप दिने बहानामा आफ्नै घरमा लगेर बलात्कार गरेका...

बाम गठबन्धनले ७५ प्रतिशत जित हातपार्ने

काठमाडौं, कात्तिक २९ गते (संसाक) । आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारको क्रममा बाम गठबन्धन काठमाडौं क्षेत्र नं. ६ निर्वाचन परिचालन कमिटी, तारकेश्वर न.पा. ११ ले एक कार्यक्रमको आयोजना ग¥यो । चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ६, प्रदेश (ख)...

चिठ्ठाको नतिजा प्रकाशित

हरेक वर्षा जस्तै यस बर्षपनि नेपाल मगर संघ काभ्रेपलान्चोक – काठमाडौँ सम्पर्क समिति द्वरा २०७४ सालको बडा दसैँ तथा दिपावलीको सुखद उपलछ्य मा आयोजित चिठा कार्यकर्म नेपाल कमर्स क्यामपस मा पहिलो पुरस्कार टिभी पाउने गणेश कार्की, दोस्रो पुरस्कार : फ्रिज स्वीकृति श्रेष्ठ काभ्रे सुब्बागाऊ तेस्रो...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

कार्तिक । त्रिभुवन राजपथ अन्तर्गत धादिङस्थित धुनिवेशी नगरपालिका ९ मा शुक्रबार विहान भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।गल्छी वैरेनीबाट काठमाडौं गइ रहेको बा २ ख ७१८२ नम्वरको वालुवा वोकेको ट्रिपरले काठमाडौंवाट नौविसे आइरहेको बा ८२ प ७७९७ नम्वरको मोटर साइकललाई ठक्कर दिदा...

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन

कात्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइ र दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन छ । बालगोपालश्वर महादेवको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ला गरिन्छ । आज भाइटीकाको दिन बालगोपालेश्वरमा गएर टीका लगाउनेहरुको चहलपहल छ ।   ०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर...