राजनिति

बाढीले बस्ती खाली, छलफल गर्ने संसद् खाली


भदौ, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् । विशेष गरेर बाढी र पहिरोका विविध पाटा–पक्षबारे आज पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

बाढी र पहिरोले पहाड र तराईका १२५ भन्दा बढी सर्वसाधारणको मृत्यु, हजारौं घर र लाखौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको विषयमा छलफल गर्न बुधबार संसद्को बैठक बोलाइएको भए पनि संसदमा सांसदहरु उपस्थित नभएको खबर आजको पत्रपत्रिकाहरुले लेखेका छन् ।

 

नेपालमा बर्सेनि जस्तो हुने डुबानबारे पनि पत्रपत्रिकाहरुले आज लेखेका छन् । प्रदेश र केन्द्रीय संसद्को् चुनाव एकैपटक गर्न तीन दल सहमत भएको पनि आजका पत्रपत्रिकाहरुमा पढ्न पाइन्छ ।

संविधान संशोधन प्रक्रिया फेरि सुरु भएको विषयलाई मुख्य खबर बनाएको गोरखापत्रले निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री परामर्शमा लागेकोदेखि प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो सम्मको खबरलाई स्थान दिएर पहिलो पृष्ठमा छापेको छ ।

बाढी र पहिरोले देश तहस–नहस भएका बेला जनताका पीरमर्का राखेर सरकारलाई घच्घचाउनु  पर्ने सांसद्हरु नै संसद् बैठकमा अनुपस्थित रहेको खबरलाई आज नयाँ पत्रिका दैनिकले लेखेको छ । बाढीपीडितलाई भइरहेको राहत सहयोगबारे पनि नयाँ पत्रिकाले एक सामग्री छापेको छ ।

‘न रहे बाआमा, न रह्यो घर’ शीर्षक दिएर कान्तिपुर दैनिकले बाढीपीडितका पीडादायी कथा पस्केको छ । कान्तिपुरमै केन्द्र र प्रदेशको चुनाव एकै मितिमा हुने खबर समेत छ ।

नागरिक दैनिकले नेपाल डबाउने भारतीय बाँधबारे लेखेको छ भने राजधानी दैनिकले गाउँगाउँमा सिंहदरबार नारामै सीमित हुन पुगेको छापेको छ । अन्नपूर्ण पोस्ट दैनिकले भारतीय तटबन्धले नेपालमा बर्सेनि पार्दै आइरहेको डुबानबारे लखेको छ ।

बिहि, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट

मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।   सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका...

एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते

कात्तिक, काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे बुधबार लडेर घाइते भएका हुन् । पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले दक्षिणी धादिङको धुनीवेसी...

मेरो जित सुनिश्चित जस्तै छ

योगेन्द्र सङ्ग्रौला उमेद्वार, बाम गठबन्धन काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ लामो समयसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय योगेन्द्र सङ्ग्रौला एउटा कुशल संगठन कर्ता, अनुभवी राजनीतिक कार्यकर्ता र सरल सामाजिक अभियन्ता हुनुहुन्छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ मा बाम गठबन्धनबाट साझा उमेद्वार सङ्ग्रौला विगतमा...

काठमाण्डौ क्षेत्र न.६ मा निर्वाचन महाअभियान सुरु

काठमाण्डौ क्षेत्र न.६ को निर्वाचन महाअभियान सुरु / क. हिमाल शर्मा को संयोजकत्वमा पूरै ६ न. क्षेत्रको साथै प्रदेश ‘क’ को क. तिलक सुनुवार र प्रदेश ‘ख’ को क. लब कुमार बस्नेतको संयोजकत्वमा निर्बाचन परिचालन कमिटी गठन गरिएको छ / यो क्षेत्रलाई बाम गठबन्धनको किल्ला बनाउने...

०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु

यी दुइ फोटोहरु ०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु हुन् / दुवै फोटोहरु  जनान्दोलनमा गोंगबु क्षेत्रको कमान्डर शमशेर बहादुर गाइजुको उपस्थिति दरो देखाएको छ तर आन्दोलन ताका निकै सक्रिय व्यक्तित्व चुनाबी मैदानमा किन सक्रिय देखिंदैन आम गोंगबुबासीको मनमा खुल्दुली लाग्नु स्वाभाविक हो...

मेरो उम्मेदवारी टुरिष्ट उम्मेदवारका विरुद्ध हो : लब कुमार बस्नेत

२०३५ सालदेखि तत्कालीन नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेका लब कुमार बस्नेत काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार योगेन्द्र संगौला विरुद्ध विद्रोही उम्मेदवारका रुपमा खडा भएका छन् । वि.स. २०४९ र २०५४ साल गरि २ कार्यकाल नेकपा एमालेबाट...