जीवन र जगत

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरे


नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरेकी छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापामगरले नेपालको अहित हुनेगरी सीमामा भारतद्वारा निर्मित बाँध भत्काएर भारतबाट क्षतिपूर्ति भराउनुपर्ने प्रस्ताव गरेकी हुन् ।

भारतबाट निर्माण गरिएका बाँधकै कारण नेपालको तराई डुबानमा परेको भन्दै उनले तराईमा भएको जनधनको क्षतिको सम्पूर्ण क्षतिपूर्ति भारत सरकारसँग लिनुपर्ने माग गरिन् ।

उनले संसदमा सम्बोधन गर्दै भनिन्– ‘लक्ष्मपुर बाँधका कारण बाँकेको राप्तीसुनारी गाउँपालिकाका फत्तेपुर, नरेना, गंगापुर, मटेरिया, टिकुलीपुर लगायतका ठाउँहरु डुबानमा परेका छन् । रसियावाल फुदौतवन बाँधका कारण कलिवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई जनधनको क्षति भएको छ । झापादेखि कञ्चनपुरसम्मको जनधनको क्षति र डुबानको कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजीवादी व्यवस्थाले नेपालको भुमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो । कोशी गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भुमि डुबान र जनधन क्षति भएको हो । हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर जमिन डुबानमा पार्दै आएको छ । के यो नेपाल भारत मैत्रीको उपहार हो ? भारतीय एकाधिकार पुँजीले नेपाललाई क्षति पुग्नेगरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’

यस्तै, सरकारी निकायले प्राकृतिक प्रकोपको पूर्वतयारी तथा रोकथामको उपाय अबलम्बन नगरेका कारण जनताले यति कष्ठपूर्ण समस्या झेल्नुपरेको सांसद थापामगरको भनाई छ ।

‘मन्त्रालय विभाग अर्थात माथिदेखि तलसम्मका कर्मचारीहरु कार्यालयलाई ऐस (मोज) र बाढीपहिरो पीडित तथा मृतकका परिवारलाई केही लाख रुपैयाँ दिएर कर्तव्य पूरा गरेको सम्झने बाहेक केही काम नगरेको जनआक्रोश बढको छ,’ उनले भनिन् ।

बिहि, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवती पुजा लिम्बू संग प्रेम विवाह

सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले...

२ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका ‘भीआईपी’ जुवाडेलाई अदालत लगियो

काठमाडौं– जुवा खालबाट शनिवार राति पक्राउ परेका २५ मध्ये ६ जना‘भीआइपी’ जुवाडेलाई अदालत लगिएको छ । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि त्यसको सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराइएको हो । पक्राउ परेकामध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै...

नेपालको बाटो समाउँदै जाडो छल्न कर्‍याङकुरुङहरु बसाइ सरे

नेपाली आकाशमा बिशेष गरि जाडोयाम शुरु हुनु अगाडी चिसो हावा चल्नु अगाडी बथानका बथान देखिने पन्छी हो कर्‍याङकुरुङ/यसलाई अङ्ग्रेजीमा डेमोसेल क्रेन (Demoiselle Crane) भनिन्छ । यो पन्छीहरू उडेको देखेर बुढा पाकाहरु चिसो अझै बढ्ने अनुमान गर्दछन् / यी कर्‍याङकुरुङहरु सारस प्रजातिमा पर्दछन /   यिनीहरु बथानका बथान कर्‍याङकुरुङको आवाजमा एक...

नदियाले चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन्

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा...

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै

बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर...

नारी दिवसको उपलक्षमा शैलीको कार्यक्रम

शैली साहित्य समाजले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा नारी सम्बन्धी कविता, कथा, गीत र नृत्य कार्यक्रम आप्mनै प्राङ्गण बबरमहलमा सम्पन्न ग¥यो । साहित्यकार दिदीबहिनीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शैली साहित्य समाजको प्राङ्गणमा सबैभन्दा अगाडि प्रवेश गर्नुहुने कवि दुर्गा तिवारीलाई पूmलको गुच्छा दिएर...