स्वास्थ्य

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन


रुकुम – जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो।

प्रकोप फैलिएर विरामीहरु बढ्न थाले भने विरामीको उपचारमा समस्या आउने भएकाले यस्तो निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र बहादुर जिसी जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीहरूलाई तयारीका साथ बस्न भनिएको छ । हालै आठबीसकोट नगरपालिका वडा नं. ३ को खदीमा अज्ञात रोगले प्रकोप लिए पछि यस्तो निर्देशन दिइएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिवलाल आचार्यले बताए। उनका अनुसार प्रकोप नियन्त्रणका लागि यहाँको स्वास्थ्य टोली सक्षम रहेको र आवश्यक परे क्षेत्र तथा केन्द्रबाट चिकित्सक माग गरिने छ।

यस्तो अवस्थामा सबै सचेत हुनु पर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । साथै कार्यालयले यो भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने समय भएकाले पनि मानिसहरू सचेत रहने र केही भए तुरुन्त स्वास्थ्यकर्मी कहाँ जान अनुरोध गरेको छ।

शनि, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण

असोज । एनआरएनका संस्थापक अध्यक्ष एवं धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । साढे सात सय शैयाको अत्याधुनिक नेपाल मेडसिटी (एनएमसी) अस्पतालको बुधबार उद्घाटन हुँदैछ । नेपालमा एनआरएनको सम्मेलनको अवसर पारेर अस्पतालको उद्घाटन गर्न लागिएको हो । अस्पतालमा रेनल...

नेपाल चिकित्सक संघले वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरे

काठमाडौं :  नेपाल चिकित्सक संघले सरकारसँगको वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। वार्तामा सहमति हुन नसकेपछि चिकित्सक संघले सोमबार १० बजे एप्रोनसहित स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको हो। त्यसैगरि देशभरका स्वास्थ्यकर्मीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ। आइतबार राति...

किक बक्सिङ्ग प्रतियोगितामा पराजित स्वराज पोखरेल अझैसम्म हस्पिटलको बेडमा

गत डिसेम्बर १९र २० मा सम्पन्न स्वर्गीय एमाले नेता पोष्ट बहादुर दिवाकरको स्मृतिमा आयोजित गरिएको किक बक्सिङ्ग प्रतियोगितामा प्रविन रसाइली संगको लडाई पछी दायाँ खुट्टा भाचिएको स्वराज अझै हस्पिटलको बेडमा थलिएका छन् /प्रत्यक बर्ष स्वर्गीय दिवाकरको स्मृतिमा आयोजना गरिने उत्त किक बक्सिङ्ग प्रतियोगिता यो बर्ष पनि बिभिन्न जिल्लाका...

“आज शिक्षा तथा शाक्षारता दिवस र ३८ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”

आज शिक्षा  तथा शाक्षारता दिवस र समित होटेलको ३८ औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको आभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको...

धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता

बाग्लुङ जनस्वास्थ्य कार्यालयमा कार्यरत नर्स हरिकाशी पालिखे (५८) जीवनमा आमा बन्ने चरणमा कहिल्यै प्रवेश नै गरिनन् । तर, उनले नर्सिङ पेशामा गरेका काम हेर्ने हो भने उनी धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता हुन् । नर्स भएयता हरिकाशीले ‘सुरक्षित मातृत्व’ फाँटमा काम गर्दै आएकी छिन् ।...

नेपाली महिलाहरुलाई ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरे

 साउन, काठमाडौं । नेपाली महिलाहरुलाई ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरेको छ । हाल तीन महिना सुत्केरी विदा पाइन्छ । सुत्केरी विदा थप तीन महिना बढाउन स्वास्थ्य मन्त्रालयले प्रजनन स्वास्थ्य विधयेक पारित गरी आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ ।   यो विधयेक पारित...