अन्तर्राष्ट्रिय

बार्सिलोना हमलाको ४८ घण्टापछि…


स्पेनको पर्यटकीय शहर बार्सिलोनामा आतंककारी हमलाको ४८ घण्टापछि हामी घटनास्थल पुग्यौं ।१ दशमलव २ किलोमिटर लामो राम्बलास सडकमा मान्छेहरुको झनै ठुलो भिड थियो । आतंकवादबिरुद्दको सन्देश स्वयं भिड आँफै बोलिरहेको थियो ।

संसारका थुप्रै मुलुकहरुबाट श्रदाञ्जली ब्यक्त गर्नेहरुले आ-आफ्नो ढंगबाट सडकमा केहि कोरिरहेका थिए । नजिकै रहेको सेतो चक हातमा लिएर हामीले पनि लेख्यौं । बार्सिलोना दुख्दा नेपाललाई पनि पीडा भएको महशुस पोख्यौं । हाम्रा पाठकहरुका लागि केहि तस्वीरहरु पनि लिनु थियो तर, हाम्रो नजरलाई त्यहाँ राखिएका तस्बिरले खिचिरहेको थियो ।
एउटा मुटु आकार बनाएर आँशु झरिरहेको तस्वीरसँगै यस्तो लेखिएको थियो, ‘तिमिहरु हाम्रो हृदयका आँशुहरु हौ ।’

 

मृत आत्माहरुको सम्झनामा लेखिएका यी भावनाहरुले धेरैलाई भावुक बनायो । अर्कोतर्फ एउटा रुखको भित्तामा टाँसिएको सन्देशले बोल्दै थियो, ‘हामी कत्ति पनि भयभित छैनौं ।’

जुन सडकमा धेरै मानिसहरुको रगत बग्यो, त्यहि सडकमा बार्सिलोनासँग ऐक्यबद्दता जनाउँदै बिश्वका प्राय सबै भाषाहरुमा माया सद्भाव र भावाना कोरिएको भेट्यौं । सडकको बीच भागमा मैन बत्तीहरु जलिरहेका थिए भने पुष्पगुच्छाहरुले सडक भरिएको थियो । त्यसो त जहाँ-जहाँ मृत शरीर ढलेका थिए, त्यही त्यही आँफन्तहरुको आ-आफ्नो सन्देश पनि थियो ।

हनिमुनका लागि बार्सिलोना आएका एक जोडीको प्रेम लुटिएको जीवन कथा हो पनि बार्सिलोना घटना । अमेरिकाको क्यालीफोर्नियाबाट हनिमुनका लागि आएकी हाइडीले आफ्ना श्रीमान जारेट टुकरलाई यही घटनामा गुमाइन् ।

आतंककारी हमलामा आफू बाँचेकी हाइडीको पीडालाई अहिले बार्सिलोना सडक बोलिरहेको छ । त्यसैले त सडकमा कोरिएको छ,’तिम्रो अभाव छ।’

घटनामा १४ जनाले ज्यान गुमाए सय बढि घाईते बनेका छन् । यसरी नै सबैको आ-आफ्नै पीडा र कथा बोकेको राम्बलास सडकले ।

सडकमा रहेका रुखहरुमा डोरी लगाएर केहि पन्नाहरु पनि झुण्डाइएका थिए । सेता पन्नाका बिरह र प्रेमका भावानाहरु कोरिएका मात्र हैनन् बार्सिलोना प्रतिको साथ र ऐक्यबद्दतालाई पनि जोडिएको थियो ।

शुक्रबार स्पेनका राजाको नेतृत्वमा प्रधानमन्त्री सहित उच्चपदस्थ सरकारी अधिकारीहरु घटनास्थल पुगेर श्रदाञ्जली ब्यक्त गर्दा ठुलो भीड देखिन्थ्यो ।

तर, त्यसको भोलिपल्ट पनि शनिबार हामी पुग्दा पनि भिडमा कुनै कमी थिएन । त्यसो त राम्बलास यस्तो सडक हो,जसले ‘मान्छेको भिड सधैँ बोकिरहेको हुन्छ ।’

तर यस्तो लाग्छ आज त्यो भिडसँगै पीडा र रोदन पनि बोकिरहेको छ ।

आइत, भदौ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न गरेको छ । नेपालबाट कोलोराडो पुगेर विभिन्न पेशा व्यवसाय गरेर बसेका नेवाःहरुको समूहले नेपालबाट म्हपूजा सामाग्री लगेर नेवाः संस्कृति र सभ्यतालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय दिने कोशिस गरेको आयोजक संस्थाका सदस्य शैलेस रञ्जितकारले बताउनु भयो । नेपालको...

दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ

सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ । दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।   हालैको एक रिपोर्टले यो कुराको खुलासा...

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइए(भिडियो सहित)

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइएका छ । आफ्नै महिला सहकर्मीका सौचालय भित्रका गाप्य गतिविधि क्यामेरामा कैद गरेका अभियागमा विवेक दाषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीका २ सय ५० वटा गोप्य भिडिया मोवाइलमा कैद गरेका थिए । युटिएस...

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु

असोज, कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी...

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरे

असोज, काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल...

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय

भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । प्रतिवन्धको पक्षमा चीन र रुस पनि उभिएका छन् ।   विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत...