संस्कृति/धर्म

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु


भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।

प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

 

यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

उनले भने, ‘सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम् पर्व हो, यो पक्षमा सबै पितृले आश गर्ने भएकाले सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा आस्था निष्ठापूर्वक श्रद्धा गर्नुपर्छ ।

आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

गाई तिहारे औंसीका दिन पनि थुनछेक हुनेले वृश्चिक राशिमा सूर्य जानुअघि अर्थात कार्तिक मसान्तभित्र जराएर सोह्रश्राद्ध गर्नुपर्छ । यो अवधिमा पनि श्राद्ध नगरे आश गरेका पितृ निराश भएर आफ्नो स्थानमा फकर्ने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको डा गौतमले बताए ।

बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले चतुर्दशी र मगान क्षेत्र परेका दिन श्राद्ध गर्नु हुँदैन । बुधबार प्रतिपदा तिथिमा श्रद्धा गरिँदैछ ।

बुध, भदौ २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो। मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण गरिएको...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न

 कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् । सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला...

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा भीड

​ साउन, काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।   कृष्ण भगवानको...

युरासिया रेयुकाई ११ औ शाखा सानेपामा तीज विशेष कार्यक्रम तथा महिला भेला

१२ अगस्त २०१७ सानेपा : हरेक बर्ष जस्तै यस वर्षा पनि युरासिया रेयुकाई ११ औ शाखा सानेपामा तीज विशेष कार्यक्रम तथा महिला भेला तथा तिज को खिर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो प्रमुख अतिथि मनिला न्याछ्यों, राष्ट्रिय गायक कलाकार प्रेम प्रकाश ओली, कोरिग्राफ़र प्रबित्रा...

पीतृ मोक्षको कामनासहित मनाइयो मतयाः पर्व

 साउन, काठमाडौं । गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व बुधबार ललितपुरको पाटनमा मनाइएको छ । यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ ।   यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने...

मृतक आत्माको चिरशान्तिको कामना गर्दै गार्ईजात्रा सपन्न

भक्तपुरका अनिल मुलेपतीले मंगलबारको गार्ईजात्राका लागि सबै तयारी पूरा गरेका छन् । गत वर्ष कात्तिक २९ गतेमृत्यु भएका आफ्ना पिता शिवजीको आत्मशान्तिका लागि उनले मंगलबार चासुखेलस्थित घरबाट गार्ईजात्रा निकाल्न लागेका हुन् । गार्ईजात्रामा उनका पाँच वर्षीय भतिजा सुप्रितमानकृष्ण भगवानजस्तो बनेर झाँकीमा निस्कनेछन् । आफन्तर साथीभाइले मृतक...