साहित्य गतिबिधि

स्वेच्छाको ‘प्रस्फुटन’ लोकार्पण


काठमाडौं, भदौ २० गते (संसाक) । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले डा.स्वेच्छा अधिकारीको कविता सङ्ग्रह ‘प्रस्फुटन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै डा.घिमिरेले मनको सम्वाद कवितालाई सुन्दर तरिकाले खेलाउन सक्ने डा.स्वेच्छा विशिष्ट प्रतिभा हो, भन्नुभयो । उहाँले ‘मनको नदेखिने मौषम हुन्छ, त्यसैको विचारको लागि कविता लेख्ने वा सम्बोधन गर्ने गरिन्छ’, भन्नुभयो । नेपाली साहित्यमा अबबाट स्वेच्छा जस्तो एक असल कवि थप भएको, डा.घिमिरेको कथन थियो ।
कार्यक्रममा कवि स्वेच्छा अधिकारीलाई शुभकामना दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले ‘कविमा संभावनायुक्त साहित्यिक अङ्कुर पलाउँदै गएको देखिन्छ’ भन्नुभयो । धुलिखेल अस्पताल काभ्रेका निर्देशक डा.रमेश माकाजुले मेडिकल साइन्स र साहित्य दुवै विधामा स्वेच्छाको प्रगति देखिन्छ, भन्नुहुँदै ‘विज्ञान, साहित्य र कला नै मेडिकल साइन्स हो, डा.स्वेच्छा ती सबै कुरा रहेको मैले पाएको छु’ भन्ने कुरा बताउनु भयो ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य, रूपक राजवंशीले ‘स्वेच्छा एक विलक्षण प्रतिभा हो, उनका विचार र कर्महरू विश्वका कुना कुनासम्म पुग्न सफल हुने छन्’ भन्नुभयो ।
खेलकुद समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. शैलेन्दुप्रकाश नेपाल, साझा प्रकाशनका पूर्व महाप्रबन्धक, नेत्रप्रसाद अधिकारी, समीक्षक अनुपमा रेग्मी, साहित्यकार उमेश पाण्डे, कवयित्री तारा के.सी. लगायतले लोकार्र्पित पुस्तक ‘प्रस्फुटन’ का कविता र साहित्यका बारेमा आफ्ना धारणाहरू राख्नुभएको थियो ।
त्यस अवसरमा स्रष्टा डा. अधिकारीकी आमा सृजना अधिकारी, साहित्यकार चन्द्रा न्यौपाने र साहित्यकार÷पत्रकार भैरबी ढुङ्गानाले पनि कवि स्वच्छालाई शुभकामना दिँदै उनका साहित्यिक कर्मका बारेमा प्रकाश पार्नुभएको थियो ।
समारोहमा डा.रचना वैद्य र डा.स्वेच्छा अधिकारीले लोकार्पित कृति ‘प्रस्फुटन’ बाट केही कविताहरू वाचन गर्नुभएको थियो ।

बिहि, भदौ २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानले अायाेजित बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न

खाेज संवाददाता जेठ २७ पाँचथर फिदिम नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानलेले अायाेजना गरेकाे बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न भयाे ।अाजकाे कार्यक्रममा सभापति प्राज्ञ श्रवण मुकारूङ र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रेम अाेझा, राज माङ्गलक, मुनराज शेर्मा ,इन्द्रसिह राजवंशी, लक्ष्मी...

पाँचथर फिदिम बजारमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू

खाेज संवाददाता जेठ २५ २०७५ पाँचथर पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम बजारकाे  जिल्ला समन्वय समितिकाे हलमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू भएकाे छ ।  नेपाल प्रज्ञाप्रतिष्ठान  काठमाडौंकाे प्रायाेजनमा नाैलाे  साहित्यिक समाज नेपाल र  याक्थुम पज्ञा प्रतिष्ठानले अायाेजना गरेकाे उक्त प्रदेश स्तरीय कार्यक्रममा अविरल वर्षाका बाबजुत पनि...

बरिष्ट साहित्यकार विश्वबिमोहन श्रेष्ठ सम्मानित

आज २०७५ साल ज्येष्ठ १२ गते युगकवि सिध्दिचरण श्रेष्ठको १०७औं जयन्ति मनाउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानको एकाईसौं रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रन सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यकार श्री विश्वबिमोहन श्रेष्ठ स्रष्टा सम्मान ग्रहण गर्नुहुँदै युगकवि सिध्दिचरण तथा उपन्यासकार लीलाध्वज थापाको बारेमा चर्चा...

साहित्य समाजकाे सर्जक जमघट

सर्जक जमघट साहित्य समाजकाे सर्जक जमघटकाे श्रृङखला डा घनश्याम परिश्रमीकाे प्रमुख अातित्यतामा र अतिथिहरूमा डा विदुर चालिसे ,पाेष्टराज चापागाईं, कलानिधि दाहाल र सुनिल अधिकारी अादी रहनुभएकाे छ । कार्यक्रममा ३ वटा मुक्तक, एक गजल र एक कविता मध्ये कुनै एक विधामा रचना वाचन गर्न पाइन्थ्यो...

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...