अर्थ

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द !


भदौ, काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक मोहन पुडासैनी संलग्न रहेको टोली रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरतिर लाग्यो ।

१ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मूल्य तय गरिएको थियो । त्यस्तै १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो । दुईवटा सामानको खरिद र बिक्री मूल्य हेर्दा अत्यधिक अन्तर देखिएपछि टोलीले उक्त पसलमा सिल लगायो ।

त्यसपछि टोलीले केही पसलमा अनुगमन गरेर अघि बढ्यो । तर केही पसल अनुगमन गरेपछि धमाधम सटरहरु बन्द हुन थाले ।

अनुगमन निरीक्षक श्रीराम अधिकारीले करिब ४ बज्न लागेपछि धमाधम सटर बन्द हुने क्रम बढेपछि अनुगमन रोकिएको जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बिहि, भदौ २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...

गैरआवासीय नेपाली शेष घले र पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए

जेठ, काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।   अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस...

उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट अच्युत

काठमाडौँ । नेपाली चलचित्रहरु आज अन्तरास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा भिजुअल इफेक्टको ठुलो हात रहेको पाइन्छ । चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक,कथा,गीत,संगीत छायाँकन,सम्पादन जस्तै...

घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाए

चैत, काठमाडौं । लामो समयदेखि बिवादित रहेको घरबहाल करसम्बन्धी अन्योल हटेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाएको हो । योसँगै अब घरबहाल करको अधिकार संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले पाएको छ । अर्थ मन्त्रालयले दोहोरो करको व्यवस्था हटाउन गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत...

प्रदेश र स्थानीय तहलाई निर्धारित समयभित्र अनुदान र राजश्वको अनुमानित विवरण दिन केन्द्र सरकार असफल

चैत काठमाडौं । प्रदेश र स्थानीय तहलाई निर्धारित समयभित्र अनुदान र राजश्वको अनुमानित विवरण दिन केन्द्र सरकार असफल भएको छ । तोकिएको समयभित्र यस्तो विवरण नपाउँदा प्रदेश र स्थानीय सरकारलाई नजिकिँदै गरेको आर्थिक वर्षको बजेट बनाउन अलमल भएको छ ।   अन्तर-सरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको...

सामाखुशी टाउन प्लानिंगमा नयाँ पाटे थकाली भान्छाघर तथा रेष्टुरेन्ट खुल्यो

सामाखुशी टाउन प्लानिंगमा नयाँ पाटे थकाली भान्छाघर तथा रेष्टुरेन्ट खुल्यो / उक्त भान्छाघर तथा रेष्टुरेन्टमा यहि फागुन २४ ,२५ ,र २६ गते सम्म २०% छुटको  व्यवस्था पनि  गरेको छ /पारिवारिक बातावरणमा स्वस्थ र सफा खाना पाइनुका साथै बिभिन्न सेमिनारहरु संचालन गर्न पनि सकिने...