राजनिति

काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किए


भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किएको छ ।

एमालेबाट निर्वाचित मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १० वडाध्यक्षले बुधबारका लागि बोलाइएको नगर कार्यपालिका बैठक नै बहिस्कार गरेका छन् ।

 

मेयर शाक्यले महानगरमा एकलौटी निर्णय गर्ने तथा फिर्ता लिन गरेकाले कार्यपालिका बैठक नै बहिस्कार गरेको उपमेयर खड्गीले बताएइन् ।

‘हामीलाई कहिल्यै कार्यपालिका बैठकमा के एजेन्डा छ भनेर भनिँदैन । मैले यो प्रवृत्तिको विरोध गर्दै आएको छु’ उपमेयर शाक्यले भनिन्, ‘कार्यपालिका बस्नुभन्दा २४ घण्टा अघि के–के एजेण्डामा छलफल हुने भन्ने थाहा दिनुपर्छ भनेर पटक–पटक भन्यौं । तर, मेयरसा’बले मान्नु भएन ।’

बुधबार विहान बोलाइएको बैठकको पनि एजेण्डा नपाएपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बैठक नै बहिस्कार गरे । बहिस्कारका बीच बसेका बैठकले १०० दिनको कामको समिक्षा भएको छ ।

मेयर शाक्यले आफ्नो १०० दिनको कामबारे जानकारी दिन भोलि नै पत्रकार सम्मेलन समेत गर्दैछन् ।

तर, उपमेयर खड्गी समूहको असन्तुष्टि कायमै छ । मोबाइल बाँड्ने र फिर्ता लिनेसम्म महत्वपूर्ण निर्णय गर्दा आफूहरुलाई गुमराहमा राखेको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको उनले बताइन् ।

‘हामीलाई एजेण्डा र भूमिकाबिहीन बनाउन खोजिएको जस्तो ब्यवहार देखिँदै आएको छ । मैले लामो समयसम्म यो विषय विस्तारै मिल्ने अपेक्षा गरेर बसेँ’ उपमेयर खड्गीले भनिन्, ‘तर, मेयरसा’बको ब्यवहार न्यायसंगत र विधिसंगत नदेखिएकाले हामीले यो कदम उठाएका छौं ।’

मेयर शाक्यले भने हरेक बैठक बस्दा एजेण्डा दिएको र उपमेयरले दिएको एजेण्डा समावेश गरेर अघि बढेको दाबी गरे । उनले भने, अहिले देखिएको विवाद कर्मचारी सुरुवालाई लिएर हो । उहाँहरुले कार्यपालिकाबाटै कर्मचारी सरुवाको निर्णय गर्नुुपर्छ भन्नु भएको छ । यस्तो कहिँ हुँदैन ।’

मेयर शाक्यले बिहीबारका पनि कार्यपालिका बैठक बोलाएका छन् र, बैठकको एजण्डा जानकारी गराउँदै पत्र लेखेका छन् ।

यससँगै बिहीबारको बैठकमा खड्गी समूह सहभागी हुन तयार भएको छ । ‘मेयरसा’बसँग प्रशस्त अनुभव छ । उहाँ दुईपटक वडाअध्यक्ष जितेको मान्छे हो । नगरको दलीय संयन्त्रमा पनि लामो समय बसे काम गर्नुभएको छ’ मेयर खड्गीले भनिन्, ‘हामी अहिलेको स्थिति आउँदैन भन्नेमा विश्वस्त थियौं । निर्णय र कामकारवाहीमा पनि समन्वय गरिएन भने हामीसँग बहिस्कार गर्नुको विकल्प रहँदैन ।’

उनले विकासका एजेण्डाहरुमै गुमराहमा राख्ने अवस्था भएसम्म त्यस्तो प्रवृत्तिको प्रतिवाद गरिरहने बताइन् ।

अहिले काठमाडौं महानगरमा कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना वडाअध्यक्ष एउटा गुटमा छन् भने एमालेबाट निर्वाचित १८ जना वडाध्यक्ष मेयरको समर्थनमा छन् ।

बिहि, भदौ २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट

मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।   सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका...

एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते

कात्तिक, काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे बुधबार लडेर घाइते भएका हुन् । पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले दक्षिणी धादिङको धुनीवेसी...

मेरो जित सुनिश्चित जस्तै छ

योगेन्द्र सङ्ग्रौला उमेद्वार, बाम गठबन्धन काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ लामो समयसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय योगेन्द्र सङ्ग्रौला एउटा कुशल संगठन कर्ता, अनुभवी राजनीतिक कार्यकर्ता र सरल सामाजिक अभियन्ता हुनुहुन्छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ मा बाम गठबन्धनबाट साझा उमेद्वार सङ्ग्रौला विगतमा...

काठमाण्डौ क्षेत्र न.६ मा निर्वाचन महाअभियान सुरु

काठमाण्डौ क्षेत्र न.६ को निर्वाचन महाअभियान सुरु / क. हिमाल शर्मा को संयोजकत्वमा पूरै ६ न. क्षेत्रको साथै प्रदेश ‘क’ को क. तिलक सुनुवार र प्रदेश ‘ख’ को क. लब कुमार बस्नेतको संयोजकत्वमा निर्बाचन परिचालन कमिटी गठन गरिएको छ / यो क्षेत्रलाई बाम गठबन्धनको किल्ला बनाउने...

०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु

यी दुइ फोटोहरु ०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु हुन् / दुवै फोटोहरु  जनान्दोलनमा गोंगबु क्षेत्रको कमान्डर शमशेर बहादुर गाइजुको उपस्थिति दरो देखाएको छ तर आन्दोलन ताका निकै सक्रिय व्यक्तित्व चुनाबी मैदानमा किन सक्रिय देखिंदैन आम गोंगबुबासीको मनमा खुल्दुली लाग्नु स्वाभाविक हो...

मेरो उम्मेदवारी टुरिष्ट उम्मेदवारका विरुद्ध हो : लब कुमार बस्नेत

२०३५ सालदेखि तत्कालीन नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेका लब कुमार बस्नेत काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार योगेन्द्र संगौला विरुद्ध विद्रोही उम्मेदवारका रुपमा खडा भएका छन् । वि.स. २०४९ र २०५४ साल गरि २ कार्यकाल नेकपा एमालेबाट...