प्रविधि

वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेर मान्छेको अधिकतम आयु पत्ता लगाए


नेदरल्याण्डका वैज्ञानिकहरुले मान्छेको अधिकतम आयु पत्ता लगाएका छन् ।
उनीहरुका अनुसार महिलाको अधिकतम आयु ११५.७ वर्ष हेा भने पुरुषको अधिकतम आयु ११४.१ वर्ष हो ।

टिलबर्ग र इरास्मस विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निस्केको हेा ।

वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेका थिए जसको पछिल्लो ३० वर्षमा नेदरल्याण्डमा मृत्यु भएको थियो ।

शोधकर्ता प्राध्यापक जोन इन्मलले पछिल्लो ३० वर्षमा उल्लेखित आयुभन्दा धेरै कोहीपनि मानिस बाँचेको नपाइएको बताए ।

वैज्ञानिकहरुका अनुसार विश्वमा मानिसको औषत आयुमा वृद्धि भएको भएपनि मानिसको वास्तविक अधिकतम आयु भने बढेको छैन ।

वैज्ञानिकहरुका अनुसार चाहे जतिसुकै स्वस्थ जिवनशैली किन नअपनाउनुस् औषत आयू १ सय १५ वर्षभन्दा बढ्नेवाला छैन ।

तर विश्वमा अहिलेसम्म एकजना व्यक्ति १ सय २२ वर्षसम्म बाँचेको पाइएको छ । सन् १९९७ मा मृत्युभएकी जेनी लुइस काल्मेन्ट १ सय २२ वर्ष १६४ दिनसम्म बाँचेकी थिइन् । उनले हप्तादिनमा एक किलो चकलेट खान्थिन् । एजेन्सी

आइत, भदौ २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् । आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै...

यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी फेसबुकले नयाँ भिडियो च्यानल सर्भिस लञ्च गर्दै

यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ । प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब  देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न पाइनेछ ।   Watch  पर्सनलाइज्ड हुने भएकाले प्रयोगकर्ताले आफै नयाँ नयाँ भिडियो तथा शो...

नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने

असार, काठमाडौं । विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ । सिंचाइ...

पिसावले स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको एक अनुसन्धानले देखाए

काठमाडौं- यो सुन्दा पत्यार नलाग्न सक्छ। तर अब पिसावले स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको एक अनुसन्धानले देखाएको छ। बेलायतका वैज्ञानिकहरु पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेका हुन्। बेलायतका ब्रस्टल रोबफटिक्स ल्यावका वैज्ञानिकहरु यो शोधमा काम गरिरहेका छन्। यस प्रयोगको लागि वैज्ञानिकहरुले इलेक्ट्रोन- एक्टिव सूक्ष्मजीवले केही सिलिन्डरहरु भरेका थिए।...

अर्को ग्रहमा बस्ती सुरू नगरे मानव जाति लोप हुने हकिङको चेतावनी

भौतिकशास्त्री स्टेफेन हकिङले पृथ्वी विनासतर्फ उन्मुख भइसकेका कारण मानव जातिको रक्षा गर्न बाह्य ग्रहमा मानव बस्ती सुरु गर्नुपर्ने बताएका छन्। विगत केही समयदेखि बेलायती वैज्ञानिक हकिङले निरन्तर पृथ्वीको जोखिमका बारेमा कुरा गर्दै आएका छन्। ‘पृथ्वी यति धेरै कोणहरुबाट जोखिममा परेको छ कि यसको भविष्यबारे सोच्दा सकारात्मक हुन्...

मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपमार्फत गर्न सकिने सुविधा

असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपमार्फत गर्न सकिने सुविधा ल्याएको छ । अब मोबाइल सेवा सम्बन्धी गुनासो एनटीए क्युओएस सर्भे मोबाइल एपमार्फत लिन सुरु गरिएको प्राधिकरणले जनाएको छ । सो एपमार्फत उपभोक्ताले मोबाइल सेवाको गुणस्तर तथा सेवा सम्बन्धी कुनै गुनासो...