राजनिति

महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट


भदौ, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा मंगलबार राति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ ।

 

स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । मनोनयन दर्ताको एक दिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो ।

हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको छ ।

मङ्ल, भदौ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरे

फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् । यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए ।   तर, सोमबार काठमाडौंमा आयोजित...

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु

 फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।   निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३...

एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने

बनेपा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमालेसँग पार्टी एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने बताएका छन् ।   मंगलबार प्रेस सेन्टर काभ्रेले आयोजना गरेको अन्तक्रिर्यामा उनले जबज र माओवादको अन्तिम विन्दु एउटै भएकाले कुन मान्ने वा नमान्ने भन्ने...

प्रहरीको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम

नुवाकोट जिल्ला प्रहरीले ककनी गाउँ पालिकामा आज नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ। प्रमुख जिल्ला अधिकारि बिरेन्द्र कुमार यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । विभिन्न दलका कार्यकर्ता,नेता एबम आम नागरिकहरुले निर्बाचित स्थानीय प्रतिनिधि तथा सी.डी.ओं.संग  विभिन्न गुनासोहरु व्यक्त गरेका थिए प्रमुख अतिथि...

प्रचण्डलाई अध्यक्ष मानेर भए पनि वाम एकता भड्किन दिँदैनौं- झलनाथ

माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ...

प्रदेश ४ बैठक: पृथ्वीनारायणको प्रशंसा, संघीयतालाई ‘भालु’ को संज्ञा

माघ, पोखरा । सोमबार बिहान साढे १० बजेदेखि नै नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको गेटमा प्रदेश सांसदहरु लाइनमा उभिएका थिए । खुरुखुरु भित्र छिर्न लागेका सांसदहरुलाई प्रहरीले फर्काउँदै लाइनमा उभ्यायो ।   प्रहरीले रोक्दै गेटबाहिरै लाइनमा उभ्याएपछि प्रदेश सांसदहरु भन्दै थिए ‘हामीलाई पनि लाइन ?’, हामीले पनि...