अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय


भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । प्रतिवन्धको पक्षमा चीन र रुस पनि उभिएका छन् ।

 

विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत परीक्षण गरेको थियो । त्यसैको कारण प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय भएको बीबीसीले जनाएको छ ।

प्रतिवन्धको मस्यौदा अमेरिकाले तयार पारेको र त्यसमा रुस, चीन सहित सबै १५ सदस्य राष्ट्रले सहमति जनाएको समाचारमा उल्लेख छ ।

प्रतिवन्धमा उत्तर कोरियाको आम्दानीका स्रोतहरु बन्द गर्ने कोशिश गरिने छ । उत्तर कोरियाबाट कपडाको निर्यातमा रोक लगाइएको छ भने निश्चित सीमाभित्र मात्रै कच्चा तेलको आयात गर्न पाउने छ ।

उत्तर कोरियाले अमेरिकालाई लक्षित गर्दै कयौं क्षेप्यास्त्र र आधुनिक हतियारहरुको परीक्षण गरेको आरोप लाग्दै आएको छ । पछिल्लोपटक उत्तर कोरियाले जापानको आकाशमा समेत मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी क्षेत्र गुआममा आक्रमण गर्ने धम्की दिँदै आएको छ । यसबाट उत्तर कोरिया र अमेरिकाबीच शत्रुतापूर्ण सम्बन्ध झनै बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको बिनास गर्ने धम्की दिँदै आएका छन् ।

मङ्ल, भदौ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न गरेको छ । नेपालबाट कोलोराडो पुगेर विभिन्न पेशा व्यवसाय गरेर बसेका नेवाःहरुको समूहले नेपालबाट म्हपूजा सामाग्री लगेर नेवाः संस्कृति र सभ्यतालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय दिने कोशिस गरेको आयोजक संस्थाका सदस्य शैलेस रञ्जितकारले बताउनु भयो । नेपालको...

दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ

सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ । दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।   हालैको एक रिपोर्टले यो कुराको खुलासा...

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइए(भिडियो सहित)

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइएका छ । आफ्नै महिला सहकर्मीका सौचालय भित्रका गाप्य गतिविधि क्यामेरामा कैद गरेका अभियागमा विवेक दाषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीका २ सय ५० वटा गोप्य भिडिया मोवाइलमा कैद गरेका थिए । युटिएस...

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु

असोज, कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी...

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरे

असोज, काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल...

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा महावाणिज्य दूतावास उदघाटन

भदौ, बेइजिङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री महराले आइतबार गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद दिए ।   मन्त्री...