अर्थ

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा


असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।

 

त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै चीन पुग्छ ।

भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । गुणस्तर परीक्षण नगरिएको मासुलाई चीनले आयात गर्न दिँदैन । सोही कारण व्यवसायीले घुमाउरो बाटो प्रयोग गरेका हुन् ।

नेपालमा खुलेका मासुजन्य उद्योगमा चिनियाँ लगानीकर्ताको लगानी छ, जसले नेपाली व्यवसायीसँग साझेदारी गरेका छन् ।

ती कम्पनीको मुख्य उद्देश्य आफ्नो मुलुकमा रहेको अत्यधिक माग धान्नु हो । र, सीधा निर्यात गर्न नसकिने भएकाले चिनियाँ भूमिमा प्रवेश गराउँछन्, उनीहरुले ।

अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीको भनाइ छ ।

चिनियाँ लगानीमा नेपालमा हालसम्म १० वटा मासु उद्योग खुलिसकेका छन् । तर, तीमध्ये अधिकांश बन्द छन् । वीरगञ्ज र हेटौंडाका उद्योग बन्द भइसकेको व्यवसायीहरुले जानकारी दिए ।

भारतबाट चराउँदै नेपाल भित्र्याइएका राँगा, भैंसी ती उद्योगमा पुर्‍याएर काटिन्छ र मासु प्रशोधन गरिन्छ ।

माग बढ्दै, निर्यात घट्दै

उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ३६ करोड रुपैयाँको राँगा तथा भैंसीको मासु थाइल्यान्ड, भियताम र लाओस निर्यात भएको छ । आव ०७२/७३ मा उक्त परिमाण ३५ करोड रुपैयाँ बराबर थियो । आव ०७१/७२ मा ६६ करोडको निर्यात भएको थियो भने आव ०७०/७१ मा ७१ करोडको ।

र, त्यो सबै चीन पुर्‍याइएको थियो ।

काठमाडौं र बर्दियामा मासु उद्योग ‘चाइना लङ फुड’ सञ्चालन गरिरहेका लाले तामाङका अनुसार नेपाली मासु उद्योगहरुले विदेशमा माग भएअनुसार उत्पादन गर्न सकेका छैनन् । देशमा राँगा र भैंसीको उपलब्धता घट्दै गएका कारण पनि उत्पादन बढाउन नसकिएको तामाङको भनाइ छ ।

भारतबाट आयातीत राँगा/भैंसीमै निर्भर रहनु परेकाले उद्योगहरुले माग धान्न नसकेका हुन् । त्यो पनि, चीनको माग नभई उद्योगको उत्पादन परिमाण धान्ने तहको मात्र छ ।

स्वदेशमा छैन माग

मासु व्यवसायीले ‘फ्रोजन’ गरेको मासु विदेश निर्यात गर्छन् । त्यस्तो मासुको बजार नेपालमा खासै छैन ।

आन्तरिक बजारमा यस खालको माग नभएका कारण पनि मासु उद्योगीहरु निराश भएका छन् । मासु उद्योग बन्द हुनुमा आन्तरिक बजारमा पनि यसको माग नहुनु हो ।

विदेशमा माग भएअनुसारको उत्पादन गर्न नसक्ने र स्वदेशमा मागै नभएका गरेका कारण उद्योगहरु बन्द गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाइ छ ।

बुध, अशोज ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कुन्साङ कान्छाको मार्सी मोह

मार्सी धान जुम्लाको उत्पादन हो ।शहरमा यो धानको अनेकौं चर्चा गरिन्छ । काठमाडौंमा मार्सी धानको चामलको राजनीति महँगो छ । ग्रामीण वर्गसंघर्षको उदम भुमि जुम्लामा उत्पादीत मार्सी धानले पुजीवादी बजारमा तहल्का मच्चाएको छ । केही दिन अघि नेकपाका युवा नेता रजमान तामाङ कुन्साङ कान्छाले रसुवाको...

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु

कात्तिक, बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मंगलबार त्यसको उद्घाटन गरे । उनले विमानस्थल निर्माण सम्पन्न गरेर ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश...

नक्कली नोटसहित पक्राउ, नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको

काठमाडौं । प्रहरीले कीर्तिपुरस्थित मच्छेट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेगाउँबाको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका...

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त

साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्डी एकएक पुरिरहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’ नयाँ बानेश्वरमा मात्र होइन,...

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरे

असार, काठमाडौं । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।   जिल्ला...