खेलकुद

पाल्पा जिल्लास्तरीय हाफ म्याराथुनको उपाधी चित्रबहादुरलाई


असोज, पाल्पा । ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ पाल्पामा आयोजित जिल्लास्तरीय खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी चित्रबहादुर गाहाले जितेका छन् ।

मदन भण्डारी स्पोर्टस ऐकेडेमी पाल्पाले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ६८ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै पाल्पाको रम्भा गाउँपालिका ३ का चित्रबहादुर गाहाले उपाधी हात पारेका हुन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा २२ मिनेटमा पार गरे ।

 

त्यस्तै १ घण्टा २९ मिनेटमा सोही दुरी पार गरी तानसेन नगरपालिका ७ का संजय थापा दोस्रो र १ घण्टा ३० मिनेटमा दुरी पार गर्दै रैनादेवी ६ का यमबहादुर थामी तृतीय भए ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई क्रमशः नगद २१ हजार १ सय २१, १५ हजार १ सय १५ र १० हजार १ सय १० रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट ८ भित्र परेका अन्य पाँच प्रतियोगी निस्दी ६ का यमबहादुर गाहा, तानसेन नगरपालिका ५ का संजय खडका, रम्भा गाउँपालिका ३ का शरद गाहा, तानसेन नगरपालिका ३ का संगम थापा र तानसेन नगरपालिका ६ का निशम रानालाई प्रोत्साहन स्वरुप नगद २-२ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै महिलातर्फ प्रथम हुने तानसेन नगरपालिका १२ की रम्भा रानालाई प्रोत्साहन स्वरुप नगद ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् एकेडेमीका केन्द्रीय अध्यक्ष तथा सांसद विनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

बिहि, अशोज ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बने

कात्तिक, काठमाडौं । क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि...

अक्टोबर, न्यूयोर्क । अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको...

रसाइली सहित १० जनालाई स्वर्ण पदकद्वारा सम्मानित

नेपाल कराते तथा किक बसिंग संघको आयोजनामा गत डीसम्बर १९ र २० मा काठमान्डौको नयाँ बजारमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा प्रविन रसाइली सहित १० जनालाइ आयोजक तिम्ले स्वर्ण पदक द्वारा सम्मान गरेको छ / एमाले निकट बरिष्ठ नेता स्वर्गीय पोष्ट बहादुर दिवाकरको स्मृतिमा प्रत्यक बर्ष...

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचाले

भदौ, काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानोको अनुपस्थिति रहेको दोस्रो लेगमा बार्सिलोनााथि २-० को जित निकालेको रियल मड्रिड समग्रमा ५-१ ले विजयी भयो । पहिलो लेगमा रियल मड्रिडले ३-१ को जित निकालेको थियो ।   घरेलु मैदान...

१५ वर्षे प्याराग्लाइडिङ पाइलटको एसियन गेम्समा उडान भर्ने लक्ष्य

साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङले व्यवसायिक मोड लिँदै गर्दा जन्मिएका युकेश गुरुङ (कोमुलस)लाई सानैदेखि आकाशमा उड्ने रहर थियो । तर, अविभावकले उनलाई क्यानोपी दिएनन् ।   उनले भने, ‘त्यतिबेलै सोचिसकेका थिए कि म एकदिन पाइलट बनेरै छाड्छु ।’ नभन्दै तिनै कोमुलस १५ वर्षको उमेर पार गर्दैगर्दा व्यवसायिक...

नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थाले फिजेट स्पिनर ।

 साउन, काठमाडौं । औंलामा राखेर फननन घुमाइने एउटा सानो खेलौनाले अहिले विश्वमै ठूलो लोकप्रियता कमाइरहेको छ । नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थालेको यो खेलौनाको नाम हो, फिजेट स्पिनर ।   तनाव कम गर्न र एकाग्रता बढाउन सहयोग गर्ने विश्वासले गर्दा यसका प्रयोगकर्ताहरु बढेका हुन् ।...