कला/मनोरञ्जन

‘छक्का पञ्जा २’ ले भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ


बुधबार फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ ।  

शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।

सिनेमाले बुधबार मोफसलमा रात्री शोहरु बाहेक ५७ लाख रुपैयाँको कारोबार गरेको छ । तर उपत्यका भित्रको कारोबार भने बाहिरएको छैन । बिहीबार बेलुकासम्म सिनेमाको कारोबार बाहिरिने वितरक नरेन्द्र महर्जनले जानकारी दिए ।

बुधबार र बिहीबार दुवै दिन काठमाडौं उपत्यका र मोफसलमा सय प्रतिशत अकुपेन्सी रहेको छ । वितरक नरेन्द्र महर्जनका अनुसार सिनेमाको कारोबारमा दसैँको टीकाको दिन बाहेक अघिपछि असर पर्ने सम्भावना कम छ । टीकाको दिनमा भने मध्यान्ह १२ बजे टीकाको साईत परेकाले १२ बजेको शोमा दर्शकहरुको कमी हुने सम्भावना देखिएको छ । अन्यथा टीकाको भोलिपल्टसम्म दर्शकहरुको उपस्थिति बुधबार र बिहीबारको जस्तै रहने पक्का भएको छ ।

यतिबेला सिनेमाका कलाकारहरु हल–हलमा पुगेर प्रत्यक्ष रुपमा दर्शकलाई भेटेर सिनेमाको बारेमा प्रतिकृया बटुल्ने र दर्शकसँग खुशी साट्ने काम गरिरहेका छन् । मिडियासँगको कुराकानीमा निर्देशक दीपाश्री निरौलाले दर्शकहरुले अहिले भने तिमीहरुले सिनेमा बनाएछौ वाह ! भनेर प्रतिकृया दिएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ गएको वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल हो । ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड राखेको छ ।

‘छक्का पञ्जा २’ मा  दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

आइत, अशोज १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत सार्वजनिक

काठमाण्डौं, गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत कार किन्देउ किन्ने भा गत श्रावण ३१ विहिवारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ । नमुना नेपाल युट्युव च्यानले वजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र...

जनचेतना जगाउने तिज गित “दुई बुढीको पोई”

गल्कोट म्युजिक प्रालि द्वारा हालै बजारमा निकालेको दुइ बुढीको पोइ तिज गीतले यस पालिको तीजमा बजार तताउने पक्का पक्कि भएको छ /जसमा रामु विरहीको शब्द,संगीत ,स्वर रामु बिरही ,धर्तीमा थापामगर ,मनिषा मगर ,आशिष घर्ती मगरको रहेको छ / उक्त गीतको म्युजिक भिडिओमा रामु बिरही, मनिषा राइ...

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ 

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ जहिले पनि क्यामेराको अगाडी पछाडी मात्र दौडिने व्यक्ति होइन  । पछिल्लो समय साहित्य क्षेत्रमा आफ्नो दरो उपस्थिति जनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हास्यकलाकार मदन कृष्ण श्रेष्ठद्वारा गाउनु भएको गितलाइ लिन सकिन्छ । जहिले पनि केही  न...

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा आएको छ ।बिदुर चापागाईंको स्वर रहेको गीतको भिडियो पनि जोडदार बनेको छ।गायिका सुजाता बिक राज गीरी आदिले पनि गीतमा अभिनय गरेका छ्न । केहीबर्षदेखि कला जगत पाइला राखेकी रमिला नयाँ गीतले बजार तताउने बिश्वास व्यक्त गर्छिन...

इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ

पुर्बी नेपालको इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ ।स्थानीय मन्चमा उनको प्रस्तुतिलाइ मन पराउने धेरै छ्न ।हुने बिरुवाको चिल्ला पात भने झै सानै उमेरदेखि उनी विद्यालय नाटक नृत्यमा पाराङगत थिइन । नाच्न गाउनमा रुचि राख्ने खुशी कला क्षेत्रमा नै रम्न चाहन्छिन ।उनलाई म्युजिक भिडियो...

काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य

 बिशेषगरी काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य पछिल्लो समय गित गाउनमा निकै व्यस्त छन् | ऊनी बुबा टिका प्रसाद आचार्य र आमा टिका माया आचार्यको कोखबाट वि.सं २०४१फाल्गुन १० गते सिन्धुलीको भद्रकाली गाऊँपालिका वडा नं ७ मा जन्मेका हुन् | अस्थायी रुपमा भक्तपुर बस्दै आएका...