खेलकुद


अक्टोबर, न्यूयोर्क । अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो ।

यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” राख्दै देशको नाम उच्च स्थानमा पुर्‍याएका छन् ।

 

उनले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरी आफ्नो नाम सदाको लागि ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन् ।

यो विश्व रेकर्ड कायम गर्न विशेष गरी साथ दिनु हुने एचकेलि ताईक्वान्दोसंचालक ग्राण्ड मास्टर एचकेलि अन्तरराष्ट्रियका प्रशिक्षक ६ डान मास्टर कृष्णबहादुर बलाल, ७ डान मास्टर साङ् इल् ह्वाङ, प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर तथा हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् ।

ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जस मध्ये वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तै गरि दुईवटा अन्तरराष्ट्रिय ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जिति सकेका छन् ।

करातेमा उनले आफ्नो ५ किसिमको पृथक विशेष अविष्कार गरेका थिए । जसमा “फाङ् काटामा”(अमेरिकन किक अन्तर राष्ट्रिय) अमेरिकन अन्तरराष्टिय खेलमा स्वर्ण कप  हात पारे । त्यस्तै सोही खेलमा “फांग खुकुरी काटा” मा रजत पदक हात पारे भने अर्को आविष्कार “फांग ब्रेकिंग” मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए ।

त्यस्तैगरि  भ्यानडम शैली  मा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेट द्वारा “कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा” नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।

विश्व रेकर्ड कायम गर्न सफल खेलाडी उज्ज्वल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा-छुट्टी विधामा ” गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” कायम गर्न आफू हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पुर्ण विश्वस्त भएको पनि बताएका छन् ।

सोम, अशोज २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बने

कात्तिक, काठमाडौं । क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि...

पाल्पा जिल्लास्तरीय हाफ म्याराथुनको उपाधी चित्रबहादुरलाई

असोज, पाल्पा । ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ पाल्पामा आयोजित जिल्लास्तरीय खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी चित्रबहादुर गाहाले जितेका छन् । मदन भण्डारी स्पोर्टस ऐकेडेमी पाल्पाले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ६८ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै पाल्पाको रम्भा गाउँपालिका ३...

रसाइली सहित १० जनालाई स्वर्ण पदकद्वारा सम्मानित

नेपाल कराते तथा किक बसिंग संघको आयोजनामा गत डीसम्बर १९ र २० मा काठमान्डौको नयाँ बजारमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा प्रविन रसाइली सहित १० जनालाइ आयोजक तिम्ले स्वर्ण पदक द्वारा सम्मान गरेको छ / एमाले निकट बरिष्ठ नेता स्वर्गीय पोष्ट बहादुर दिवाकरको स्मृतिमा प्रत्यक बर्ष...

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचाले

भदौ, काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानोको अनुपस्थिति रहेको दोस्रो लेगमा बार्सिलोनााथि २-० को जित निकालेको रियल मड्रिड समग्रमा ५-१ ले विजयी भयो । पहिलो लेगमा रियल मड्रिडले ३-१ को जित निकालेको थियो ।   घरेलु मैदान...

१५ वर्षे प्याराग्लाइडिङ पाइलटको एसियन गेम्समा उडान भर्ने लक्ष्य

साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङले व्यवसायिक मोड लिँदै गर्दा जन्मिएका युकेश गुरुङ (कोमुलस)लाई सानैदेखि आकाशमा उड्ने रहर थियो । तर, अविभावकले उनलाई क्यानोपी दिएनन् ।   उनले भने, ‘त्यतिबेलै सोचिसकेका थिए कि म एकदिन पाइलट बनेरै छाड्छु ।’ नभन्दै तिनै कोमुलस १५ वर्षको उमेर पार गर्दैगर्दा व्यवसायिक...

नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थाले फिजेट स्पिनर ।

 साउन, काठमाडौं । औंलामा राखेर फननन घुमाइने एउटा सानो खेलौनाले अहिले विश्वमै ठूलो लोकप्रियता कमाइरहेको छ । नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थालेको यो खेलौनाको नाम हो, फिजेट स्पिनर ।   तनाव कम गर्न र एकाग्रता बढाउन सहयोग गर्ने विश्वासले गर्दा यसका प्रयोगकर्ताहरु बढेका हुन् ।...