स्वास्थ्य

धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण


असोज । एनआरएनका संस्थापक अध्यक्ष एवं धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । साढे सात सय शैयाको अत्याधुनिक नेपाल मेडसिटी (एनएमसी) अस्पतालको बुधबार उद्घाटन हुँदैछ ।

नेपालमा एनआरएनको सम्मेलनको अवसर पारेर अस्पतालको उद्घाटन गर्न लागिएको हो । अस्पतालमा रेनल साइन्स, कार्डिक साइन्स, न्युरो साइन्स, ग्यास्ट्रो साइन्स, क्यान्सर सेन्टर, अर्थोपेडिकलगायतका सुविधा उपलब्ध हुनेछ । अस्पतालको छतमा हेलिप्याड रहने भने उपचारका लागि अत्याधुनिक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा १२ वटा अपरेसन थियटर सञ्चालन हुने छ । मुटुरोग र क्यान्सर रोगलाई विशेष प्राथमिकता दिइएकाले पनि मेडसिटी अस्पताल सञ्चालनमा आएपछि भारतका विभिन्न अस्पताल (मेदान्त, फर्टिज, टाटा) मा जानबाट नेपालीलाई केही हदसम्म भए पनि रोक्न सकिने अस्पतालले बताएको छ ।

मेडसिटी अस्पतालमा नेपालका चर्चित चिकित्सकहरूले सेवा दिने भएका छन् । उद्घाटन भएको केही समयपछि मात्र अस्पतालले उपचार सेवा सुरु गर्ने भएको छ ।

चक्रपथभन्दा एक किलोमिटर मात्रै दूरीमा रहेकाले पनि अस्पताल पुग्न निकै सहज हुने देखिन्छ । नेपालमा खुलेका ठूला अस्पताल प्रायः चक्रपथभित्रै छन् । तर, मेडसिटीले भने सैंवु भैंसेपाटीमा ठूलो ठाउँ चर्चेको छ ।

बिहि, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा

काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो । धुम्बाराहीमा १५ रोपनी...

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे

काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्। ‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’ ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि...

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड

१६ भदौ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ । हरिवन नगरपालिका वडा नं. ७...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...

मेरो कुरामारीत्वमाथि आशंका

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै...

माक्सले प्रदूषित वायु रोक्छ कि अक्सिजन प्रवाहमा वाधा पुर्‍याउँछ ?

केही समयअघि नेपाल भ्रमणमा आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा पोस्ट गरेको तस्विरमाथि खासगरी नेपाली प्रयोगकर्ताले तिखो आलोचना गरे । ट्वीटरमा उनी केही महिलाहरुसँग लस्करै उभिइरहेकी देखिन्थे र तस्विरसँगए उनले पेट्रोलको गन्ध मिसिएको काठमाडौंको वायुमाथि कटाक्ष गरेकी थिइन् । हामीलाई लाग्यो, बलिउड अभिनेत्रीले नेपालको बदनाम गरिन्...