अन्तर्राष्ट्रिय

दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ


सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ ।

दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।

 

हालैको एक रिपोर्टले यो कुराको खुलासा गरेको छ । शोधकर्ताहरुले जब ढलमा रहेका ठोस फोहोर निकालेर ती फोहोर छुट्टाएर अध्ययन गरे । तब त्यस्तो फोहोरमा सुनचाँदीका अत्यधिक टुक्राहरु भएको पाइयो । विभिन्न ठाउँको ढलको ठोस फोहोर प्रशोधन गर्दा ३ हजार किलो चाँदी तथा ४३ किलो सुन जम्मा भएको छ ।

आखिर फोहोर बग्ने ढलमा यति धेरै बहुमूल्य सुनचाँदी कसरी पुग्यो त ? वास्वतमा यो सुनचाँदी कोही मानिसले टुक्रा पारेर फ्याँकेको होइन । स्विजरल्याण्डका विभिन्न घडी कम्पनी तथा केमिकल कारखानाहरुबाट निस्किने फोहोरमा यस्तो सुनका टुक्राहरु हुने गर्दछन् ।

स्विस फेडरल अफिस फर इन्भारोमेन्टको एक अध्ययनले यो कुराको खुलासा गरेको छ । अध्ययनका क्रममा देशभरका ६४ वटा ढल प्रशोधन प्लान्टको सर्भेक्षण गरिएको थियो । कतिपय क्षेत्रका प्रशोधन प्लान्टमा सुनको मात्रा धेरै पाइयो भने कतिपयमा कम पाइयो । धेरै संख्यामा सुन प्रशोधन कारखाना रहेका दक्षिणी स्विजरल्याण्डका ढल प्रशोधन प्लान्टमा सुनको मात्रा समेत अत्यधिक धेरै पाइएको छ । एजेन्सी

आइत, अशोज २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न...

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु

असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् ।...

नेपालले चीनका चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने छ

काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो। सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा...

लुम्बिनीले गौतम दियो, बोधगयाले बुद्ध: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले देखाएको बाटो आज विश्वका अतिवाद र आतंकवादजस्ता समस्या समाधानको प्रेरणा स्रोत भएको बताएका छन्। पशुपतिको प्राङ्गणमा निर्मित धर्मशाला उद्घाटनपछि सम्बोधन गर्दै मोदीले काठमाडौँको गल्लीमा हिन्दु र बौद्ध धर्मावलम्बीबीच रहेको मेलमिलाप देखिने गरेको बताए। मोदीले लुम्बिनीले गौतम दिएको बोधगयाले बुद्ध दिएको तर्क...

कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु

साउन, काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।   तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन । नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी...

इन्डोनेसियामा शक्तिशाली भूकम्प गए

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।   इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका...