अन्तर्राष्ट्रिय

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न


अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न गरेको छ । नेपालबाट कोलोराडो पुगेर विभिन्न पेशा व्यवसाय गरेर बसेका नेवाःहरुको समूहले नेपालबाट म्हपूजा सामाग्री लगेर नेवाः संस्कृति र सभ्यतालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय दिने कोशिस गरेको आयोजक संस्थाका सदस्य शैलेस रञ्जितकारले बताउनु भयो ।

नेपालको समय अनुसार शनिबार बिहान सम्पन्न म्हपूजामा नेवाःहरुका साथै गैर नेवाःहरुको समेत उत्साहपूर्वक सहभागिता रहेको उहाँले बताउनुभयो । पूजामा नेवाः मण्डलाको पनि प्रदर्शन गरिएको थियो ।

शनि, कार्तिक ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता

 माघ, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिएकी छन् । बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक...

लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारे

माघ, काठमाडौं । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले...

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए। ‘आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर...

मलेसियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

 काठमाडाैं । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।   मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून...

दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ

सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ । दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।   हालैको एक रिपोर्टले यो कुराको खुलासा...

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइए(भिडियो सहित)

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइएका छ । आफ्नै महिला सहकर्मीका सौचालय भित्रका गाप्य गतिविधि क्यामेरामा कैद गरेका अभियागमा विवेक दाषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीका २ सय ५० वटा गोप्य भिडिया मोवाइलमा कैद गरेका थिए । युटिएस...