खेलकुद

क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बने


कात्तिक, काठमाडौं । क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो ।

यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए ।

सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि जित्ने क्रममा उनले अर्जेन्टिनी लियोनल मेसी र ब्राजिलियन नेइमारलाई पछि पारे ।

३२ वर्षीय रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका थिए ।

यसैबीच बार्सिलोनाकी लिक मार्टेन्सले उत्कृष्ट महिला खेलाडी र जिनेदिन जिदानले उत्कृष्ट पुरुष प्रशिक्षकको उपाधी जितेका छन् ।

मङ्ल, कार्तिक ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।   सोही योजना अनुसार अागामी...

नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरे

फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।   अन्तिम ओभरमा...

अक्टोबर, न्यूयोर्क । अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको...

पाल्पा जिल्लास्तरीय हाफ म्याराथुनको उपाधी चित्रबहादुरलाई

असोज, पाल्पा । ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ पाल्पामा आयोजित जिल्लास्तरीय खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी चित्रबहादुर गाहाले जितेका छन् । मदन भण्डारी स्पोर्टस ऐकेडेमी पाल्पाले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ६८ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै पाल्पाको रम्भा गाउँपालिका ३...

रसाइली सहित १० जनालाई स्वर्ण पदकद्वारा सम्मानित

नेपाल कराते तथा किक बसिंग संघको आयोजनामा गत डीसम्बर १९ र २० मा काठमान्डौको नयाँ बजारमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा प्रविन रसाइली सहित १० जनालाइ आयोजक तिम्ले स्वर्ण पदक द्वारा सम्मान गरेको छ / एमाले निकट बरिष्ठ नेता स्वर्गीय पोष्ट बहादुर दिवाकरको स्मृतिमा प्रत्यक बर्ष...

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचाले

भदौ, काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानोको अनुपस्थिति रहेको दोस्रो लेगमा बार्सिलोनााथि २-० को जित निकालेको रियल मड्रिड समग्रमा ५-१ ले विजयी भयो । पहिलो लेगमा रियल मड्रिडले ३-१ को जित निकालेको थियो ।   घरेलु मैदान...