इतिहास

शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा


मुस्ताङ : मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् ।

उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ । छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ । यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ ।
यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन् । कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनू भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’

शवको मासु खाएर गिद्धले डाँडाकाँडामा दिसा गरेपछि मरेको मान्छेको पनि वरत्रपरत्र राम्रो हुन्छ र कुलवंश पनि फैलिन्छ भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन् । गाड्नुलाई भने नराम्रो मानिन्छ । ‘कुनै डरलाग्दो सरुवारोग लागेर मरेको मान्छेलाई गाड्ने सुझाव लामागुरुले दिन्छन्’, दालमे गाउँपालिकाका प्रमुख राजु विष्टले भने ।

‘सरुवा रोगको महामारी वा घाउ खटिराले मरेकालाई कि गाड्ने कि काटेर कालीगण्डकीमा बगाउने चलन छ’, उनी भन्छन्, ‘गाड्दा लासको रोग अरूमा फैलन पाउँदैन । रोगी मान्छेलाई काट्दा अरूलाई पनि सर्छ । गिद्धलाई पनि सर्छ ।’

पानीमा बगाउने विकल्प पनि रोजाइमा नपर्ने उनी बताउँछन् । ‘पानीले रोगका कीटाणु नाश गर्छ भनेर सरुवा रोगले मरेकालाई चोक्टा चोक्टा बनाएर पानीमा बगाउने विकल्प पनि दिन्छन्’, उनी भन्छन् ।

उनका अनुसार पहिलो प्राथमिकता काटेर गिद्धलाई खुवाउनु, दोस्रो रोजाइको विकल्प जलाउनु, तेस्रो विकल्प काटेर पानीमा बगाउनु र चौथो प्राथमिकता गाड्नुलाई दिने गर्छन् ।लास कुहिने, किरा लाग्ने भएकाले गाड्ने चलनलाई नराम्रो मान्ने धार्मिक विश्वास रहेको स्थानीय शिक्षक धु्रव बराल बताउँछन्।

गिद्धलाई खुवाउनुलाई भने सबैले राम्रो मान्ने लोमान्थाङ गाउँपालिकाका प्रमुख विष्टको भनाइ छ । ‘चराको आहारा हुन पाउँदा मरेपछि पनि सदुपयोग भयो भन्ने धार्मिक विश्वास छ’, उनी भन्छन्, ‘यो विकल्पले चराको संरक्षण पनि हुने भएकाले यो विकल्पलाई सबैले रोज्छन् ।’ जलाउनका लागि उपल्लो मुस्ताङमा दाउरा अभाव हुने उनको भनाइ छ ।

केही वर्षअघि गिद्ध लोप हुँदै गएको थियो । तर, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले गिद्ध संरक्षण अभियान चलाएपछि गिद्ध फेरि पर्याप्त हुन थालेको स्थानीय बताउँछन् ।
दालमे गाउँपालिकाका प्रमुख विष्टका अनुसार जलाएर अन्त्येष्टि गर्नु दोस्रो रोजाइको विकल्प हो । ‘वैशाखदेखि असोजसम्म मर्ने मान्छेलाई प्रायः काटेर गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने चलन छ’, उनी भन्छन् ‘जलाउनका लागि यो क्षेत्रमा दाउराको अभाव छ । जलाउँदा वातावरण बिग्रने, अनावृष्टि हुने डर पनि हुन्छ । त्यसैले लामागुरुले जलाउने विकल्प पनि कम दिन्छन् ।’लास खोलामा फाल्दा पानी प्रदूषित हुने हुनाले पनि गिद्धलाई खुवाउने चलन रोज्ने गरिएको शिक्षक बराल बताउँछन् ।

‘लास काटेर बगाउँदा जलचरले खाने, जताततै फैलिने भएकाले यो चलनलाई राम्रो पनि मान्छन्’, २५ वर्षदेखि मुस्ताङको विद्यालयमा पढाइरहेका शिक्षक बराल भन्छन्, ‘गाड्दाखेरि कुहिने, सड्ने, किरा लाग्ने भएकाले यो विकल्पचाहिँ त्यति राम्रो मान्दैनन् ।’

मान्छे मरेपछि खोला किनारमा लगेर मसिनो टुक्रा पारेर काट्छन् । लामाले मन्त्र पढेर गिद्धलाई बोलाउँछन् र खुवाउँछन् । लास काट्नुअघि दुईदिनसम्म नदीको बगरमा गाडेर राख्ने चलन छ । यसो गर्दा दाहसंस्कार गर्नेलाई मर्ने मान्छेको रोगव्याधी सर्दैन भन्ने विश्वास छ ।

‘लामागुरुले शंख फुकेर अनेक मन्त्र पढेर गिद्धलाई खोला किनारमा बोलाउँछन्’, दाहसंस्कारका प्रत्यक्षदर्शी शिक्षक बराल भन्छन्, ‘लामाले बोलाएपछि गिद्ध पनि हुरुरु आउँछन् ।’ गिद्ध आएपछि मासु र हाडलाई धुलो बनाएर पिठो र रगतमा मुछेर खुवाउने चलन छ ।हाड नाताले हाड नफोर्नू, रगतको नाताले मासु नकाट्नू

लास काट्ने पनि यो समुदायको अलग्गै चलन छ । मावलीलाई रगतको र दूधको नाता मानिन्छ । रगतको नाता पर्नेले मासु (रगत) काट्न हुँदैन भन्ने जनविश्वास छ । बुबातर्फका आफन्तलाई हाडनाता भनिन्छ । हाडनाता पर्नेले हड्डी फुटाउनु हुँदैन भन्ने जनविश्वास छ । ‘दूधको नाताले मासु काट्न नहुने, हाडको नाताले हाड फुटाउन नहुने भन्छन्’, उनी भन्छन्, ‘त्यसैले हाडनाता पर्नेले मासु काट्छन् । दूध (रगत)को नाता पर्नेहरूले हड्डी फुटाएर धुलोपिठो पार्छन् । हड्डीलाई पिठो र रगतमा मुछेर गिद्धलाई खुवाउँछन् ।’ धुलोपिठो बनाउन नसक्ने खालको हड्डीलाई गाडेर अन्तेष्टि गर्छन् ।

लास काट्ने मान्छेको अभाव

समयको परिवर्तनसँगै तल्लो मुस्ताङमा लास काट्ने मान्छेको अभाव हुन थालेको छ । जलवायु परिवर्तनका कारण तल्लो भेगमा गिद्ध पनि लोप हुँदै गएको छ । लामाले मन्त्र पढेर, शंख फुकेर बोलाउँदा पनि गिद्ध नआएमा लामाले गिद्धको अभिनय गरेर उफ्रिदै-उफ्रिदै मासु, हाड सबै नदीमा लगेर बगाउने गर्छन् । ‘तल्लो मुस्ताङमा चाहिँ जलवायु परिवर्तनको कारणले होला अहिले गिद्ध पाउन गाह्रो छ’, अर्का स्थानीय शिक्षक प्रदीप पोखरेल भन्छन्, ‘गिद्ध अभाव भए पनि पुरानो चलन त छाड्नु भएन ।

गिद्ध आएन भने लामाले गिद्धको अभिनय गरेर मासु र हड्डी नदीमा बगाउँछन् ।’अहिले लास काट्ने मान्छेको समेत अभाव हुन थालेको उनी बताउँछन् । ‘लास काट्न जो-कोही तयार हुँदैनन्’, उनी भन्छन्, ‘लास काट्ने मान्छे पाउन पनि छाड्यो । गिद्ध पनि आउन छाड्यो । तल्लो मुस्ताङमा यस्तै कारणले त सबैले लास जलाएर अन्त्येष्टि गर्न थालेका छन् ।’कुनै गाउँमा भने लास काट्न बाहिरको (व्यावसायिक) जनशक्ति प्रयोग गर्न पनि थालेको पोखरेलको भनाइ छ ।

तल्लो भेगमा लास काटेर गिद्धलाई खुवाउने परम्पराको अन्त्य भएपछि संस्कृतिप्रेमीहरू चिन्तित भएका छन् । ‘तल्लो मुस्ताङमा पुरानो परम्परा ब्युँताउने कि नब्युँताउने भन्नेबारे छलफल भइरहन्छ’, दालमे गाउँपालिकाका प्रमुख विष्ट भन्छन्, ‘तल्लो मुस्ताङमा दक्षिणतिरको संस्कृतिले पेल्दै लगेको छ । तर, हाम्रो उपल्लो मुस्ताङमा धर्म, संस्कृतिको बढी नै माया गर्ने मान्छे छन् । त्यसैले यो परम्परा चलिरहेको छ ।’

अन्नपुर्ण पोष्टबाट साभार

आइत, कार्तिक १२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाला र टुकुचामा रहेका गाउहरुको नामहरु

नालामा रहेका गाँउहरुको नामहरु १.भण्डारी गाँउ २.शेरा ३.सुमारा गाँउ ४.तिन घरे गाँउ ५.चार घरे गाँउ ६ चुनाताल ७.बाताल ८.आँगाल ९.दाहाल गाँउ १०.टुसाल ११.द्वय बास भान्ज्यांग १२.नाला १३.बुले गाँउ १४.आगाल (राजाटार ) १५.चौतारा १६.शशिपानी १७.पंयुखर्क १८.बजगाई गाउ १९.तन्चोक २०.चिसापानी २१.खर्क डाडा २२.कोदार २१.रायमाले २२.मेले २३.कांक्रे   टुकुचामा रहेका गाँउहरुको नामहरु १.रायगाँउ २.पाण्डे  गाँउ ३.दंदाल गाँउ ४.ब्याङ्ग ढुंगे ५.टुकुचा ६.अमल्डोल ७.गिरि गाँउ ८.घिमिरेगाँउ ९.डुदामुख १०. ...

नाला शहरमा रहेका टोलहरुको नामको नामाकरण

प्राचिन ऎतिहासिक नाला शहर उपत्यका भन्दा बाहिरको नेवारी बस्ती हो / हाल बनेपा नगर पालिका वडा ४ अन्तर्गत पर्दछ /अधिकांश यहाका नेवारहरु खुब मेहिनतका साथ खेतीपाती गर्दछ / समयसंगै बिस्तारै यो पेशा बदलिंदै गएकाछन् / अधिकांशको बसोबास हाल आएर नाला भन्दा बाहिर काठमांडू हुन् पुगेको छ /...

नालाका ऐतिहासिक ११ मानव निर्मित पोखरीहरु

मानव निर्मित पोखरीहरु त्यसै बनाएका हुदैन । मानवको आवश्यकता अनुसार आफ्नो उधेश्य पुरा गर्न पोखरिहरुको निर्माण गरेको हुन्छ । पछि त्यही पोखरीमा बिभिन्न किम्बदन्ती र ऐतिहासिकताहरु जोड्दै गएको हुन्छ । काठमाण्डौ  उपत्यकाका साना  ठुला सबै पोखरीहरु प्राय त्यसरी नै बनेका छन् ।  कहिले कहीं पोखरी ठुला मन्दिर...

नालामा पनि कुमारी स्थापना गर्नु पर्ने

“जीवित देवी कुमारिया प्रतिष्ठा ये ,यल,ख्वपय जक जुयाच्वंगु मखुसे थिमी , बुंगय , भ्वतय, नाला ,पन्ती ,सक्व आदि थाय थासय कुमारिया प्रतिस्था जुयाच्वंगु खँ न्यने दु /”  यो कुरा कुमारिया पत्रिका पेज १०३ मा बद्रीलाल श्रेष्ठको “नेपालय कुमारी जात्राया परम्परा “शिर्षक लेखमा  उल्लेख गरेको छ /...

हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा नेपालकाे पहिलो चट्टान अभिलेख

खुल्ला अाकाश मुनिकाे खुल्ला संग्रहालय। नेपालकाे पहिलो चट्टान अभिलेख भक्तपुर जिल्लाकाे हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा एक राज्यका एउटै शासकका मात्रै नभएर अन्य राज्यका धेरै शासक र अन्यले राख्न लगाएका समेत गरि अनेक कालका धेरै चट्टान अभिलेख रहेका छन्।ठुलो ढुङ्गामा कुँदिएका सबै (६वटा) चट्टान...

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग

काठमाडौं–जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ । सामूहिक ट्रेडमार्क प्रयोग गर्न व्यवसायीले उद्योग विभागमा प्रस्ताव पेस गरिसकेका छन् । विभागले सामूहिक व्यापार...