पर्यटन

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै


कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।

 

राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा बाहृय पर्यटकको संख्यामा वर्षैपिच्छे बढ्दो क्रममा छ । रारामा पुग्ने आन्तरिक पर्यटकलाई हेर्दा लाग्छ भ्रमण चेतनामा नेपालीहरु माथि पुगिसकेछन् ।

गाडी, मोटराईकल र प्लेन चार्टर गरेर अहिले पर्यटकहरु रारा पुग्ने गरेका छन्

हिमाली राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकहरुलाई प्रबेश निशुल्क गरिएका कारण कति जना रारा घुम्न आए भन्ने एकिन डाटा नभएपनि होटेलबाट लिएको जानकारीको आधारका दैनिक करिब २ सयको हाराहारीमा स्वदेशी पर्यटकहरु रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्र शेखर चौधरीले बताए ।

राराताल नजिकै रहेको डाँफे गेष्ट हाउस र भिलेज हेरिटेज एण्ड रिसोर्ट यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छन् । होटलमा भएको कोठा अपुग भएपछि होटेलले बाहिर टेण्टको व्यवस्था गरेको छ ।

भिलेज हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दीपक रावतले यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताए ।

उनले विदेशी पर्यटकहरु पहिला नै होटेल बुकिङ गरेर आउने गरेका कारण समस्या नभएपनि आन्तरिक पर्यटकहरु यहाँ आएपछि मात्रै होटल खोज्ने गरेका कारण उनिहरुलाई व्यवस्थान गर्न समस्या हुने गरेको बताए ।

रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले अघिल्ला वर्षहरुमा आन्तरिक र विदेशी पर्यटक बाषिर्क दुईसय जनासम्म आउने गरेकोमा यो वर्ष दशै सकिएलगत्तै दैनिक एकसयदेखि दुईसयसम्म आन्तरिक र विदेशी पर्यटक आउने गरेको बताए ।

उनले अघिल्लो वर्ष विदेशी १ सय २४, सार्क मुलुकबाट ३ जना र करिब सय जना आन्तरिक पर्यटकहरु रारा घुम्न आएको बताए ।

साथीहरुले फेेसबुकमा राराको तस्विर राखेर प्रचारप्रसार गरेका कारण यहाँ घुम्न आएको चितवनबाट गाडीमा आएका रामहरि खनालले बताए । उनले रारा पुग्ने बाटो अप्ठ्यारो भएपनि यहाँपुगेपछि भने स्वर्गको आनन्द महशुस भएको बताए ।

त्यस्तै साथीभाईहरुसँग मोटरसाईकलमा रारा घुम्न आएका कञ्चनपुरका राजेन्द्र पन्तले रारामा सोचेको भन्दा राम्रो व्यवस्थापन रहेको बताए । उनले मोटरसाईकलमा आउँदा केहि प्राविधक समस्याहरु आएपनि रारा पुगेपछि सबै विर्सेको बताए ।

रारा घुम्न चितवन वा कञ्चनपुरबाट मात्रै होईन पोखरा, काठमाडौं, नेपालगंज लगायत शहरबाट पनि थुप्रै पर्यटकहरु पुगेका छन् ।

कसरी पुग्ने रारा ?

हवाई मार्गबाट जाँदा नेपालगञ्ज बिमानस्थलबाट मुगुको ताल्चा बिमानस्थल पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टा हिँडेपछि रारा पुग्न सकिन्छ । हिड्न नसक्नेहरुका लागि घोडाको पनि व्यवस्था छ । घोडाका लागि एक जनाको १५ सय शुल्क तिर्नुपर्छ ।

आफ्नै अथवा भाडामा गाडी लिएर जाने हो भने कोहलपुरबाट सुर्खेत हँुदै कालिकोट र त्यहाँबाट रारा पुग्न दुईदिन समय लाग्छ ।

सोम, कार्तिक १३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रानीकोटदेखि नालासम्म

भाद्र १, २०७५ कान्तिपुर संवाददाता काठमाडौँ — भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड,...

नाला तन्चोकमा आकर्षक भ्यु टावर

विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब...

पूर्वलडाकुको मुख्यालय रहेको शक्तिखोर युद्ध पर्यटकीय केन्द्र !

साउन, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।   चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै...

फस्टाउँदै पर्यटन

फस्टाउँदै पर्यटन याेगेश ढकाल नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी...

चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।   अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो । यो झरनाले पर्यटकबाट हुने आम्दानीबाट यसको सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको थियो...

काभ्रेको उग्रचण्डी नाला बनेपामा होम स्टेको आवश्यकता र चुनौती

होमस्टे भनेको स्थायी घर बाँस भएको स्थानबाट अर्को स्थानमा अस्थाई रूपमा भ्रमण गरि कम्तिमा २४ घन्टा समय विताई त्यहाँको आवास,खानाआदि सेवा उपभोग गरि प्राकृतिक सौन्र्दर्य ,स्वच्छ र शान्त वातावरण ,डाँडाकाडाँ , भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना , छाँगा  धार्मिक तथा एतिहासिक स्थान र...