प्रविधि

‘डिजिटल नेपाल’ बनाउन सञ्चार मन्त्रालयले थाल्यो तयारी, जापानी प्रतिनिधिमण्डलसँग छलफल


काठमाडौँ :  सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तयारी थालेको छ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरेका हुन्।

नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो। मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसञ्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा प्राथमिकताका साथ काम गर्दै आएको छ।

नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोअपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायतको प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसँग छलफल गरेको छ।

जापानी प्रतिनिधिमण्डलले आफूहरु नेपालको दूरसञ्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको बताउँदै सो सम्बन्धी प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ।

भेटपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताए।

मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ। सरकारले आगामी तीन वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ।

मन्त्री बस्नेतले मुलुकको भौगोलिक विकटता र प्राकृतिक विपत्तिसँग जुध्नसक्ने सूचना प्रविधिको विकासका लागि विश्वभरबाट दक्ष रणनीतिक साझेदारको खोजीमा रहेको जानकारी दिए। यसका लागि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ।

मन्त्री बस्नेतले सरकार दूरसञ्चार क्षेत्रमा फड्को मार्नका साथै मुलुकभित्रै नोट छपाइ, राष्ट्रिय परिचयपत्र र राहदानी छपाइको तयारीमा रहेको जानकारी दिए।रासस

बुध, कार्तिक १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ ।   स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानलाई...

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...

ऋतिक रोशन पापड बेचिरहेको

फागुन । ऋतिक रोशनका केही तस्विर सार्वजनिक भएका छन्, जसमा उनी पापड बेचिरहेको देखिन्छन् । यी तस्विर केही दिन अघि जयपुर देखि करिब ९० किलोमिटर टाढा साम्भर रोडमा कैद गरिएका हुन् । ऋतिक त्यहाँ आगामी फिल्म ‘सुपर ३०’को सुटिङ गरिरहेका थिए । फिल्ममा उनी सुपर ३०...

सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुले

फागुन, काठमाडौं । सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुलेको छ । सर्बोच्च अदालतले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन हुने भएको हो । अब सरकारले यसअघि सुरु गरेको एनालग टेलिभिजन बन्द गर्ने काम अघि बढाउन...

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाए

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् ।   विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक...

सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दै

 मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् ।   तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा...