शिक्षा

आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परे


ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर चेकजाँच गरेको थियो । ‘बिहानको समयमा कलेज आउने समयमा ट्राफिकको चेकिङ नहुने तथा कलेज छुट्दा पिक आवर भएको हुँदा कलेजका विद्यार्थीहरुले चलाउने सवारीलाई नियमन गर्न सकिरहेका थिएनौँ,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले नियम उल्लंघन गर्ने र दूर्घटनामा पर्ने संख्या पनि बृद्धि भएको पायौँ ।’ मंगलबार बिहानै कलेजहरुको हब मानिएको कुमारीपाटी क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा १०३ जना विद्यार्थीहरुले ट्राफिक नियम उल्लघंन गरेको पाएको हाछेथुले जानकारी दिए । कारवाहीमा पर्ने विद्यार्थीहरुले लाइसेन्स बिना सवारी चलाएको, तीव्र गतिमा सवारी चलाएको, मोटरसाइकलको स्वरुप परिवर्तन गरेको र दुई जनाभन्दा बढी सवार भएको पाइएको थियो । ‘लाइसेन्स नबोकी मोटरसाइकल चलाउनेहरुलाई सामान्यतः चिट काटेर छाड्ने गरेका थियौँ । तर, विद्यार्थीको हकमा हामीले लाइसेन्स नल्याई सवारी नदिने भनेर त्यस्ता मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएका छौँ,’ हाछेथुले भने । उनले विद्यार्थीका अभिभावकलाई पनि आफ्नो छोराछोरीले कसरी सवारी चलाइरहेका छन् भन्ने विषयमा ध्यान दिन पनि आग्रह गरे । ‘कलेज पढ्ने विद्यार्थीका आमाबाबुले आफ्ना छोराछोरीले लाइसेन्स बिनै सवारी चलाइरहेका छन् कि मोटरसाइकलको स्वरुप बदलेर ट्राफिक नियमको उल्लघंन गरिरहेका छन् कि भनेर एक पटक ध्यान दिन आग्रह गर्दछौँ । यसले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न र अप्रिय घटना घट्न नदिन मद्दत हुने थियो,’ उनले आग्रह गरे । अबदेखि नियमित चेकजाँचको साथै आकस्मिक चेकजाँचलाई पनि तिव्रता दिने योजना हाछेथुले सुनाए । यसले दुर्घटना कम हुनका साथै ट्राफिक व्यवस्थापनमा पनि मद्दत मिल्ने उनले आशा व्यक्त गरेका छन् ।

मङ्ल, कार्तिक २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बुध्द प्रकाश सेकेन्डरि स्कुल त्यस क्षेत्रकै नमूना स्कुल

हरेक बच्चा हरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ संचालित स्कुल बुद्ध प्रकाश सेकेन्डरी गोकर्नेश्वोर ६  नारायणटारमा पर्दछ । करिब ७00 बिध्यार्थी पठन पाठन गरिरहेको यो स्कुलमा किताबको ज्ञानको अलावा अतिरिक्त क्रियाकलापलाई पनि विशेष ध्यान दिइने गरिन्छ । बाल बालिकाभित्र लुकेर बसेका प्रतिभालाइ पहिचान गरि उजागर गर्न प्रोत्साहन...

रानिपौवा स्रोत केन्द्रका प्रधानाध्यापकहरुको बैठक धमाधम

ककनी गाउपालिका अन्तर्गत रानिपौवा स्रोत केन्द्र स्तरीय प्रअहरुको बैठक आज नुवाकोटको ककनीमा धमाधम संचालन भइरहेको छ ।बैठकमा स्रोत ब्याक्ति तुलध्वोज खतिवडाको बिशेष उपस्थितिमा स्रोत केन्द्र भित्रका ४४ वटा बिध्यालयका प्रअहरुको उपस्थिति रहेको छ। ककनी ४  का अध्यक्ष दिपेश लामा ५  का अध्यक्ष राम थिङ ,गाउपालिका कार्यकारी...

शैक्षिक संस्थाहरू कै शिर —शिध्दार्थ बनस्थली

माटोको घरमा टायलले छाएर २००८ सालमा काठमाडौंको बनस्थलीमा बनस्थली विद्याश्रम नामक एक बिद्यालयको स्थापना भएको थियो / गोगनलाल जोशी र बिजयानन्द जोशीद्वारा संचालित यो बिद्यालयमा शुरुमा ४-५ जना मात्र बिद्यार्थीहरु पठन पाठन गर्ने गर्दथे / पढ्नु पर्ने रहेछ भन्ने भावनाको बिस्तारै बिस्तारै बिकास हुदै गए...

चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा

काठमाडौँ — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।   यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस...

‘शिक्षा कर’ बोर्डिङ स्कुलले तिर्ने कि अभिभावकले ?

काठमाडौं । तपाईको घर वा डेरामा स्कुलबाट मंसिर/पुस महिनाको बिल आयो ? यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको छ र त्यो कर तपाईले मासिक शुल्कसँगै विद्यालयलाई बुझाउनुपर्ने छ । सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ ।...

 परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ। परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए। बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८...