अन्तर्वार्ता

मंसिरको पहिलो हप्ताबाट विराटनगर जुट मिल संचालनमा आउने

-प्रकाश ढुंगाना


मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल बन्द अवस्थामा छ।  विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि सरकारले ३ पटक चलाउने प्रयास गर्‍यो । ती सबै प्रयास असफल भए ।

आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो ।  मजदुर आन्दोलनको भार उसले थेग्न सकेन र हात झिक्यो।

चरम राजनीतिक हस्तक्षेपको चपेटामा परेको उद्योग पुन संचालन तयारीको अन्तिम अवस्थामा पुगेको छ। यसैसन्दर्भमा विराटनगर जुट मिल लिमिटेडका अध्यक्ष बसन्त वनसँग गरिएको कुराकानी

फेरि विराटनगर जुट मिल संचालनमा आउने भयो, तयारी कहाँ पुग्यो ?

लगभग लगभग तयारीहरु सकिन लागेका छन्। हामीले युद्धस्तरमा काम अगाडि बढाइरहेका छौं।  काठमाडौं विश्व विद्यालयका मेकानिकल इन्जिनियर, इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु र यस उद्योगमा पहिले काम गरेका मेकानिकल इन्जिनियरहरुको टोलीबाट मेकानिकल अडिट पश्चात मेसिनहरु मर्मत गरिरहेका छौं ।

मंसिरको पहिलो हप्ताभित्र उद्योग संचालन गर्ने तयारीमा हामी छौं। सुरुमा दैनिक १० टन जुट उत्पादन गर्ने र केही समयपछि २० टन उत्पादन गर्ने लक्ष्य हामीले राखेका छौं । विराटनगर जुट मिलको क्षमता दैनिक ४५ टन जुट उत्पादन गर्ने हो । हामीले लिएको लक्ष्य अनुसार काम हुने हो भने जुट मिल वर्षको २८ करोड मुनाफा दिन्छ।

नयाँ मेसिन नै किन्नु भयो कि पुरानै मेसिनबाट उत्पादन सुरु गर्न सकिने भयो ?

पहिला लिजमा लिएको विनमस इन्टरनेशनलले जुट मिलका मेसिनहरु कवाडी भइसकेको र नयाँ किन्नुपर्ने बताएको थियो। हामी सबैको मानसिकता पनि पुराना मेसिनहरु के संचालनमा ल्याउन सकिन्छ भन्ने नै थियो ।

भारतमा गएर जुट मिलमा प्लान्ट हेरियो, नयाँ मेसिनहरु हेरियो।  तर पुराना मेसिनले पनि पुराना प्रोडक्ट निकाल्न सक्छ भन्नेमा हाम्रो ध्यान गयो। बोरा, चकटी, धागो त पहिला पनि ती नै मेसिनबाट उत्पादन भएका हुन। विज्ञहरुको टोलीले पनि मेसिन मर्मत गरेर संचालन गर्न सकिने बतायो । पहिलाका पुराना पनि अहिले पनि उत्तिकै बलियो रहेको उनीहरुले बताए।

जुट मिलको ऋण हेर्ने हो भने, अहिले धेरै छ। यतिका धेरै ऋण तिर्ने जिम्मेवारी पनि तपाईँ नेतृत्वको टिमले कसरी व्यवस्था गर्छ ?

नेपाल बैंक लिमिटेडबाट १ करोड ७५ लाख ऋण लिएकोमा हाल बैंकको ब्याज मात्र १ सय ५५ करोडभन्दा बढी पुगेको छ। एनआएडिसीबाट १० लाख ऋण लिएकोमा ब्याज मात्र १ करोड ५७ लाख पुगेको छ।

२०५१ सालमा उदयपुर सिमेन्टबाट ४५ लाख रुपैयाँ लिएकोमा ८ करोड ७६ लाख रुपैयाँ उसलाई तिर्नुपर्ने छ। औषधि लिमिटेडबाट लिइएको औषधिको रकम तिर्न सकिएको छैन।

यसअघि जुट मिल थला परेपछि उस्कान बेला बेलामा ऋण लिइएको देखिएता पनि ब्यवस्थापन कमजोरका कारण त्यसलाई सेटल गर्न सकिएन। ऋण तिर्दा विशेष छुटको ब्यवस्था हुने कानुनी प्रावधान रहेछ। ऋण कसरी तिर्ने भन्ने विषयमा सरकार पनि सेयर होल्डर भएको हुदाँ विज्ञ टिम बसेर यसलाई टुंग्याउछौं ।

जुट मिलमा देखिएको सेयर विवाद के हो ?

सरकारको सेयर र नीजि क्षेत्रको सेयरमा विवाद देखिदैँ आएको छ।  श्री इन्डष्ट्रिजको नाममा २२७२१ कित्ता र सर्वसाधारणको नाममा ३५६६६ कित्ता देखिएको छ। अरुले पनि दाबी गरेका छन् ।

अब हामीले पुराना सेयरको हकवाला को हो थिए भने इतिहासकार राखेर हकवाला खोज्छौ। धितोपत्र बोर्डले सेयर निष्कासन गर्ने कम्पनीमा पहिलो विराटनगर जुट मिल र नेपाल बैंक लिमिटेड  भनेर सम्मान सम्मान समेत गरेको छ। विराटनगर जुट मिल बन्द भएपछि सेयर कारोबार बन्द भयो। बन्द भएका उद्योगहरुको सेयर कारोबार ओटिसीमार्फत थाल्ने तयारी भइरहेको छ।

विराटनगरमा नै अहिले ५ वटा जुट मिल संचालनमा छन्, उनीहरुसँग प्रतिष्प्रर्धा गर्न कत्तिको चुनौति छ जस्तो लाग्छ ?

उनीहरुसँग हाम्रो स्वस्थ प्रतिष्प्रर्धा रहन्छ। सहकार्य गरेर हामी अघि बढ्छौं। अर्को कुरा नेपालबाट अहिले जुट खेती लोभ भइसकेको छ। वाषिर्क ३ हजार देखि ४   हजार टन जुट उत्पादन नेपालमा हुन्छ भनिन्छ । सबैले जुट ल्याउने मुख्य बजार भनेको भारत हो, त्यसपछि बंगलादेश । अहिलेको बजार पनि उतै छ। उनीहरुसँग हाम्रो स्वस्थ प्रतिष्प्रर्धा रहन्छ।

संचालन हुदैँ पटक पटक बन्द हुदैँ आएको उद्योग संचालनमा जोखिम त छदैछ ? दिर्घकालिन रुपमा उद्योग संचालन गर्न केही योजनाहरु तय गर्नुभएको छ कि ?

अहिले ७० जना जनशक्ति छन् । २० टन उत्पादन सुरु गर्ने बेलामा १३ सय कामदार चाहिन्छ। मेसिन बनाएर पुरा संचालन गर्ने सोच छ। ४५ टन प्रतिदिन उत्पादन गर्न ३ हजारभन्दा बढीले रोजगारी पाउँछन् ।

नेपालमा पुरानो उद्योग भएका कारण औद्योगिक संग्राहलय निमार्ण गर्ने योजना छ। यसका लागि आवश्यक पहल अगाडि बढिसकेको छ। अवको ४ वर्षमा जुटको झोला र कपडा बनाउने मेसिन आयात गरेर उद्योगलाई आधुनिक रुपमा विस्तार गर्ने सोच छ।

४ वर्षमा १० हजार रोजगारी सिर्जना गरिनेछ । कृषकहरुलाई जुट खेतीतर्फ आकर्षित गर्न सरकारसँग मिलेर विभिन्न प्याकेजहरु ल्याउने छ।

आइत, कार्तिक २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय !

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ साल वैशाख १ गते रारातालको किनाराबाट देशबासीलाई गरेको सम्बोधनमा भनेका थिए-एकजना नेपाली पनि भोकै मरेमा सबै नेपालीले खान पाएका छन् भन्न सकिन्न । ओलीको यो भनाइ सरकारको नीति तथा कार्यक्रममा पनि परेपछि कानुनसरह भएको छ...

श्रीहरि फुयाँलः अनपेक्षित समयसँग वार्तालाप

कामहरूसँग खेल्दैछु । भनुँ उल्झनहरू छन् दिमागमा । एउटा–एउटा गर्दैगर्दै निप्ट्याउन पाइयो भने त उल्झनको व्यवस्थापन सहजै हुने भयो, एकै पटक आइलागे भने ती मेरा लागि भद्रगोल बन्छन् । म भद्रगोल मिलाउन जान्दिनँ । र, गर्ने, सक्ने, भ्याउने काम पनि जहाँको त्यहीँ अड्किन्छ । अर्थात्,...

कवि विनोद खत्री अाकाशसँग हेमन्तको साहित्यिक भलाकुसारी।

 १ साहित्य भनेको के रहेछ अाकाश जी ? > साहित्य भनेको मेरो बुझाइमा जीवनको भोगाइ ठान्दछु।यसमा यथार्थ कुरा र काल्पनिक कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ। २ अाकाश कविता सङ्ग्रहले अहिले समकालीन साहित्यमा खुब चर्चा कमाएको छ यसको राज के हुनसक्छ त ? यस कविता सङ्ग्रहमा मैले संसार,मेरो...

अब धेरै भाषण नगर्ने, काम गर्ने । परिणाम दिने — मन्त्री गोकुल बास्कोटा

असार, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् । ‘छिमेकीसँगको सरकारको सम्बन्ध एकदमै सन्तुलित भयो । दुबैतिरको सम्बन्ध राम्रो भयो’ मन्त्री बास्कोटाले मंगलबार अनलाइनखबरसँग भने,...

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइनः प्रधानमन्त्री

असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि...

‘केपी ओली उधारो भाका राख्छन्, वचन पूरा गर्दैनन्’– राधाकृष्ण मैनाली

माघ, काठमाडौं । नेकपा एमालेका पुराना नेता राधाकृष्ण मैनाली झापा आन्दोलन हुँदै तत्कालीन नेकपा मालेका जन्मदाता हुन् । वामपन्थी नेता मैनालीसँग दुईवटा पार्टी एकताका तीतामीठा अनुभव छन्ः एक- ०४७ साल चैतमा माले र मार्क्सवादीलाई मिसाएर नेकपा एमाले जन्माउँदाको  मीठो अनुभव । अनि दोस्रो -०५६ को...