उर्जा

चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने


चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ ।  कम्पनीको  सम्पन्न २१ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले कुल ६०० मेगावाट क्षमताको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि शेयरधनीलाई शतप्रतिशत बोनस दिने हैसियतमा पुग्ने जनाइएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत्मा कम्पनीले आगामी केही वर्षभित्र रु एक खर्ब ५० अर्ब बराबरको लगानी गर्ने बताए ।

कुल २२ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेर अगाडि बढेको कम्पनीले हाल रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कुल क्षमता २७० मेगावाट छ । यस्तै कम्पनीले निकट भविष्यमा नै करिब ६०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे कम्पनीले कमाएको इज्जतलाई सम्मान गर्दै अगाडि जान प्राधिकरण तयार रहेको बताए । उनले कम्पनीसँग भएका आयोजनामा मात्रै नभई प्राधिकरणका अन्य आयोजनामा समेत लगानी गर्ने वातावरण तयार हुने विश्वास व्यक्त गरे।

आइत, कार्तिक २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उद्योगले उत्पादन सुरु गर्‍यो तर बजार पुर्‍याउनका लागि सडक भएन

१४ मंसिर, काठमाडौं । उद्योगले उत्पादन सुरु गर्‍यो तर बजार पुर्‍याउनका लागि सडक भएन भने के होला ? जलविद्युत क्षेत्रमा अहिले यस्तै भएको छ ।   जलविद्युत आयोजनाले धमाधम निर्माण कार्य अघि बढाएर उत्पादन गर्ने तयारी थाल्दै गर्दा यसलाई जनताको घरघरमा पुर्‍याउने प्रसारण लाइन निर्माणको काम भने...

कुलमानको एक वर्षे कार्यकालः लोडसेडिङ अन्त्यदेखि विवादको भुमरीसम्म !

भदौ, काठमाडौं । गत सालको वर्षात याममा दैनिक ६ देखि ७ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । हिउँद लागेसँगै त्यो बढेर झनै १८ घण्टासम्म पुग्ने त्रासदीमा थिए जनता । लोडसेडिङको अन्त्य कल्पनासमेत गरिएको थिएन । यही त्राशदीका बेलामा कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका थिए । प्रचण्डको नेतृत्वमा...

नोजलबाट कम तेल झरे पनि कारबाही नगर्न पेट्रोलियम व्यवसायीको माग

साउन, काठमाडौं  । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग गर्दैै आन्दोलन घोषणा गरेको छ । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी...

अब विद्युत महसुल घरमै बसेर तिर्नुस

काठमाडौँ। विद्युत महसुल तिर्न जाँदा लामो समय लाईन बस्नुपर्ने झण्झटबाट अब मुक्ति पाइने भएको छ । अब घरमै बसीबसी विद्युत महसुल तिर्न सकिनेछ। यसका लागि नेपाल विद्युत प्राधिकरणले नयाँ प्रणाली ल्याउन लागेको छ । प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको...

ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह

 साउन, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन् ।   आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि नर्वेली राजदूत चेल...

नेपाल आयल निगमले जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता

साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो । निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा...