राजनिति

मेरो जित सुनिश्चित जस्तै छ

-उमेश पाण्डे


योगेन्द्र सङ्ग्रौला
उमेद्वार, बाम गठबन्धन
काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’

लामो समयसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय योगेन्द्र सङ्ग्रौला एउटा कुशल संगठन कर्ता, अनुभवी राजनीतिक कार्यकर्ता र सरल सामाजिक अभियन्ता हुनुहुन्छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ मा बाम गठबन्धनबाट साझा उमेद्वार सङ्ग्रौला विगतमा आफूले यस क्षेत्रमा गरेको काम, सामाजिक तथा राजनैतिक क्रियाकलाप र आम जनतासँगको सम्पर्कले यस प्रदेशबाट चुनाव जित्ने कुरामा ढुक्क हुनुहुन्छ । यतिबेला चुनावी कार्यक्रमहरूमा व्यस्त सङ्ग्रौलाका आफूलाई जनताले मत दिनुपर्ने कारण र आफूले जित्ने आधारहरू यस्तो रहेको बताउनुहुन्छ ।

१. चुनावी माहोल ः अहिले चुनावी माहोल राम्रो बन्दै गएको छ । प्रारम्भिक चरणको मत सर्भेक्षण र घरदैलोमा पुग्दा व्यक्त भएका जनताका भावनाहरू अत्यन्त उत्साहजनक राम्रो छ । म लगायत हाम्रो टिमले जित्छौं । साथीहरूमा केही सानातिना मनमुटावहरू थिए । ती सबै समाधान हुँदै गएका छन् । साथीहरू मप्रति अत्यन्त सकारात्मक हुनुहुन्छ ।

२. जित्ने आधारहरू ः मेरो जितको आधारहरूमा भर्खरै स्थानीय तहमा बाम गठबन्धनलाई खसेको मत परिणाम अन्य पार्टीहरूको भन्दा निकै बढी छ । बामपन्थीहरूको एकता होस् भन्ने आम जनसमुदायको भावना अनुसार अहिले त्यो एकता भएको छ । त्यस्तै स्थिर सरकार, सुशासन र समृद्ध नेपालको मुद्दालाई बाम गठबन्धनले जोडदार रूपमा उठाएको छ । राष्ट्रियएकता र वैदेशिक सम्बन्धका मुद्दाप्रति जनताले बाम गठबन्धन खासगरी नेकपा एमालेप्रति सकारात्मक भरोषा राखेकाले पनि हाम्रो जित्ने आधार बलियो हुँदै गएको छ ।

३. मत दिनुपर्ने कारण ः म पहिला २०४९ देखि–०५४ सम्म काठमाडौं नगरपालिका वडा नं. २ को वडा अध्यक्ष भएर काम गरेको व्यक्ति हुँ । मैले लामो समय यही क्षेत्रमा रहेर पार्टीको साँगठनिक तथा वैचारिक काम गर्दै आएको छु । म कानुनमा स्नातक छु र अधिवक्ता पनि हुँ । म यस क्षेत्रमा रहनुको नाताले यहाँका जनताले मबाट कानुनी, प्रशासनिक र न्यायिक निर्णयका कामहरू पनि छिटोछरितो र सहज ढङ्गले पाउने छन् । हाल म यही क्षेत्रमा स्थायी वसोवास गरिरहेको छु, मेरा प्रतिस्पर्धीहरूले बाहिरको भनेर हल्ला चलाएका छन् तर म बाहिरको व्यक्ति होइन । यो क्षेत्रलाई विकसित, समृद्ध र सुन्दर बनाउंदै लाने मेरा खास विकासका योजना र सोचहरू छन् । म क्रमशः यी कामहरू पूरा गर्दै जाने छु ।

मङ्ल, कार्तिक २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत

असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी...

नेकपाको युवा नेताको तर्क एमाले र माओवादीको कार्ड बोकेर सहरमा दलाल पुजीवाद छिर्यो ।

काठ क्षेत्रमा दुई जना बामपंथीको नाम चर्चित ।पुर्ब मालेका साम्सद नारायण ढकाल र माओवादी ( नेकपा का ) नेता शंकर दुलाल । काठको बिकास र राजनीतिक परिवर्तन लागी निरन्तर लडाइँमा छ्न दुलाल । अखिल नेपाल चलचित्रकर्मी संघको केन्द्रिय नेता समेत रहेका दुलाल नेपालमा निम्न पुजीवादी...

बाबुरामले गरे खतरनाक भविष्यवाणी : अबको पाँच वर्षपछि ओली-प्रचण्डको नेकपा विघटन भएर जानेछ

सुरुमा सुनौं ‘दक्षिणपन्थी खतरा’ र ‘अग्रगामी विकल्प’ का कुरा- मैले नयाँ शक्तिको सम्भावना विश्वस्तरमै नै देखेको छु । वस्तुगत परिस्थिति अब बन्दै आएको छ । संकटहरु देखापरिराखेका छन् । नेपाल पनि अब अर्को विन्दुमा विस्तारै जान्छ । तर, खतरा मैले कहाँ देखिराखेको छु भने हामी जुन...