स्थानीय समाचार

बाम गठबन्धनले ७५ प्रतिशत जित हातपार्ने


काठमाडौं, कात्तिक २९ गते (संसाक) । आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारको क्रममा बाम गठबन्धन काठमाडौं क्षेत्र नं. ६ निर्वाचन परिचालन कमिटी, तारकेश्वर न.पा. ११ ले एक कार्यक्रमको आयोजना ग¥यो ।
चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ६, प्रदेश (ख) का बाम गठबन्धनका साझा उमेद्वार योगेन्द्र सङ्ग्रौलाले नेपाली समाज समाजवादको युगमा प्रवेश गर्न गइरहेको अवस्थामा युगको आमूल परिवर्तनको लागि बाम गठबन्धको प्रदेश सरकार बन्ने निश्चित छ, त्यो पनि ७५ प्रतिशतभन्दा बढी मत ल्याएर हामी जित्छौं, भन्नुभयो । ‘हाम्रो देशको भौगोलिक क्षेत्र जसरी मिलेर बसेको छ, हामी हाम्रो समाज र संस्कृतिलाई त्यसरी नै मिलाएर राख्ने योजना बनाउने छौं, सङ्ग्रौलाले भन्नुभयो’, ‘हामी वार्षिक ५० हजार पर्यटकहरूलाई यो क्षेत्रमा भित्र्याउने कोसिस गर्छौं र ग्रामिण कृषि र पर्यटन क्षेत्रलाई पहिलो प्रथामिकतामा राख्छौं ।’

कार्यक्रमका प्रमुख वक्ता काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा उमेद्वार झक्कु सुवेदीले कम्युनिष्टहरू अब अधिनायकवादी हुन सक्दैनन् । हामीले सोचेअनुसार योजना लागुभएमा १० वर्षभित्रमा गरिवी उन्मूलन हुने छ । १० वर्षमा २० हजार मेघा वाट विजुली उत्पादन गरेर त्यही विजुली वेचेर धनी हुँदै जाने छौं, भन्नुभयो । ‘हिजोका आरोप–पत्यारोपलाई चिरेर जसरी आज एक भएर जाँदैछौं, त्यसैगरी हाज हामी मिलेर समृद्धि र सुखद् भविष्य ल्याउँछौं ।’ सुवेदीले भन्नुभयो, हाम्रो प्रमुख लक्ष्य नै गरिबी उन्मूलन गरेर समृद्धि तिर लाग्ने हो ।

बिहि, कार्तिक ३०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

काठमाडौं – पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो। अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम...

युवा नेत्र सेवाले कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरे

काठमाडौं । युवा नेत्र सेवाले शनिबार कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य क्षेत्र सर्वसाधरणको पहुँच भन्दा बाहिर रहेको भन्दै युवा नेत्र सेवा अर्थात युथ आइ सर्भिस टेकुले स्वास्थ्य सेवा प्रदान गर्न गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । अर्थात युथ...

टोखा १० मा दसैंको शुभकामना र चियापान

काठमाडौँ, असोज २७ गते । नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. १० ले शुभकामना आदान–प्रदान तथा चियापान र नगरबासीहरूबीचमा भेटघाट कार्यक्रमको आयोजना ग¥यो । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताको विश्वास जितेर...

दसैंको शुभकामना र चियापान

काठमाडौँ, असोज २३ गते ।नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. ८ ले शुभकामना आदान–प्रदान, चियापान र भेटघाट कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री संघीय सभासद् भीमसेनदास प्रधानले सुझावलाई सकारात्मक रूपमा लिनसके यसले उर्जा थप्ने...

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...